काठमाडौंका शहर र सिंगो देशमा यतिबेला संशोधनको प्रस्तावविरुद्ध एमालेदेखि असन्तुष्ट स्थानीयहरु सडक आन्दोलनमा रहँदा विप्लव माओवादीका युवाहरु भने राजधानीका मजदुर बस्तीमा छन् ।

विद्यमान संविधान र व्यवस्थाप्रति कुनै कुनै रुची नभएका माओवादी युवाहरु यो व्यवस्था, यो संविधान र सत्ता नबदलिकन केही पनि हुँदैन भनेर देशको व्यवस्थामा आमुल परिवर्तनको सन्देश बोकेर जनताका बीचमा छन् ।

y333

काठमाडौंको नैकापमा विप्लव माओवादीका युवाहरु मजदुरका बीचमा

विप्लव माओवादीको भातृ संगठन राष्ट्रिय युवा जनस्वयंसेवकका सदस्यहरु ‘राष्ट्रका लागि युवा अभियान’ अन्तर्गत काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा किसान, मजदुर र सर्वसाधारणसँग भेटघाट अभियानमा छन् ।

ती माओवादी युवाहरु यो संविधान, यो व्यवस्था र यो सरकारले जनताको जीवनमा कुनै परिवर्तन ल्याउँदैन, त्यसका लागि आमुल परिवर्तनको आन्दोलनमा विप्लव माओवादीलाई साथ दिनुस् भन्दै दैनिकी उनीहरुको घर आँगनमा छन् ।

यसै क्रममा उनीहरुले किसान र मजदुरहरुलाई संगठित गर्ने काम पनि गरिरहेका छन् ।

केही दिन अघिमात्र विप्लव माओवादी युवाहरुले काठमाडौंको नैकापमा शंकर सुनुवारको अध्यक्षतामा १५ सदस्यीय मजदुर इकाई समिति र सौरभ पुनको अध्यक्षताामा ११ सदस्यीय राष्ट्रिय युवा जनस्वयंसेवकको इकाई समित गठन गरेका छन् ।

त्यसैगरी माओवादी युवाहरुले काठमाडौंको चुनदेवी इट्टा उद्योगमा रामबहादुर घर्तीको अध्यक्षतामा १५ सदस्यीय मजदुर इकाई समिति गठन गरेका छन् ।

youth-11

काठमडौंको नैकापमा मजदुरहरुलाई पार्टीको कुरा राख्दै विप्लव माओवादीका युवाहरु

y444

काठमडौंको नैकापमा विप्लव माओवादीका युवाहरु

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार