
प्यारो रोल्पा
प्यारो जलजला
मेरो आस्थाको केन्द्र
असङ्ख्य क्रान्तिकारीको ढुकढुकी ।
तिम्रो नाम सुन्दा
मेरो शीर ठाडो हुन्छ
गर्वले छाती फुलिन्छ
र मायाले ह्रदय भरिन्छ
।
कस्तो होला त्यहाँ बग्ने पानी
कस्तो होला त्यहाँ चल्ने हावा
दुश्मनका विरुद्ध अविचल
कस्तो होला जनताहरुको प्रतिरोध ?
असङ्ख्य कष्टहरु झेल्न सक्ने
कस्तो होला भौतिक शरीर ?
कस्तो होला मालेमावाद र प्रचण्डपथको बुझाई ?
जीवन गुजार्न पेट भर्ने
कस्तो होला खाना ?
यस्तै कौतूहलता मनभरि भरिन्थ्याो
जिज्ञासाले हरक्षण चिमोटिरहन्थ्यो ।
अहोभाग्य †
मैले तिम्रो दर्शन पाएँ
तिमीलाई नजिकबाट टोलाउन पाएँ
तिमीलाई नजिकबाट बुझ्न पाएँ
र धेरै जिज्ञासाहरु मेटउन पाएँ
मैले सोंचेजस्तै
मन बहलाउने प्राकृतिक सौन्दर्यहरु
जलजलाले गरिरहेको मौन स्वागत
जनताहरुको क्रान्तिकारी भावना र जीवन
महान् सहिदहरुले वीरगति प्राप्त गर्दा
अन्तिम क्षणमा प्रतिध्वनित भइरहेका
इन्क्लावका चित्कारहरु
सबै सुन्न पाएँ, बुझ्न पाएँ, देख्न पाएँ ।
यस्तै यस्तै देखेर आÏनै आँखाले
यस्तै यस्तै महसुस गरेर आÏनै मनले
यस्तै सुनेर आÏनै कर्णले
म त हराएँछु, लठ्ठिएँछु
मेरो आस्थाको केन्द्रमा
गहिरो मायाँ बसिसकेछ जलजलासित
त्यसैले मलाई
मन लागेन पिठ्युँ फर्काउन
प्यारो जलजलालाई
मन लागेन फर्किन
छोडेर प्यारो रोल्पालाई
छोडेर प्यारो रुकुमलाई ।।







