दुई वर्षिया बालिका ग्रिसिका राईको कलिलो मनस्थितिमा पुलिसले पक्रन्छ भन्ने गहिरो छाप परेको छ । उनी पुलिस देख्यो कि आफ्ना बुबा सुरज राईलाई ‘बाबा पुलिसले पक्रन्छ है’ भनेर निश्चिल कलिलो बाल मनस्थितिले झस्काउँथिन । अनि आफू डरले काम्दै झस्किन्थिन ।

कारण थियो उनका बुबा सुरज राईलाई इलाका प्रहरी कार्यालय धरानले २०७३ साल असारमा पक्राउ गरी २२ दिन हिरासतमा राखेको थियो ।

२०७३ असार २७ गते तत्कालीन नेकपा (माओवादी) ले करोडौं रूपैयाँ राज्यलाई कर नतिरेका कारण एन सेलमाथि कार्वाही गरेको थियो । देशभरि ६३ ठाउँमा एनसेलको टावरमा आक्रमण गरेपछि सो पार्टीका धरान सेक्रेटरी रहेका राईलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो । त्यो दृश्य बालिकाको मनस्थितिमा छाप परेको थियो ।

राईले एन सेलमा आक्रमण गरेको थिएनन् । एनसेल कार्वाहीको २ दिनपछि इलाका प्रहरी कार्यालय अरुको मुद्दा छलफल गर्न पुगेका राईलाई इलाका प्रहरी कार्यालयमा नै पक्रिएर वियरको बोतलको नक्कली बम बनाएर राखी अन्नपूर्ण दैनिक पत्रिकाका पत्रकार रत्न आचार्यलाई बोलाएर फोटो खिचाई एनसेल टावर हान्दाहान्दै पक्रिएको हवला दिएको थियो ।

त्यही छाप कालिली ग्रिसिका राईमा परेको थियो । त्यसपछि उनी पुलिस देख्न साथ आफ्नो बाबालाई लुकाउन खोज्थिन् अनि भन्थिन् ‘बाबा पुलिसले पक्रन्छ है ।’ त्यो घटना पुन दोहोरियो । ती बालिका छाडेर राई दम्पती सुरज र खड्गकुमारी वैशाख २८ गते बराह नगरपालिका महेन्द्रनगर गएका थिए ।

उनीहरू आवद्ध पार्टी नेपाल कम्युनिष्ट पार्टीले देश व्यापीरूपमा स्थानीय निर्वाचन खारेजीको अभियान सञ्चालन गरिरहेको थियो । सोहीक्रममा शान्तिपूर्ण ढङ्गले पार्टीको पर्चा बाढिरहेको समयमा वैशाख २९ गते महेन्द्रनगर इलाका प्रहरी कार्यलयबाट खटिएका प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पुर्याए ।

पक्राउ पर्नेहरूमा सो पार्टीका सुनसरी सेक्रेटरी युगेन ‘उदय राई’ सुनसरी सदस्य एवम् धरान नगर समिति सेक्रेटरी सुरज राई, सुनसरी जिल्ला सदस्य एवम् अनेम संघ (क्रान्तिकारी) केन्द्रीय सदस्य/सुनसरी संयोजक खड्गकुमारी राई, सुनसरी सदस्य एवम् बराह नगर समिति सेक्रेटरी सुरेश राई, सुनसरी सदस्य अमृत लिम्बू अनेमसंघ (क्रान्तिकारी) बराह नगरसमिति अध्यक्ष मिना राजधामी रहेका छन् ।

उनीहरू कलिली बालिका ग्रिसिकालाई छेमाका साथमा धरान छाडेर हिँडेका थिए । पक्राउ परेपछि आइतबार बिहानसम्म मर्मी हस्पिटल हुनुहुन्छ, आउनुहुन्छ भनेर फकाई फुल्याई राख्दा पनि रात दिन बाबा ममीलाई पुलिस पक्रयो भन्दै रुन थालेपछि आइतबार जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेकी आमाकै साथमा पुर्याइदिएको छ । नेपालको संविधानमा शान्तिपूर्ण ढङ्गले विरोध गर्ने वा समर्थन गर्न पाउने अधिकार सुनिश्चित गरेको छ ।

Save

Save

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार