सन् १९१७ को अक्टोबरमा सम्पन्न भएको रुसी क्रान्तिले एक सय वर्षको सन्दर्भमा विश्वभरिका कम्युनिस्ट र समाजवादीहरुले विभिन्न कार्यक्रमका साथ ‘अक्टोबर क्रान्तिको शतवार्षिकी’ मनाउँदैछन् ।

यो अवसरमा रुसको कम्युनिस्ट पार्टी अफ द रसियन फेडेरेशन (सीपीआरएफ) अक्टोबर क्रान्तिको शताव्दीतिर भन्ने शीर्षकमा एउटा अपिल गरेको छ । उसले गरेको अपिलअनुसार उसले पाँचवटा शीर्षक दिएर कार्यक्रम संचालन गर्ने बताएको छ ।

पहिलो सोभियत आर्मी र नाभी डेको बारेमा । दोस्रो, भ्लादिमिर लेनिनको जन्मजयन्ती मनाउने । तेस्रो, श्रमिक जनताको अन्तराष्ट्रिय ऐक्यवद्धता दिवस संचालन गर्ने । चौथो, महान् देशभक्ति युद्धमा सोभियत जनताको विजयको दिनलाई ग्लोरीफाई गर्नेजस्ता कार्यक्रमहरु राखेको छ ।

यसैगरी वल्र्ड सोशिलिस्टहरुले पनि विश्वभर अक्टोबर क्रान्तिबारे विभिन्न कार्यक्रम संचालन गर्ने भएको छ । वल्र्ड सोशिलिस्ट वेभ साइटका अनुसार इन्टरनेशनल कमिटि अफ द फोर्थ इन्टरनेशनलले यो बीचमा विभिन्न कार्यक्रम तय गरेको छ ।

यो अवसरमा उसले अक्टोबर क्रान्तिको पृष्ठभूमि र क्रान्तिपछि विश्वमा उसले पारेको प्रभावबारे विभिन्न सेमिनारहरुमार्फत् कार्यक्रम संचालन गर्ने गरेको छ ।

इन्टरनेशनल कमिटि अफ द फोर्थ इन्टरनेशनलले अक्टोबर क्रान्ति र त्यसले विश्वमा दिएको महान् शिक्षबारे भिडियो, अडियो र पम्फलेटहरु आफ्नो वेभसाइटमा राख्ने गरेको छ । जसले विश्वभरका मान्छेहरुलाई अक्टोबर क्रान्तिबारे जानकारी पाउने सक्ने छन् ।

रुसको कम्युनिस्ट पार्टी अफ द रसियन फेडेरेशन (सीपीआरएफ)देखि इन्टरनेशनल कमिटि अफ द फोर्थ इन्टरनेशनलले अक्टोबर क्रान्तिबारे विभिन्न कार्यक्रम गरेर मनाउँदैछन् ।

यसबारे इन्टरनेशनल कमिटि अफ द फोर्थ इन्टरनेशनलले अक्टोबर क्रान्तिबारे तयार पारेको संक्षिप्त भिडियो उपलव्ध गरेका छौं । जुन भिडियोमा इन्टेरनेशनल कमिटिका अध्यक्ष ड्याविड नोर्थले अक्टोबर क्रान्तिबारे आफ्नो अनुभव राखेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार