१० बर्से महान् जनयुद्ध र त्यसबाट प्राप्त जनादेशलाई माओवादी आन्दोलनको मूल नेतृत्वले पराजित गराउँदै संसदवादीहरुको भ्रस्ट र दुर्गन्धित राजनीतिमा लगेर धमिलो बनाइसकेपछि, त्यहाँबाट सचेततापूर्वक बिद्रोह गरेर जनता र रास्ट्रको समग्र वैज्ञानिक समाजवादी रास्ट्र निर्माणको उत्कट सपनालार्इ जीवित राख्नुको बिकल्प विप्लवहरुसँग नभएकै हो ।
त्यसैले नेतृत्वपंक्तिमा सधैं विचार, राजनीतिीर संघर्षको क्षेत्रमा विप्लव बिद्रोही बनेर रहिरहे र विप्लवी हामीहरु त्यही बिद्रोहको वरिपरि समाज रुपान्तरणको सपनालाई जीवित राख्न सफल भैरहयौं ।
हामी प्रचण्डको सड्यन्त्र अर्थात् आफूभित्रको रोगलाई जितेर आइसकेकाहरु । बैध्यको अकर्मण्यतालाइ समेत चिनेर आइसकेकाहरु । चर्चा बहस हाम्रो विषयमा हुने गरेका छन् । राजनीतिमा, दर्शनमा, संघर्षमा, विभिन्न कोणबाट धेरै प्रकारको आलोचना र टिप्पणीको समेत डटेर व्यवहारबाट जवाफ दिंदै आइरहेका छौं ।
वर्गसंघर्षका कमाण्डरहरुलाइ खरिद गरेर षड्यन्त्रमा फसाएर, तर्साएर, सक्ने कुत्सित चालबाट समेत बचेर यहाँसम्म आइपुगेका हामीहरु यतिबेला बदलिदो बिश्व, समाज र उपरिसंरचनाहरुको चरित्रको समयानुकूल अध्ययन गर्दै एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत दुनियाँलाइ बुझ्ने, बदल्ने र बदलिएको दुनियाँको रक्षा र विकास गर्ने अभियानमा लामबद्द भएका छौं । हामीले भनेका छौं, संसदवादबाट मुलुकलाई निकास दिन सकिँदैन ।
दलाल पुँजीवाद र यसका अवयवहरुबाट राष्ट्रको संकट हल गर्न सकिँदैन । रास्ट्र र जनतालार्इ समृद्ध गर्न सकिँदैन । यदि सकिन्थ्यो भने संसदवादको ६ दसक लामो शासन र हालको स्थितिचबी तुलनात्मक अध्ययन गरे पुग्छ । अहिले गरिबी, महङ्गी, असुरक्षा, बेरोजगारी, विभेद, रास्ट«यतामाथिको हमला तीब्र गतिमा बढेर गएको छ । केही सीमित दलाल, भ्रस्ट, कनिसनखोरहरुको बिगबिगी चुलिएको छ ।
यस्तो सामाजिक बेमेल र असमानताले मुलुक अस्थिर र अराजक बन्दैछ । अर्कोतर्फ रास्ट्र र जनताको भविष्य अन्यौल र अनिश्चित बन्दै गएको छ । मुलुकलाई राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, सबै क्षेत्रबाट निकास दिनुपर्छ भन्ने आवश्यताको बोध गरेर हाम्रो पार्टीले वैज्ञानिक समाजवाद स्थापनार्थ जनताको सत्ता संचालनमा ल्याउने उद्घोषसहित जनताको बीचमा आन्दोलको नेतृत्व गरिरहेको छ ।
यस्तो बेला हामीले २०७० सालमै औचित्यहीन भनेर बहिस्कार गरिसकेको कथित संविधानको गर्भबाट संघीय लोकतान्त्रिक गणतन्त्र नामको भ्रम जन्माएर त्यही मरिसकेको संसदीय व्यवस्थालार्इ पुनर्जिवित गर्न निर्बाचनको नौटंंंङ्की भैरहेको छ । यसको हामीले बिरोध गरेका छौँ र आम जनतामा यसको खारेजीको निम्ति अपिलसमेत गरेका छौँ । सँगै हामीले जनसत्ताको विकल्पसमेत दिएका छौं । यो विषयलार्इ जनताले आत्मासात गरेको पाइन्छ । यद्यपि राज्य हामीलार्इ गिरफ्ता गर्ने, यातना दिने अमानवीय र क्रुर रबैया अख्तियार गरेर आफ्नो फासीवादी चरित्र देखाउँदैछ । र शान्ति सुरक्षा सुदृढ भएको र गरिरहेको जनाउँदैछ ।
हामीलाइ गिरफ्तार गर्दा शान्ति सुरक्षा सुदृढ हैन, बरु झन् भयानक र बिकराल बन्दै जानेछ । किनकि हामी अपराधी होइनौं । अपराध विचारसँग जोडिएको हुँदैन । अपराध मानिसको केही कुत्सित उद्दश्यसँग जोडिएको हुन्छ । हामी समाज रुपान्तरणको अभियानमा जुटेका छौँ ।
हाम्रो अभियानले ठेस पुग्ने केही दलाल र भ्रस्टहरु हामीलार्इ सुरक्षा चुनौती देख्छन् र राज्य प्रशासन तिनै औंलामा गनिने केही भ्रस्ट पात्रहरुको सुरक्षा प्रबन्ध मिलाइदिएर शान्ति सुरक्षा सबल रहेको ठान्न पुग्छ तर यो भयानक भूल हो किनकि समाजमा वर्गसंघर्ष चलिरहेको छ । त्यो पनि सचेततापूर्वक र योजनाबद्ध । यो वर्गसंघर्ष, मजदुर, श्रमजिवी, सुकुमबासी र गरिब उत्पीडितहरुको अर्थात गरिखानेहरुको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले गरिरहेको छ र जुन वर्गको जित सुनिश्चित छ । अर्कोतर्फ दलाल, तस्कर, सामन्त, फटाहा, भ्रस्ट, कमिसनखोरहरुको नेतृत्व संसदवादीहरुले गरिरहेका छन् र यस वर्गको पराजय मात्र होइन, पत्तासाफ हुने निश्चित नै छ ।
यहाँ फेरि एउटा लडाइँ दलाल संसदवाद र कम्युनिस्ट पार्टीको बीच उत्कर्षमा पुग्ने निश्चित छ । त्यसकारण, यहाँ विचार र दृष्टिकोणको लडाइँ हो । हामीलार्इ गिरफ्तार गरेर, यातना दिएर, अपराधी करार गराएर शान्तिसुरक्षा सबल हुनेवाला छैन । बरु झन कठीन र गम्भीर संकट निम्तिनेछ ।
अर्को कुरा, हामीहरुविरुद्ध गरिने षड्यन्त्रहरु विभिन्न प्रकारले अभिब्यक्त हुने गर्छन् । हाम्रा विचारहरुप्रति लक्षित गरेर गरिने असान्दर्भिक बक्तब्यबाजी, हाम्राबिरुद्धद गरिने सुराकी, हाम्राविरुद्ध गरिने हमलाको दुस्साहस, हाम्राविरुद्ध गरिने अनर्गल प्रचार र नोक्सानी, हाम्रा कार्यकर्ता र शुभचिन्तकहरुलार्इ दिइने डरत्रास र धम्की, हाम्रा परिवारहरुलार्इ लक्षित गरेर दिइने दुख अर्थात सर्वत्र हाम्राविरुद्धको हमलाको दुस्साहस यी र यस्ता घटना हिजो जनयुद्धमा पनि थिए र आज पनि छिटफुट यस्ता षड्यन्त्रहरुको तानाबाना रचिएको प्रतीत हुन्छ ।
दलालहरुको लुटको अखडामा हाम्रो यात्रा बाधक भएको होला र हुने निश्चित छ । जसअनुरुप त्यही लुटलार्इ हिफाजत गर्न हाम्रा योद्धाहरुलार्इ सिध्याउन गरिने तिम्रा चलखेलसमेत प्रत्युत्पादक हुनेछ । यसले न्यायको निम्ति गरिएको लडाइँलाई सिध्याउने होइन, सिध्याउन षड्यन्त्र गर्नेहरु चिहानमा पुग्ने र हामीलाइ झन दर्बिलो स्पातिलो बनाउँदै विजयको दिशा–उन्मुख लैजाने निश्चित छ ।
अन्यायले विद्रोहको बीउ रोप्छ, दमनले प्रतिरोधको । अन्ततः त्यही प्रतिरोधी युद्ध संसदवादीहरुको चिहान र राष्ट्र र जनताको निम्ति विजयको रक्तिम झण्डा बन्नेछ ।







