६ फुट २ इन्च अग्ला अर्बपति अमेरिकी व्यापारी डोनाल्ड ट्रंम्प सन् १९४६ जुन १४ मा जन्मिएका थिए।
२०१६ मा फोब्स पत्रिकाले जनाएअनुसार अमेरिकी धनाढ्य सुचीमा १५६ औ स्थानमा छन्। अमेरिकी इतिहासमा सबभन्दा बढी उमेरका ट्रंम्प दिनमा मात्र ४ घन्टा सुत्ने गर्छन भन्ने गरिन्छ। उनले धुम्रपान तथा मध्यपान गर्दैनन्।
तीन श्रीमती विवाह गरेका ट्रम्पका ३ छोरी तथा २ छोरा छन्। उनकी वर्तमान पत्नीकाे नाम मैलानिया ट्रम्प हो।

ट्रम्पले सत्ता हातमा लिएसँगै विरोधमा उत्र्रिएका दशौं लाख नागरिकहरु
एक विलाशी जीवन बिताउने वर्तमान अमेरिकी राष्ट्रपति आफ्नो नीजि जेट प्लेनमा यात्रा गर्छन् । साथै न्युयोर्कमा सुविधा सम्पन्न ‘ट्रंम्प टावर’ उनको बहु चर्चित निजि निवास हो। चुनौतीको पहाडका बीच अमेरिकी राजनीतिमा उदाएका ट्रंम्पबिना तलब काम गर्ने राष्ट्रपति समेत हुन् ।
वर्तमानअमेरिकी अर्थव्यवस्था कमजोर अवस्थाबाट गुज्रिएको छ। सन् २०१६ को पहिलो तीन महिनाको अवधीमा अमेरिकाको विकास दर २.९ प्रतिशत थियो। उक्त दर पछिल्लो समय घटेर केवल १.४ प्रतिशत भएको छ।
मार्च २०१६ मा अमेरिकाका कुल घरेलू उत्पादन ८.५६ खरब डलर, विदेशी ऋण १९.६४ खरब डलर छ। साथै सार्वजनिक ऋण १८.९६ खर्ब डलरको आसपासमा रहेको छ। उक्त आकडाअनुसार अमेरिका विश्वको सबभन्दा बढी ऋण भएको देश हो।
यो समस्या समाधान गर्नु नव निर्वाचित ट्रम्पका लागि प्रमुख चुनौती बनेको छ। साथै जनताको दैनिक आयमा गिरावट आइरहेको छ।
अमेरिकाको गरिबी दर हाल १४ प्रतिशत कायम छ जुन हालसम्मकै उच्च हो। त्यसका साथै देशमा अगस्त २०१६ सम्म बेरोजगारको संख्या ७८ लाख नाघिसकेको छ।
अर्को विकराल समस्या भनेको करिव १ करोड दश लाख विदेशी आप्रवासी अवैध रुपमा बसोवास गरी राखेका छन्। जुन् ट्रम्पको प्रमुख चुनावी नारा थियो। जसले उनलाई राष्ट्रपति समेत बनायो तर उनले चुनावी भाषणमा भने जस्तो फर्केर फिर्ता गर्न सजिलो छैन । किनभने अमेरिकामा कसैलाई बिनाकारण सडकमा रोकी सोधपुछ गर्नु गैरकानुनी मानिन्छ। अतः को कानुनी हो र को गैरकानुनी हो भनेर छुट्ट्याउन सकिन्न। बिनाकारण अमेरिकी प्रहरीले यो कुरा छुट्ट्याउने अधिकार पाएको छैन।
अर्को कुरा अमेरिकामा सन् १९७५ पछाडि व्यापार घाटा बढ्दै गइराखेको छ। संयुक्त राज्य अमेरिकाको जनगणना ब्यूरोको तथ्यांक अनुसार जनवरी २००१ र सेप्टेम्बर २०१६ को बीचमा अमेरिकाको कुल विदेश व्यापार घाटा १०.६ खर्ब डलर पुगेको छ। यसमा वर्ष २०१५ मा चीनसँग मात्र व्यापार घाटा ३ सय ६५ अर्ब डलर रहेको थियो ।
हाल अमेरिकी समाज श्वेत र अश्वेतबीच हुने विभेद तथा अन्य जातीय तथा क्षेत्रीय असमानताबाट ध्रुवीकृत छ। यसलार्इ नियन्त्रण गर्नु डोनाल्ड ट्रम्पका लागि तरबारको धारमा हिड्नु जत्तिकै कठोर हुन सक्छ।
यूरोपमा कयौ पटक आतंककारी हमलाहरु भैसकेका छन्। साथै शरणार्थी संकट उत्पन्न भैराखेको अवस्थामा उक्त समस्या सामाधान गर्न ट्रम्पका लागि फलामको चिउरा चपाए सरह हुने निश्चित प्राय छ। किनभने रुस बाहेक उक्त समस्याको लागि कुनै अन्य देशले ठोस कदम चाली राखेको छैनन्।
अर्को चुनौती भनेको मध्यपूर्वको स्थिति जहाँ अमेरिकाको हस्तक्षेपको तुलनामा झन् झन् बिग्रदै गैराखेको छ। इराक र सिरियाको हालत अत्यन्त नाजुक छ। तत्काल कदम नचाले अझ अवस्था बिग्रिने देखिएको छ। अमेरिको सहयोगी देशहरु यमनमाथि लगातार हमला गरिराखेका छन्। संयुक्त राज्य अमेरिकाले २००२ पछाडि अफगानिस्तानका लागि लगभग १ सय १५ अर्ब डलर खर्च गरिसकेको छ। तर अवस्था सुध्रिनुको साटो झन् झन् बिग्रिदै गइराखेको छ।
जतिखेर अमेरिका इराक र अफगानिस्तान युद्धमा सामेल थियो, त्यस समय, चीन एक नया शक्ति केंद्रको रुपमा उदाउँदै गइराखेको थियो। चीन ट्रंम्पको अर्को टाउको दुखाइको विषय बनेको छ। चीनले उत्तर कोरिया जस्तो देशलार्इ खुल्ला रुपमा समर्थन गरिराखेको छ भने अन्य देशहरुमा समेत आप्नो प्रभाव बढ़ाइ राखेको छ।
पश्चिमा देशहरु र रूसबीचमा मतभेद बढ्दै जादाँ मस्को र बेजिंगबीच नजिकिने अवस्था बनेको छ।
जुन विदेशी प्रभाव कायम राख्न ट्रंम्पका लागि सबभन्दा कठोर कार्य बन्न सक्छ। निर्वाचनको समयमा ‘अमेरिका ग्रेट अगेन’ भन्ने नाराका साथ् चुनावमा होमिएका उनका लागि आगामी दशकमा करिब २५ लाख रोजगारी सिर्जना गर्ने चुनौती समेत छ।
अर्को महत्वपुर्ण कुरा अवैध आप्रवासीहरुलाई देश निकाला गर्ने बाचा पुरा गर्न पनि उतिकै चुनौतीपूर्ण छ। साथै मेक्सिको र मुस्लिम देशबाट आउने विदेशी कर्मचारिहरुलाई समेत प्रवेश रोक्नुपर्ने कार्य गर्न उनलाई ज्यादै कठिन छ। किनभने जुन म्यान्डेड लिएर उनले चुनाव जिते, उक्त कार्य गर्न नसके उनको राजनीतिक करियर धरापमा पर्न सक्छ। उक्त कुरा उनले राम्रोसँग बुझेका छन्। तर कार्यन्वयनको पहाड उक्लिन २१ औ शताब्दीमा त्यति सजिलो भने देखिदैन।
उनको खरो भाषा र भनार्इबाट युरोपेलीहरू त्रसित भएका छन्।
आफ्ना सहकर्मीहरुलाई विश्वासमा लिन सक्नु समेत ट्रम्पका लागि अर्को चुनौती हो। उनले चीनसित लडाइँ र झगडा गर्ने कुरा नगरे पनि चीन, भारत र जापानीजहरुले अमेरिकीहरूको धेरै रोजगार छिनिदिएको र व्यापारमा अमेरिकालाई धेरै हानी पुर्याएकाे आरोप लाउने गरेका छन्।
उनले अमेरिकी जनतालार्इ अमेरिकी कम्पनीहरुको देशमा फिर्ता लिनका लागि करपोरेट ट्याक्स ३५ प्रतिशत घटाउने र मैक्सिकोबाट अमेरिका आउने सामानमा ३५ प्रतिशत र चीनबाट आउने सामानमा ४५ प्रतिशत आयात कर लागाउने घोषणा गरेका छन्। यदि उनको उक्त निर्वाचनको समयमा गरेका बाचा पुरा गरेको खण्डमा विश्व राजनीतिमा ठूलै उथलपुथल हुने देखिन्छ।
अहिले नै विश्वमा के असर पर्ला भनेर अहिले नै भविष्यवाणी गर्न त मुश्किल नै पर्छ। तर एउटा कुरा के भन्न सकिन्छ भने अमेरिकी साम्राज्यमा आएको नेतृत्व परिवर्तनसँगै विश्वमा यसको प्रभाव भने अवश्य नै पर्ने छ।
विभिन्न क्षेत्रबाट अमेरिकाको फिर्ताका तत्कालिक परिणाम यो विश्वका हरेक क्षेत्रमा स्थानीय शक्तिको उदय हुन सक्छ। र, जसको प्रमुख फाइदा चीनले पाउन सक्छ ।







