ए कायरहरु हो ?
ए गद्धारहरु हो ?
किन फोस्रो ढोंग रच्यौ तिमीहरुले
किन जनतालाई ढाँट्यौ तिमीहरुले
मनभित्र डर पालेर
किन साहसका फोस्रा कुरा ग¥यौँ
दूषित भावना बोकेर
किन मुक्तिका झुठा गीत गायौ
अलिकति पनि लाज लागेन तिमीहरुलाई
तिमीलाई बचाउन जनताले
जोखिम मोले कति, थाहा छ ?
तिमीलाई खुवाउन जनताले
आफनो गाँस काटे कति, थाहा छ ?
क्रान्तिमा लागेको दुःख सहेको भनेर
अलिकति भए पनि मिठो अनि
थोरै भए पनि सुविस्ता दिने
गरे प्रयत्न जनताले
तर हाँसी–हाँसी सट्टामा
फगत आश्वासनहरु पाए उनीहरुले
किन धोका दियौ जनतालाई ?
किन विश्वासघात ग¥यौ शहिदलाई ?
दुश्मनले पासो थापेको
थाहा थियो पहिल्यै
मृत्युवरण पनि गर्नुपर्छ भन्ने कुरा
अवगत थियो सुरुमै
अचानक त्यस्तो भयो हामी मान्दै मान्दैनौ
त्यो संयोग मात्र हो भन्ने कुरा
हामी ठान्दै ठान्दैनौ
तिमीहरु कायर मात्र होइनौ
तिमीहरु धोखेवाज र गद्धार पनि हौ
तिम्रो बदनियतलाई कुनै छुट्कारा छैन
तिम्रो गद्धारीलाई कुनै माफी हँुदैन
भगुवाहरु
अझ गर्दैछौ जनक्रान्तिको विरोध
नालीभित्र बसेर बगैचालाई गाली
आमाको दुध चुसेर आमाकै पेटमा छुरा
भइरहेको छ तिम्रो काम
बुझिसकेका छांै हामीले यस्तो कुरा
क्षणिक सुरक्षा कवचमा बसेर
दीर्घायूको सपना देखिरहेका छौ होइन ?
ठिकै छ, हामीले केही धेरै लड्नुपर्ला
केही बढी क्षति बेहोर्नुपर्ला
तर तिमीहरुको पतन अनिवार्य छ ।
पर्खेर बस्नु तुच्छ मृत्युलाई
महान् लक्ष्यलाई त फाँसी दियौ
महान् यात्रालाई त लात मा¥यौ
त्यसैले अब तिम्रो लागि बाँकी छ
तुच्छ, घृणित र हलुका मृत्यु ।।
जनयुद्धमा सहिद भएका घिमिरेले १४ फागुन, २०५८ मा लेखेको कविता हो । ‘कालजयी योद्धाहरु’बाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार