यी दुई तस्बिर प्रतिनिधिमुलक छ ।

यो तस्बिरमा अगाडिको प्रचण्ड बस्ने लाजिम्पाट दरबार र अर्को माइला लामाको भीमफेदीको घर
एउटा तस्बिर हो प्रचण्ड बस्ने बालुवाटार दरबारको । अर्को तस्बिर हो माइला लामा बस्ने काठमाडौंको दुरदराज पर्ने भीमफेदी बस्तीमा टीनको टहरा ।
दश वर्षे जनयुद्ध लडेका दुई पात्र र प्रवृतिलाई अहिले परिस्थितिले अर्कै मोडमा पुर्याइदिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी माओवादीको नेतृत्वमा दश वर्ष जनयुद्ध लडेका प्रचण्ड र माइला लामा दुवै आन्दोलनका यात्री थिए । दुवैले देशमा नयाँ जनवादी व्यवस्था स्थापनाका लागि ०५२ साल फागुन १ गतेदेखि दश वर्ष लामो जनयुद्ध लडे ।

विदेशी शक्तिसँग झुकेका कारण प्रचण्ड शक्तिमा
तर कालान्तरमा आउँदा प्रचण्ड घुमीफिरी संसदीय व्यवस्थामा फर्किन आइपुगे । भने माइला लामा जनयुद्ध संचालन जे लक्ष्य र उद्धेश्य थियो, त्यही प्राप्तिका निम्ति अहिले पनि उही यात्रामा यात्रारत छन् ।
अर्थात् प्रचण्डले देशी र विदेशी शक्तिसँग झुके र त्यसैको उपहारस्वरुप दुईपटक वालुवाटार दरबारमा राज गर्न पाए । माइला लामाले जनयुद्धमा एउटा आँखा,कान र हात गुमाए तर उनले केही पाएनन् ।
माथि तस्बीरमा देखिन्छ, प्रचण्ड बालुवाटार र लाजिम्पाट दरबारमा बस्छन् । माइला लामा काठमाडौंको जन्मभूमि सुकुम्बासी बसाईजस्तै भत्केको टहरामा बस्छन् ।
माइला लामा अहिले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यको भूमिका पूरा गरेर आमुल परिवर्तनको अभियानमा निरन्तर अगाडि बढिरहेका छन् । उता प्रचण्ड हिजो संसदीय व्यवस्थाका विरुद्ध हतियार उठाए तर आज त्यही व्यवस्थामा फर्किएका छन् ।

जनताकै घरआगनमा, जनताका नेता माइला लामा
यसपाली निर्वाचन खारेज अभियान लिएर काठमाडौंको भीमफेदी गाउँमा पुग्दा माइला लामाको घर देखियो । जहाँ टीनको छानोले बारिएको टहरा छ । दुई वर्षअगाडि विनाशकारी भुकम्पका कारण भत्किएको सानो घर अहिले झन् एउटा टीनको छानोले बनाइएको टहरा मात्र छ ।
आमुल परिवर्तनका लागि लडेको एउटा क्रान्तिकारी सिपाही, योद्धा र नेता माइला लामाको हालत त यस्तो छ भने जनयुद्धमा लड्ने सामान्य कार्यकर्ताको घर र जीवन कस्तो होला भन्ने यो दृष्टान्तले देखाएको छ ।
प्रचण्ड संसदीय व्यवस्थामा आत्मसमर्पण गरेर आफ्नो नीजि जीवनमा मोज गरिरहेका छन् । यता माइला लामा कठिन जीवन र कठिन बाटो समाएर आम नेपाली जनताको सुखी र समृद्ध जीवनको निर्माणका लागि परिवर्तनकारी आन्दोलनमा कटिबद्ध छन् ।
एकदिन सत्यको जीत निश्चित छ । प्रचण्डको असत्यको बाटो पराजय हुने निश्चित छ र माइला लामाको सत्यको जित सुनिश्चित छ ।
भीमफेदी गाउँमा निर्वाचन खारेज अभियानबाट फर्केपछि ।







