भारतले सिमा अतिक्रमण गरिरहेको विषयमा निर्माण गरिएको दशगजा फिल्म रिलिज रोक्न भारतीय दुतावासका मानिसले करोडौंको प्रलाेभन र ज्यान मार्ने धम्की दिएको चलचित्रकर्मी नबल खड्काले खुलासा गरेका छन् ।
विप्लव माअाेवादीद्धारा अायाेजित एक कार्यक्रममा खड्काले यस्तो खुलासा गरेका हुन् ।

निर्माता खड्काले पाच करोड रुपैया लिएर फिल्मको हार्ड कपी रिलिज नगरी बुझाउन र पाच करोड लिन अाफुलार्इ भारतीय दुतावासबाट दबाब अाएकाे बताए ।
अखिल क्रान्तिकारीले लोकमान सिंह कार्की विरुद्ध कालोमोसो दल्ने दुई युवाको अभिनन्दनमा आयोजित कार्यक्रममा खड्काले पैसा लिन नमाने पछि विभिन्न ठाउबाट ज्यानै मार्ने धम्की दिएको बताए ।
उनले आफ्नो परिवारलाई पनि टर्चर दिने काम गरेको बताए ।
‘पाँच करोडमध्ये ४ करोड तिमी खाउ, मोज गर र एक करोड हामी राख्छौ भनेर अफर गरे तर मैले मलाई तिमीहरुले पछि पनि मार्न सक्छौ, धम्की दियौ म बिक्दिन भनेर जवाफ दिए’ खड्काले भने ।
दशगजा फिल्म केही वर्ष अघि खड्काले निर्माण गरेका थिए ।जहाँ सुस्ता मिचिएका भुभाग सहितका क्षेत्रमा भारतीय सिमा अतिक्रमणको विरुद्ध जनता जागेको दृष्य राखिएको छ ।
मिरमिरे अनलाइनबाट ।







