गृहमन्त्रीज्यु, नमस्कार !

म पूर्व जनमुक्ति सेना हुँ । म देश र जनताको लागि निरन्तर लडिराख्ने सिपाही हुँ र म राजनीति कार्यकर्ता पनि । नेकपा (माओवादी) को सक्रिय कार्यकर्ता पनि हुँ ।

मैले २०५२ सालदेखि सुरु भएको न्याय र मुक्तिको युद्धमा धेरै लडाइँ पनि लडेको छु । मसँग राजनीति, वैचारिक र फौजी कुरा कुनै कमी छैन । त्यसैले पनि विप्लव माअाेवादीकाे हुँ, याे नै मेराे परिचय हो ।

गृहमन्त्रीज्यु,

हिजो जनकपुरमा सिके रावत गिरफ्तार पर्दा तपाईंलाई विप्लवको टेन्सन किन भयो ? हामीले सुन्दै छौँ तपाईंको सरकारले नेकपा (माओवादी)का महासचिव क. विप्लवलाई गिरफ्तार गर्ने योजना बुन्दै छ रे । हामी माओवादीहरु अपराधी होइनौं । हामी सिके रावत जस्तो हुनै सक्दैनाैँ । हामी त देश र जनताको न्याय र मुक्तिको लागि राजनीति गर्ने राजनीति हो ।

नेपाल तपाईँहरुकाे लुटको स्वर्ग हाेइन र नेपाली जनता कसैकाे दास होइनन् । यो कुरो नभुल्नु होला । बन्दुक र बुटको बलमा राजनीति गर्ने सपना नदेख्नुहाेला । याे २०१७ साल होइन । न्याय र मुक्तिको लागि लड्ने सिपाहीहरुलाई जेल हालेर देश लुट्ने र जनतालाई दास बनाउने सपनाहरू बन्द गर्नुहोस् । क्रान्तिकारीहरुलाई जेल हालेर तपाईंको सपनाहरू पूरा हुने दिन गए अब । हामी यहि फागुन १ देखि महाधिवेशन गर्दै छौँ । हामी युद्धको तयारी गर्न लागेका होइनौं । हाम्रो महाधिवेशनलाई बिथोल्ने सपना देख्नु भयो भने राम्रो हुने छैन ।

लेखक

मन्त्रीज्यु,

म तपाईंलाई अनुरोध गर्छु, कृपया विप्लव माओवादीसँग जोरि नखोज्नुस् । बन्दुकको बलमा र शक्तिको आडमा माओवादीलाई तह लगाउने दुस्साहस गर्नु भयो भने त्यो सपनाहरू पूरा हुँदैन । किनकी माओवादीहरु देश जनतको विरुद्ध आउनेहरुलाई तरुल रोप्ने पार्टी हो र जनताको लागि बन्द गरेको न्यायको ढोका खोल्ने पार्टी हो । तर विप्लवलाई जेल हाल्ने सपना कदापी नदेख्दा हुन्छ । न्याय र मुक्तिको लागि बलिदान गर्न हजारौं विप्लवहरु जन्मि सकेका छन् । कतिलाई हाल्नुहुन्छ जेल ? हामी न्याय र मुक्तिको अन्तिम यत्रामा छौँ ।

जहाँ लाखौं जनताको साथ छ । एकीकृत जनक्रन्तिको माध्यमबाट हामी जनतालाई अधिकार सम्पन्न गराउन चाहन्छाैँ । हाम्रो जनक्रन्तिको बाटोमा तगारो नबन्नु हाेला । हामीले गर्ने क्रान्ति तपाईँका सन्ततीहरुकाे लागि पनि हाे । अर्काे कुरा हामीले परिवर्तन गरेर जनतालाई राम्राे हुन्छ भने टाउकाे दुखाउनु पर्ने के छ ? समय र समाज परिवर्तनसँगै राज्यले जनताका अावश्यकताले सम्बाेधन गर्न नसके विद्राेह अनिवार्य हुन्छ । कसैले राेक्न सक्दैन । विप्लवलाई तपाईँहरुले राेकेपनि अर्काे पात्र मैदानमा अाइहाल्छ । यदि बुद्धि छ भने जनताकाे अपेक्षाअनुसार अगाडि बढ्नुहाेस् । विदेशमा हाेइन नेपालमै पसिना बगाने वातावरण बनाउनुस् । याे सक्नु हुन्न भने विप्लवकाे विराेध नगर्नुहाेला ।

तपाईँहरुले धेरै नेपाली जनताकाे रगत र पसिना चुसि सक्नु भएकाे छ । अब याे सम्भव छैन । विप्लवलाई जेल हाल्ने सपना बुन्नु भएकाे छ भने त्याे तपाईँकाे लागि नै घातक हुनेछ । अब काँग्रेसी हर्कतकाे पर्दाफास भइसकेकाे छ । माअाेवादीकाे नाममा सत्तामा पुगेका केही टाउके नेताहरुकाे उक्साहटमा माअाेवादीविरुद्ध तपाईँ अगाडि अाउनु भयाे र युद्धकाे चुनाैती दिनु भयाे भने त्यसकाे सामना गर्न हामी नेपाल फर्कन बाध्य हुनेछाैँ  । हामीले तपाईँकाे सत्तासँग युद्ध हारेकाे हाेइन प्रचण्ड-बाबुरामले विचारमा हारेका हुन् । तपाईँहरुसँग अन्तिम युद्ध लड्ने रहर बाँकी नै छ । जनयुद्ध हामीले लडेकाे हाे, प्रचण्ड-बाबुरामले हाेइन।

गृहमन्त्रीज्यू 

अन्तमा पुनः भन्न चाहन्छु, तपाईँहरुले वा तपाईँकै कुर्सीमा बसेर २०५२ साल वरिपरी माअाेवादीविरुद्ध बाेल्नेहरुकाे के हाभिगत भयाे । एक हप्ताभित्र माअाेवादी सिध्याउने भन्नेहरुकाे अवस्था के भयाे । नेपाली राजनीतिक त्यही ५२ साल वरिपरी पुगेकाे छ । याे कुराकाे पनि ख्याल गर्नुहाेला । त्यसैले हामीलाई उत्तेजित पार्ने हर्कत नगर्न म गृहमन्त्रीलाई अनुरोध गर्छु । यदि अाफ्नाे हरकत जारी राख्नु भयाे भने मैदानमा भेटाैँला ।

अहिलेलाई बिदा उही

दीपकिरण क्षेत्री, पुर्व जनमुक्ति सेना नेपाल, हाल मलेसिया  ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार