दश वर्षे युद्धमा रोल्पा जनयुद्धको मुख्य केन्द्रभाग रह्यो । रोल्पामा मात्र झण्डै एक हजार क्रान्तिकारी योद्धाहरुले बलिदान गरे ।
त्यही जनयुद्धका क्रममा रोल्पा हरिगाउँ निवासी मीना विक, जसको जनयुद्धमा सुस्मिता नामले चिन्ने गरिन्थ्यो । उनलाई ०६१ सालमा तत्कालीन शाही सेनाले रोल्पाकै घोडागाउँमा निसशस्त्र अवस्थामा छोपेर हत्या गरेको थियो ।

वार्षिकोत्सवमा प्रमुख अतिथी र अतिथीहरु
उनै सहिद सुस्मिताको नामबाट हरिगाउँमा युवाहरुले २०६५ मा सुस्मिता युवा क्लव गठन गरे । प्रत्येक वर्ष युवाहरुले क्लवको वार्षिकोत्सव मनाउने गर्दछन् । वार्षिकोत्सवमा विभिन्न खेलकुद कार्यक्रम आयोजना गर्नुका साथै अन्य विविध कार्यक्रम आयोजन ागर्ने गरिन्छ ।
त्यसबाहेक सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिन्छ । आज आउँदा सो युवा क्लवले ८ औं वर्ष पूरा गरेको छ । अर्थात् आठौं वार्षिकोत्सव मनाएको छ ।
यसपाली शहिदको नाममा गठन गरिएको सुस्मिता स्मृति क्लवको आठौं वार्षिकोत्सव हरिगाउँमा पौष १ देखि ५ गतेसम्म गाउँलेहरुको विशाल सहभागितामा सम्पन्न गरिएको छ ।

प्रमुख अतिथी सन्तोष बुढामगर मन्तव्य राख्दै
नेत्र विक्रम चन्द विप्लव नेतृत्व माओवादीका स्थायी समिति सदस्य एवं पूर्व सभासद सन्तोष बुढामगरको प्रमुख आतिथ्यमा सम्पन्न सो वार्षिकोत्सव भव्य रुपमा सम्पन्न भयो ।
उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै माओवादी नेता बुढामगरले देशका लाखौं युवाको भविष्य संकटमा परेको भन्दै ती युवाहरुलाई स्वदेशमा रोजगारको ग्यारेन्टी नयाँ जनवादी व्यवस्थाले मात्र गर्ने बताए ।
सो कार्यक्रममा विप्लव माओवादीका केन्द्रीय उपत्यका व्युरो सदस्य एवं युवा नेता सुदर्शन मंगोलले दश वर्षे जनयुद्धमा हजारौं युवाहरुले गरेको बलिदान, पसिना र रगतलाई प्रचण्ड बाबुरामले दुरुपयोग गरेको भन्दै तिनका विरुद्ध खबरदारी गर्नु पर्ने बताएका थिए ।
सोही कार्यक्रममा राप्रपाका राप्ती अंचल सदस्य बमबहादुर थापा, माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं खुंग्री गाविस इन्चार्ज चेतन कुँवर, हरिगाउँ समाजसेवी रामचन्द्र थापा, क्लवका संस्थापक अध्यक्ष बसन्त थापालगायतले पनि मन्तव्य राखेका थिए ।

वार्षिकोत्सव झण्डै एक हप्ता लामो समय चलेको थियो ।
सो अवधिभर विभिन्न खेलकुद कार्यक्रम आयोजना गर्नुका साथै विभिन्न कार्यक्रमहरु आयोजना गरिएको थियो भने सुनछहारी कला केन्द्रले विभिन्न गीत, संगीत र नृृत्यहरु प्रस्तुत गरेको थियो ।

वार्षिकोत्सवमा अतिथीहरु

वार्षिकोत्सवमा क्लवका स्वंसेवकहरु

वार्षिकोत्सवमा भलिवल खेलका लागि तयार पारिएको मैदान

वार्षिकोत्सवमा भलिवल खेलका खेलाडीहरु खेल्दै

वार्षिकोत्सवमा क्लवका कलाकारहरु







