नेत्र विक्रम चन्द विप्लव नेतृत्वको माओवादी युवा र नेपाली सेनासहितको टोलीले काठमाडौं उपत्यकामा सरसफाई अभियानमा सहकार्य गरेका छन् ।

शनिबार काठमाडौंको बागमती खोलामा विप्लव माओवादीका युवा र नेपाली सेनाको संयुक्त टोलीले काममा संगै सहकार्य गरेका हुन् ।

ma1

विप्लव माओवादीका युवा र नेपाली सेनाका जवानहरु काममा सहकार्यपछि

विप्लव माओवादी युवा संगठन राष्ट्रिय युवा जनस्वयंसेवका केन्द्रीय सदस्य रवि गोलेको नेतृत्व र नेपाली सेनाको शिवपुरी गण एवं हनुमानथान गणको सहकार्यमा बागमती सरसफाइमा जुटेका हुन् ।

आज विहान ७ बजेदेखि १० बजेसम्म चलेको सरसफाइमा विप्लव माओवादीका ५० युवाहरु सहभागी भएका थिए भने नेपाली सेना र सशस्त्र प्रहरीका झण्डै सयको हाराहारीमा थिए ।

त्यसैगरी सशस्त्र प्रहरीको हनुमानथान गणका डिएसपी र नेपाल प्रहरीका हनुमानथान गणका डिएसपीको नेतृत्वमा दर्जनौं जवानहरु विप्लव माओवादीका युवासँग सहकार्यमा लागेका हुन् ।

सरसफाइ अभियनपछि राष्ट्रिय युवा जनस्वंसेवकका तर्फबाट केन्द्रीय सदस्य रवि गोलेले आफुहरु सिंगो देश बनाउन लागेको बताउँदै देशभक्ति सेना र प्रहरीसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताएका थिए ।

त्यसपछि सरसफाइमा अभियानमा लागेका विप्लव माओवादीका युवा र नेपाली सेना एवं प्रहरीका जवानहरु क्रान्निकारी गीतमा नाँचेका थिए ।

ma33

विप्लव माओवादीका युवा र नेपाली सेनाका जवानहरु बागमती सरसफाइ काममा

ma55

सरसफाईपछि विप्लव माओवादीका युवा र नेपाली सेनाका जवानहरु गीतमा रमाइलो गर्दै

ma44

सरसफाईका क्रममा माओवादीका युवा र नेपाली सेनाका जवानहरु

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार