
मनसरा
पसिना बगेर
दुनियाँ बदलिने भए
भरियाको दुनियाँ
उहिल्यै बदलिसक्थ्यो मनसरा ।
रगत बगेर
दुनियाँ बदलिने भए
जनताको दुनियाँ
उहिल्यै बदलिसक्थ्यो मनसरा ।
जब कि मनसरा !
रगत–पसिनाले नै
दुनियाँ बदलिने हो
रगत–पसिनाले नै
नबदलिएको दुनियाँ
किन बदलिएन ?
कहिल्यै
आगो भर्भराएको ?
आगो बोलिरहेछ मनसरा ।
आफूले चिरेको दाउरा
अरुले नै बोलेपछि
आगो आÏनो हुँदैन मनसरा
आगो आÏनो नहुनेको
उज्यालो आÏनो नहुनेको
दुनियाँ बदलिँदैन मनसरा
उहिल्यै बदलिसक्थ्यो मनसरा ।
उहिल्यै
आगो भर्भराएको
सुन्यौ मनसरा ?
आगो बोलिरहेछ मनसरा ।
आफूले खोरिया खनेको खेत
अरुकै नाममा दर्ता भएपछि
माटो आÏनो हुँदैन मनसरा
माटो आÏनो नहुनेको
पेटभरि अन्न हुँदैन मनसरा
पेटभरि अन्न नहुनेको
दुनियाँ बदलिँदैन मनसरा
कहिल्यै
आगो भर्भराएको
सुन्यौ मनसरा ?
आगो बोलिरहेछ मनसरा ।
आफूले बोकेको बन्दुक
अरुले नै कासन गरेपछि
सत्ता आÏनो हुँदैन मनसरा
सत्ता आÏनो नहुनेको
दुनियाँ बदलिँदैन मनसरा
कहिल्यै आगो भर्भराएको
सुन्यौ मनसरा ?
आगो बोलिरहेछ मनसरा ।
आगोको आवाज सुन मनसरा ।







