
माओवादी आन्दोलनमा लामो त्याग र बलिदान गरेका नरेन्द्रजंग पिटरले माओवादी केन्द्र परित्याग गरेका छन ।
उनले सामाजिक संजाल
फेसबुक स्टाटसबाट माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका हुन् ।
उनले समाजिक सञ्जालमा लेखका छन –
‘धेरैदिनदेखि तनाव र दवावमा रहे । आधारभूत विषयमै मतान्तर भएपछि ३९ वर्षदेखि आवद्द रहेको पार्टी मात्र छोडेको हुँ …. विचार, आन्दोलन र अभियान छोडेको भने हैन् । नो गुनासो, नो गाली, नो प्रवेश एनी पार्टी । इतिहासप्रति पश्चाताप छैन् । बरु समयमै यथोचित भूमिका निभाउन नसकेकोमा भने दुःख लाग्या छ । अबको भूमिका पार्टीरहित माओवादी ।’
राजनीतिक विश्लेषकहरु भन्छन् – ‘पिटरको माओवादी केन्द्र परित्यागले प्रचण्डलाई निकै सक परेको हुनुपर्छ ।’








