नेपाली सेनामा भएका सबै कुरा बाहिर आउदैनन् भनिए पनि अनौपचारिक रुपमा आइरहेका हुन्छन् ।
कुनै चिठीपत्रको रुपमा त कुनै संवाददाताको नामबाट विभिन्न पत्रपत्रिकामा सेनाभित्रमा सत्य–तथ्य छापिएको देखिन्छ । यो पत्र त्यस्तै सत्य जानकारी बाहिर ल्याउने एक प्रयास हो ।

उदाहरणका लागि, साँघु साप्ताहिकको वर्ष ३४ अंक १० असार ६, २०७३ र वर्ष ३४ अंक २५ असोज १७ को सोही बर्षको अंकमा क्रमशः ‘भाई सेनापति कि दाई सेनापति’ र ‘शक्तिको दुरुपयोग गदै ऐन–नियम मिच्दै छायाँ सेनापतिको चकचकिले सेना बद्नाम’ भनी प्रकाशित भयो । यसैगरि बर्ष २४ अंक २०७२ मंसिर ७ को २०७३ को कान्तिपुर दैनिकमा सेनाद्घारा आफ्नै विरुद्घ मुद्दा भनी समाचार छापियो ।
‘कसले दिन्छ यस्ता समाचार’ भन्ने विषयमा शंका–उपशंका सिर्जना हुन्छ । के यो खबर कान्तिपुरमा पूर्व उपरथी प्रेमप्रकाश थापा मगरले छाप्न लगाए ? समाचार पढ्दा त्यस्तै देखिन्छ । तर वास्तविकता फरक छ । हिजो वर्खास्त गरिएका सहायक रथी हेम खत्रीलाई एकै व्याची भएकाले मगरले सिफारिस गरी वारकलेज गर्न पठाएका हुन् ?
सत्य कुरा यस्तो छ ः त्यसबेलाका चल्तापुर्जा उपरथी पछि रथी भई अवकास पाएका नेपाल भूषण चन्दको भानिज नाता पर्ने भएकाले उनै चन्दको जोडबललाई थेग्न नसकेर खत्रीलाई सिफारिस गर्न बाध्य भएका थिए मगर । ‘म यसपछि सेनापति हुन्छु, सबै मिल्छ’ भन्ने चन्दको बकमफुसे दम्भले गर्दा सोझो मगरको यो हालत भयो । त्यसमा ‘म त तिम्रो सपोर्ट गर्दैछु नि’ भन्ने देखाउन चन्दले खेल खेलिदिए ।
आफूपछिको सुनापति मगर भन्ने फर्मुला देखाएर मगरलाई प्रयोग गरे चन्दले । उनले त्यसपछिको सेनापतिमा अर्को घलेलाई तयार पारे र त्यस बेलाको एलएमजी ग्रुपलाई प्रयोग गरे–अर्को काइते फर्मूला लगाएर । फर्मूलाको बाधाको रुपमा रहेका म.से. रतीन्द्रलाई घर पठाउन साजन खाँडको बाधा देखाएर घर पठाए । अहिलेका प्रधानसेनापतिलाई जगदलभन्दा पहिला गो.वा.द्घारा अभिनन्दन गराए । आफूलार्इृ सेनापति हुनैको लागि जन्मेको ठान्ने यिनी यस्ता रिटायर जर्नेल हुन् जो सेनापति हुनेवालालाई चाकरी गर्ने र विभिन्न युनिटपतिहरुलाई तयो सम्बन्ध देखाई विभिन्न उपहार र सहुलियत लिन माहिर छन् । आज पनि उनको यो व्यापार निरन्तर चलेको छ ।
तत्कालीन उपरथी दमन घलेलाई उचाली उनकै जेठान छत्रमान सेनापति भएको भोजमा ह्वीस्कीको पेग लगाएको बेलापारी तत्कालीन उपरथी र पछि सेनापति भएका गौरवशमशेर जबरालाई ‘आज त खाइयो होला नि टन्न’ भन्न लगाए । राणाले ‘म त श्री ३ खलक हँु, तँ भोटेजस्तो टन्न खान भोजमा आउनुपर्दैन’ भनिदिए । पछि त्यसै कुरामा खेली झण्डै गौरव शमशेरलाई सेनापति हुन नदिएका यिनले रथीको सिफारिस रोकी संगैे रथीको सिफारिस गर्न लागाएर छत्रमानको बद्नाम गराए ।
फायदा यिनले लिए, बद्नाम छत्रमानको र दमन घलेको गराए । आफू बैरेनीमा बाहिनीपति हँुदा कृष्णभीर नजिक सडकमा माओवादीले सेनाको ट्रक जलाएको र जवान हताहत भएको बेला बाहिनीमा लोकल पत्रकार बोलाएर ‘म सेनापतिको ज्वाँई, म पनि भाव िचिफ हुँ’ भन्दै आफ्नो बखानमा व्यस्त थिए चन्द । अहिले छायाँ प्रधानसेनापति भन्दै पत्रकारलाई उकास्ने उनी द्वन्द्वमा गण–गुल्म कमाण्ड गर्नुपरेको भए सेटले टिप्ने ठाउँ खोज्दै आउँदा यहाँ आइपुगें भन्दै काठमाडौं आइपुग्थे ।
कुन जर्नेलले कुन युनिफर्म लगायो, कुन मोटर चढ्यो, तारा हाल्यो–हालेन – यस्तो कुरामा किन टाउको दुखाउनु † नेपाली सेनामा जस्को शक्ति उसको मस्ती भने झैं रमीन्द्र क्षेत्री अवकास भएका जर्नेलले तारा हालुन् कि दुई तारे युनिफर्म लगाउन् कसलाई किन टाउको दुख्ने ? सेना र राज्यले हिजो जे–जे गरेपनि गोठाला र नून–पराल पुग्नेगरी दिएकै छ, त्यही खानु थालमा बस्नु भैगो । आफू हिजो बहाल छदा नरेशले के गर्थे ? जान्न हुने † सरकारमा छँदा आफ्नो कोटामा राप्रपा नेपालले राजदूत छान्यो, एकजना पूर्व सहायक रथी परे । सिनियर हुँदाहुँदै सहायक रथी किन भनी सेनालाई बोल्ने स्थितिमा पु¥याए । के सैनिक सचिव विभागले छान्ने हो राजदुत ? राजनीतिक निर्णय कस्तो हुन्छ थाहा छैन सा’ब तपाईलाई ?
पत्रिकाको राजदूत त एक नम्बरमा राखेर छपाउनुभएछ त के तपाईलाई अन्य पूर्वरथी जत्तिकै क्षमतावान् छु जस्तो लाग्छ ? सुशील कोइराला प्रधानमन्त्री छँदा नेपालगञ्जमा अड्डा जमाएर नेपाली कांग्रेसका गाउँ, जिल्लादेखि केही केन्द्रीय नेतालाई समेत ‘म दशरथ चन्दको सन्तान हुँ’ भनि प्रभाव पार्न खोज्नुभयो । शेरबहादुर देउवाको बद्ख्वाईृ गर्नुभयो । अब त देउवाको सिफारिसबेगर सम्भव छैन त जर्सा साब ।
फेरि ने.का.त्यति बेबकुफ छ नेपाल भूषण चन्दको कुरा पत्याउने † गो.वा. गणमा गणपतिलाई परेडभन्दा भीआईपीको घरमा हजुर † परेड त सबै पल्टनले गर्छन्, घर पो ठूलो त हजुर, म मिलाउँछु, राजु सिलवाल छ, हामी सबै मिलाउँछौं भन्दै त्यसबेलाको किङ्सब्यानरको निरीक्षणमा आउने भीआइपीको घरमा उपहार पु¥याई गणको पोजिसन माथि ल्याए । पछि आफू गणपति हुँदा त झन परेड कवाजभन्दा आफ्नो लागि बन्दोबस्ती मिलाउँदै समय कटाए । त्यसको असर पल्टन रोल्पामा हुँदा देखियो । कसरामा पनि राम्रो काम गर्न सकेनन् । उनमा बाबुको रगत होला–सेनाभन्दा बढि राजनीतिक व्क्ति जस्तो देखिनु ।
को हुन् यी जर्नेल चन्द ? राजा महेन्द्रको राज्यकालमा राष्ट्रिय पञ्चायत अध्यक्ष ललित चन्दका ल्याइते तर्फका छोरा हुन् । महेन्द्र राजगद्दीमा बसेमो पाँच–सात वर्षपछि पार्टीहरुलाई सत्ता फिर्ता दिन खोज्दा गलत सल्लाह दिनेमध्येका मुख्य पात्र हुन् ललिता चन्द । त्यही कारण बीपी कोइरालाको आठ वर्षे सुन्दरीजल जेल जीवन बिताउनुपरेको थियो ।
सी क्लासका राणा गडुल शमशेर जबराकी छोरी विवाह गरेका कारण गडुल सेनापति हुँदा त्यसको राप र तापका कारण रथीसम्म हुन सफल भएका जर्नेल चन्द बाबु ललित चन्दले रोमान्समा ल्याएका ल्याइते पट्टिबाट जन्मिएका हुनाले उनी पनि बाबुजस्तै रोमान्समा आनन्द लिने स्वभावका छन् ।
आर्मी हेडक्वाटर । (साँघु साप्ताहिक)बाट ।







