यसै साता हजारौँ मानिस रुसी राष्ट्रपति भ्लादमिर पुटिन र उनका प्रधानमन्त्री तथा कट्टर समर्थक डिमित्री मेदभेदेभविरुद्धको प्रदर्शनमा उत्रे । यस्तो प्रदर्शन कैयौँ वर्षमा भएको सबैभन्दा ठूलो हो । तथापि, मुख्य कुरा के हो भने पुटिन रुसको स्थिरताका प्रतीक हुन् ।

१९९९ को नयाँ वर्षको सन्ध्यामा क्रेमिलिनको मास्टर भएपछि नयाँ जिम्मेवारीबारे सोद्धा पुटिनले ‘रुसी जनताबाट निर्वाचित व्यवस्थापक’ बन्ने इच्छा रहेको बताएका थिए । आज, त्यसबारे सोद्धा उनी यसलाई ‘भाग्य’ भन्छन् ।

पुटिनले रुसी जनताको ठूलो हिस्साले माग गरेको पैतृक माग सम्बोधन गरे, जो उत्तर–कम्युनिस्ट युगपछि सफल हुन सकेका थिएनन् । उनले सही ढंगले निर्वाचन जितेनन्, मात्र उनले निर्वाचनलाई जनता शक्तिमा आउने माध्यम बनाए । जनतालाई विस्थापित गर्ने होइन, उनले जनताको समर्थनविना पनि शक्तिमा बस्ने आफ्ना पूर्वजहरूको परम्परा भत्काइदिए । कार्यकालको सुरुवातमा बुद्धिजीवी वर्गलगायत सम्भ्रान्तहरूको पक्षमा उभिने कि आमसर्वसाधारण जनताको पक्षमा भन्ने छनोट गर्नुपर्ने बाध्यता आइलागेका वेला उनले दोस्रो विकल्प रोजे ।

पुटिनलाई रुसका पहिलो राष्ट्रपति बोरिस यल्त्सिनले नियुक्त गरेका थिए, आफ्नो उत्तराधिकारीका रूपमा । तर, पुटिनले कुलीन वर्गलाई नियन्त्रणमा राखेर, चेचन्यामा अन्त्यहीनजस्तो देखिने युद्धलाई निष्कर्षमा पुर्याई कुनै वेला शक्तिशाली रहेको कम्युनिस्ट पार्टी तथा सीमान्तीकृत उदारवादीको ढाड भाँचे र आफ्नो दबदबा स्थापित गरे । उनले सोपान सरकारको परम्परागत रुसी  प्रणाली पुनः सिर्जना गरे । उच्च वर्ग र बलियाहरूले निजीकरण गरेको प्रणाली अन्त्य गरेर उनले राज्यलाई बलियो बनाए ।

पुटिनले रुसमाथि शासन गर्न जनतामाझ लोकप्रिय भइरहनुपर्ने बुझे र सम्भ्रान्तहरूका वेलावेलाका आदेशविरुद्ध जेहाद छेडे । पुटिन आफ्नो व्यक्तित्व, सार्वजनिक कार्य तथा दृष्टिकोणका आधारमा वैधानिकता हासिल गर्न सफल भइरहे ।

पुटिनले सोभियत संघको अन्त्यपछि गुमेको महाशक्तिको हैसियत पुनस्र्थापित गरे । उनले पहिले रुसलाई नेटोमा वरिष्ठ सहयोगी तथा ‘महान् युरोपमा’ इयूको निकट साझेदारका रूपमा विस्तारित पश्चिममा फिट गराउने कोसिस गरे । जब उनको प्रयास असफल भयो, उनले आफ्नो देशलाई रुसी कक्षबाट बाहिर निकाले, आफ्नो देशको सैन्य शक्तिको पुनर्निर्माण गरे, त्यसलाई प्रयोग गर्न थाले । व्यक्त र अव्यक्त दुवै रूपमा उनी अमेरिकी विश्व प्रभुत्वविरुद्ध उभिए ।

पश्चिममा ध्वंसकारी रूपमा देखिए पनि पुटिनले देशभित्र रुढिवादी सुर समातेका छन् । उनले पहिलो कार्यकालमा आर्थिक सुधार सुरु गरे, त्यसपछि उनले आधुनिकीकरणलाई समाते । तर, उनको शासनशैली मूलभूत रूपमा प्रशासनिक छ । पुटिन पुँजीवादी र अंकशास्त्री दुवै हुन् । उनी बजारको शक्ति पनि बुझ्छन् र त्यसबाट सावधान पनि छन् । उनले कुलीनहरूलाई आफ्नो बफादार सेवकको रूपमा झारिदिएका छन् ।

शासितहरूबाट एकप्रकारको तानाशाहीको स्वीकृति पाएका पुटिनले कम्युनिस्ट प्रणालीको अवसानपछि रुसी जनताले हासिल गरेका आधारभूत व्यक्तिगत स्वतन्त्रताको रक्षा गरेका छन् । मानिसहरू पूजा गर्न, घुमफिर गर्न स्वतन्त्र छन्, फेसबुक र ट्विटरमाथि उस्तै कसिकसाउ छैन । क्रेमलिनको आलोचना गर्ने केही सञ्चारमाध्यम टिकिरहेका छन् । राजनीतिक स्वतन्त्रता भने अलि बढी सीमित गरिएको छ ताकि कुनै ‘रंगको क्रान्ति’ हुने सम्भावना नहोस् ।

पुटिनले एकपटक आफूलाई रुसको सर्वोच्च राष्ट्रवादीका रूपमा व्याख्या गरेका थिए । उनले देशभक्ति रुसको राष्ट्रिय विचार हुने घोषणा गरेका छन् । उनका मान्यताको सूचीमा रुसी राज्य सबैभन्दा माथि छ । राष्ट्रपति भएको पहिलो दिनेदेखि उनले यल्ट्सिनको बिदाइ आग्रह मानिरहेका छन्, ‘रुसको ख्याल राख ।’

आगामी वर्ष रुसमा राष्ट्रपति निर्वाचन हुँदै छ । पुटिन लड्नेछन् भन्ने लगभग सबैजसोलाई लागेको छ, र उनको विजयमाथि कसैलाई आशंका छैन । प्रश्न के मात्र हो भने कति मानिस मतदान केन्द्रमा आउनेछन् र कतिले उनलाई मत दिनेछन् भन्ने मात्र हो । पुटिनमाथि अन्तिम मूल्यांकन गर्नु हतारो हुनेछ । उनले आफ्नो देशलाई एकढिक्का बनाएका छन् र यसको वैश्विक हैसियत पुनस्र्थापित गरेका छन् । उनी दुर्जेय नै छन् र सदैव आश्चर्यचकित बनाउन तम्तयार छन् ।

उनले आफ्नो देशमा गहिरो असर छाडेका छन् । यो पुटिनको रुसको हो किनकि उनी रुसका पुटिन हुन् ।

(ट्रेनिन थिंकट्यांक संस्था कार्नेजी मस्को सेन्टरका निर्देशक हुन्)
द गार्जियनबाट – इनयाँपत्रिकाबाट) ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार