‘हाम्रो योजना सामन्तवाद र साम्राज्यवादलाई ध्वस्त गरी नयाँ जनवादी क्रान्ति पूरा गर्ने त्यसलगत्तै समाजवादी क्रान्तिमा अघि बढ्ने तथा सर्वहाराको अधिनायकत्वअन्तर्गत क्रान्ति जारी राख्ने सिद्धान्तका आधारमा सांस्कृतिक क्रान्तिहरू चलाउँदै मानवजातिकै स्वर्णीम भविष्य साम्यवादको स्थापनासम्म जाने उद्देश्यमा आधारित हुनेछ ।’
‘एकपटक हतियार उठाएपछि त्यसलाई अन्तसम्म लैजाने दृढताबिना सशस्त्र सङ्घर्षको थालनी गर्नु सर्वहारावर्ग एवम् आम जनताप्रति अपराध हुने कुरामा हामी दृढ छौँ । यो सङ्घर्ष जनताको स्थितिमा आंशिक सुधार गर्ने, प्रतिक्रियावादीलाई दबाब दिई सामान्य सम्झौतामा टुङ्ग्याउने साधन बन्न कदापि दिइनेछैन ।’
‘यसरी हाम्रो सशस्त्र सङ्घर्ष सबै प्रकारका निम्न पुँजीवादी, सङ्कीर्ण, राष्ट्रवादी, धार्मिक, साम्प्रदायिक एवम् जातिवादी विभ्रमहरूबाट सम्पूर्ण रूपले मुक्त रहनेछ ।’ भन्ने प्रतिवद्धताका साथ सुरु गरिएको जनयुद्ध त्यसका नायक प्रचण्ड र उनले नेतृत्व गरेको माओवादी केनद्र औपचारिक रूपमा संसलद्वादमा पतन हुन पुगेको छ ।
जनयुद्ध र जनआन्दोलनको जगमा अघि बढेको नेपालको राजनीतिक उच्चता र समृद्धिको प्रक्रिया पहिलो संविधानसभा भंग भएपछि तुहिन पुगेको थियो ।
प्रधानन्याधीश खिलराज रेग्मीको नेतृत्वमा २०७० मा भएको संविधानसभाको निर्वाचन घोर अनैतिक र षड्यन्त्रपूर्ण थियो ।
अहिले नेपाल र नेपाली जनताको भावना विपरित जबरजस्ती घोषणा गरिएको संविधान र तिनको कार्यान्यवन गर्ने नाममा कथित स्थानीय निर्वाचन लादिएको छ । यसको नेपाल कम्युनिस्ट पार्टी र जनताको व्यापक विरोध र प्रतिरोध गरिरहेका छन् ।
कथित स्थानीय निर्वाचनका माध्यमबाट प्रचण्ड पुरानै सत्ताका असली सेवक बन्न पुगेका छन् । उनी सबै किसिमले यही सत्तालाई बलियो बनाउन मरिमेटेर लागिपरेका छन् । यसको उनको राजनीतिक चरित्रलाई उजागर गरिदिएको छ । उनले जनयुद्ध थालनी गर्दाताका गरेका प्रतिवद्धताको पूरै खिल्ली उडाएका छन् ।
प्रचण्ड अहिले नेपाल कम्युनिस्ट पार्टी, तिनका नेता तथा कार्यकर्ता एवम् जनतालाई चर्को दमन र व्यापक धरपकड मात्रामा गरिरहेका छन् । फासिस्ट प्रचण्डको एकदिन जनताले यसको पूर्ण हिसाब–किताब गर्नेछन् ।
स्थानीय निर्वाचनविरुद्ध जनप्रतिरोध सशक्त बन्दै गएको छ ।

यस्ता थिए जनयुद्धको ऐतिहासिक पहलका लागि हाम्रा सैद्धान्तिक प्रतिवद्धताहरू
(क) हाम्रो योजना क्रान्तिकारी हिंसासम्बन्धी माक्र्सवाद–लेलिनवाद–माओवादका शिक्षामा आधारित हुनेछ । हाम्रो देशको विशिष्टताअनुसार गाउँबाट सहर घेर्ने रणनीतिमा आधारित दीर्घकालीन जनयुद्धका रूपमा अघि बढ्ने यसप्रक्रियाको पहलकदमीको योजना निर्माणका सन्दर्भमा पार्टी एकपटक पुनः माओद्वारा विकास गरिएको सर्वहारावर्गको सार्वभौम र अपराजय माक्र्सवादी सैन्य सिद्धान्तका रूपमा जनयुद्धको सिद्धान्तप्रति अविचल रहने प्रतिज्ञा गर्दछ ।
(ख) जनयुद्धको थालनीको हाम्रो यो योजना ‘राज्यसत्ताबाहेक अरू सबै भ्रम हो’ भन्ने मान्यतामा आधारित हुनेछ । जनताका निमित्त राजनीतिक सत्ता कब्जा गर्नु नै सशस्त्र सङ्घर्षको प्रमुख उद्देश्य हो भन्ने कुरामा दृढ रही यस प्रश्नमा देखापर्ने अर्थवाद, सुधारवाद, अराजकतावादलगायतका सबै प्रकारका विचलनवादी चिन्तन र प्रवृत्तिका विरुद्ध निरन्तर सङ्घर्ष गर्न पार्टी आफ्नो प्रतिवद्धता जाहेर गर्दछ ।
(ग) हाम्रो योजना सामन्तवाद र साम्राज्यवादलाई ध्वस्त गरी नयाँ जनवादी क्रान्ति पूरा गर्ने त्यसलगत्तै समाजवादी क्रान्तिमा अघि बढ्ने तथा सर्वहाराको अधिनायकत्वअन्तर्गत क्रान्ति जारी राख्ने सिद्धान्तका आधारमा सांस्कृतिक क्रान्तिहरू चलाउँदै मानवजातिकै स्वर्णीम भविष्य साम्यवादको स्थापनासम्म जाने उद्देश्यमा आधारित हुनेछ । एकपटक हतियार उठाएपछि त्यसलाई अन्तसम्म लैजाने दृढताबिना सशस्त्र सङ्घर्षको थालनी गर्नु सर्वहारावर्ग एवम् आम जनताप्रति अपराध हुने कुरामा हामी दृढ छौँ । यो सङ्घर्ष जनताको स्थितिमा आंशिक सुधार गर्ने, प्रतिक्रियावादीलाई दबाब दिई सामान्य सम्झौतामा टुङ्ग्याउने साधन बन्न कदापि दिइनेछैन । यसरी हाम्रो सशस्त्र सङ्घर्ष सबै प्रकारका निम्न पुँजीवादी, सङ्कीर्ण, राष्ट्रवादी, धार्मिक, साम्प्रदायिक एवम् जातिवादी विभ्रमहरूबाट सम्पूर्ण रूपले मुक्त रहनेछ ।
(घ) हाम्रो यो योजना सर्वहारा–अन्तर्राष्ट्रवादको महान् भावनामा आधारित रहनेछ । नेपाली क्रान्ति, सर्वहारा विश्वक्रान्तिको अभिन्न अङ्ग हो र यसले विश्वक्रान्तिको सेवा गर्नेछ । हाम्रो पार्टी यस सन्दर्भमा माक्र्सवाद–लेलिनवाद–माओवादको निर्देशनमा विश्वक्रान्ति अघि बढाउन तथा नयाँ अन्तर्राष्ट्रिय निर्माणको दिशामा अघि बढिरहेको क्रान्तिकारी अन्तर्राष्ट्रियवादी आन्दोलन रिम (जसको हाम्रो पार्टी पनि सदस्य छ) को विकासमा अझ बढी सहयोग पु¥याउने कुरालाई गम्भीरतापूर्वक लिन्छ ।
(ङ) हाम्रो योजना नयाँ जनवादी क्रान्तिकालमा सर्वहारावर्गको पार्टीको नेतृत्वमा क्रान्तिकारी संयुक्त मोर्चा र क्रान्तिकारी सेना निर्माणको सैद्धान्तिक मान्यतामा आधारित रहनेछ । अन्तर्विरोधको नियमको सार्वभौमिकताअनुसार पार्टी भित्री सङ्घर्षलाई द्वन्द्वात्मक ढङ्गले ग्रहण र त्यसलाई सञ्चालन गर्नु पार्टीलाई त्यसरी सजीव राखी हरक्षेत्रमा त्यसको नेतृत्व स्थापित गर्नु पूरा हृदयले जनताको सेवा गर्ने जनतासँग घनिष्ठ सम्बन्ध कायम राख्ने जनदिशाको सिद्धान्त अविचल रहने कुरामा पार्टी कटिवद्ध छ ।
(च) हाम्रो यो योजना सर्वहारावर्गको पार्टीको स्वतन्त्र आत्मनिर्णयको अधिकारको मान्यताअनुसार बन्नेछ । पार्टीको नेतृत्वमा सामन्तवाद र साम्राज्यवाद विरोधी सबै तह र तप्का जनसमुदायलाई गोलबन्द गर्दै सशस्त्र सङ्घर्ष सञ्चालन गरिनेछ । कृषिक्रान्तिलाई मेरुदण्ड मानी हाम्रो सशस्त्र सङ्घर्ष श्रमजीवी जनसमुदाय मुख्यतः गरिब किसानमाथि भर परेर चल्नेछ । कहिल्यै र कुनै पनि हालतमा पार्टी देशी एवम् विदेशी प्रतिक्रियावादी गुटहरूको दबाब, धम्की र प्रलोभनमा पर्नेछैन ।
(छ) युद्धमा आफ्नै नियमअनुसार त्यो सरल रेखामा होइन, जटिल वक्ररेखामा अघि बढ्नेछ । लेनिनको “क्रान्ति आफैँँले आफ्नो विकास क्रममा सधैँ नै असाधारण जटिल परिस्थितिको सिर्जना गर्दछ” भन्ने कुराको महत्वलाई आत्मसात् गरेर जानु जरुरी छ । जित र हार, उपलब्धि र क्षतिका चक्रहरू पार गरेर नेपाली जनयुद्ध विजयी बन्नेछ । खराब कुरालाई असल कुरामा रूपान्तरण गर्ने अन्तर्विरोधको नियमलाई ठीक ढङ्गले पकडेर नै हामीले जनयुद्धको नेतृत्व गर्न सक्नेछौँ ।







