आकांक्षा थियो, धेरै दिनदेखि बादललाई छुने
र अहिले म फेरि चढ्दैछु चिङकाङ्सान ।
आफ्नो पुरानो किल्ला टेक्ने आकांक्षाले
लामो यात्रा पार गरेर आएको छु, ।
फेरिएछन् पुराना दृश्यहरू
तिनका ठाउँमा
नयाँ दृश्यहरू देखिरहेको छु ।
चारैतिर पोथ्राहरूमा
हर्षविभोर भएर
ओरिवल चराहरू गाइरहेका छन् ।
झरनाहरू झरझर गरिरहेका छन्
र सडकहरू आकासतिर ठडिएका छन् ।
एकपल्ट ह्वाङ्याङचिहबाट अघि बढेपछि
खतरा भन्ने चिज कतै केही देखिँदैन ।
हावाको सुइँसुइँले तरङ्गित पारेको छ
झन्डा र तुलहरू फहराइरहेका छन्
जहाँ मान्छेहरूको बस्ती छ ।

थाहै नपाई बितेछन् अठतीस वर्षहरू

हामी नऔँ आकासको चन्द्रमालाई छुन सक्छौँ

र समात्न सक्छौँ कछुवाहरू
पाँच समुद्रको गहिराइमा
विजयोल्लासले भरिएका गीत र खुसीका बीच
हामीहरू फर्किनेछौँ ।
यदि पहाड चढ्ने साहस गर्छौं भने
यो दुनियाँमा गाह्रो भन्ने चीज केही पनि छैन ।

मे १९६५  मा माओले लेखेको मर्मस्पर्शी र क्रान्तिकारी कविता । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार