सर्वहारा वर्गको राज्यसत्ता स्थापना गर्न संसदीय संवैधानिक सामन्ती राजतन्त्रात्मक बहुदलीय राज्य व्यवस्थालाई ध्वस्त पार्ने रणनीति लक्ष्य लिएर तत्कालीन माओवादी पार्टीको पहलमा महान जनयुद्धको थालनी गरिएको थियोे र वर्ग सङ्घर्ष राजनीति र फौजी तरिकाबाट अगाडि बढाइएको थियो । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालका जनताको ४० सुत्रीय मागलाई तत्कालीन राज्यसँग राख्दा बेवास्ता गरिएकोले जनयुद्धको घोषणा भएको थियो । “जनताको जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अगाडि बढौँ” भन्ने मूल पहिलो नाराका साथमा माओवादी पार्टीले रोल्पा, गोर्खा र सिन्धुलीका सरकारी प्रशासनिक कार्यालयलाई केन्द्र बनाउँदै फौजी आक्रमण गरेरै जनयुद्धको धक्कामूलक सन्देश दिइएको सम्झनामा ताजा नै छ ।

एक दशक लामो रक्ताम्य धर्ती आकाश थर्काउने युद्धको अनुभवलाई सफलतापूर्वक हजारौँको बलिदान स्वीकार्दै माओवादी पार्टीलाई मुलुक र जनताको विश्वास जितेपछि शान्ति सम्झौता गर्दै संविधान सभाको निर्वाचनमा सहभागी भएको थियो र पहिलो संविधान सभामा परिवर्तनकारी शक्ति माओवादी पार्टी सबैभन्दा ठूलो शक्तिको रूपमा स्थापित हुँदा मुलुक र गरिब जनताको निम्ति संविधान बन्नेछ भन्ने देखेर नै षड्यन्त्रका तानाबाना रचिएको थियोे पहिलो संविधान सभा निर्वाचन परिणाम आएकोे दिनदेखिन् … !

गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्रीको पद छोड्न मात्रै झन्डै चार महिना लागेको थियो र सहमति बमोजिम अन्तरिम संविधानको सरकार बनाउने व्यवस्थालाई गणतन्त्र घोषणा गर्दा राजतन्त्र अन्त्यको बार्गेनिङ गरिएको कुरामा हामी सबै नेपाली र अन्तर्राष्ट्रिय जगत्लाई समेत जगजाहेर छ । त्यसपछिका दिनहरूमा पनि माओवादी नेतृत्वको सरकारलाई असहज परिस्थिति सिर्जना गर्दै पशुपति नाथको पुजारीदेखि रुकमाङ्गत कटुवालसम्म अनि राजनीतिक नियुुक्ति जस्ता सामान्य सरकारको काम कारबाहीमा पनि संसदीय व्यवस्थाका खेलाडी भन्न रुचाउने काङ्ग्रेस एमालेले मुलुक र जनताका विरुद्धमा प्रपञ्च रचिरहेर प्रचण्ड सरकारलाई राजीनामा दिन बाध्य तुल्याउँदै मुलुकलाई सङ्कटमा धकेल्ने काम कारबाहीमा लागि परेको देखेर प्रचण्डले सरकारको प्रधानमन्त्री पदबाट राजीनामा दिन पुगे !

सामन्ती सत्तामा राजतन्त्रको जुठोपुरो खाएर रजाइँ गर्दै मुलुक र गरिब जनताको विरुद्धमा षड्यन्त्रको तानाबाना बुन्ने, विस्तारवादी पुँजीपतिहरूको दलाली गर्न खप्पीस काङ्ग्रेस एमालेले पुनः आफ्नो स्वार्थसिद्ध गर्ने गरिब नेपाली जनसमुदायमाथि फासीवादी शासनलाई कायम गरि लुट मच्चाउने सपनाहरू साचेर षड्यन्त्रको जालो फिजाएर राखेका थिए र आफ्नो योजनाबद्ध षड्यन्त्रमा सफल पनि हुन पुगेका काङ्ग्रेस एमालेले माओवादी र प्रचण्ड बाबुरामलाई घेराबन्दी गरे ।
प्रचण्ड, बाबुराम लगायतका माओवादी नेताहरू पनि संसदीय पुँजीवादी राज्यसत्ताको जालोमा फसिसकेका रहेछन् दलाल, तस्कर, भ्रष्ट र पुँजीपति वर्गको सेवामा तिनैको वरिपरिको विलासिताको जीवनशैली अपनाउन थालेर सहर बाहिरको दुःखद् अभाव कष्ट सबै बिर्सिएर देश विदेश भ्रमणमा रमाइरहेका थिए । … दिन प्रतिदिन यस्तै … यस्तै … र गाउँका गरिब, किसान, मजदुर, सुकुम्बासी, कमैयाहरूलाई भुल्दै गए, सहिद, बेपत्ता र घाइते अपाङ्ग याद्धाहरू र तिनका आफन्तलाई छोडेरजमिनदार पुँजीपतिको इच्छा पूरा गर्नतिर लागे माओवादी नेताहरू प्रचण्ड र बाबुरामहरू … ।

काङ्ग्रेस एमालेले दिन प्रतिदिन जालो कसिलो बनाउँदै बनाउँदै माओवादी नेताहरूलाई संसदीय सत्तामा डुबाएर निजी सम्पत्तिको मालिक बनाउनेतर्फ धकेल्न लागिरहेका थिए । प्रचण्ड बाबुरामहरू रमाउँदै रमाउँदै सर्वहारा वर्गलाई भुलेर छोडेरमाओवादी नेता कार्यकर्ता बिर्सिएर काङ्ग्रेस एमालेको इशारामा नाचिरहेका थिए । जनयुद्धको बेलाका सपनाहरू, लक्ष्य, उद्देश्यहरूको कुनै पर्वाह थिएन ! १२ बुँदे सम्झौता विपरीत बृहत् शान्ति सम्झौता बृहत् शान्ति सम्झौता लत्याएर अन्य सहमति सम्झौता गर्दै पार्टीको नीति, पद्धति र निर्णय लत्याएर जनयुद्धको विरुद्धमा प्रचण्ड–बाबुरामहरूले गतिविधि गरिरहेका थिए । जनमुक्ति सेनालाई क्यान्टोनमेन्टमा राखेर भुत्ते पारियो जो परिवर्तनको निम्ति लडाइँ लड्दै बलिदान गरेर आएको थियो ।

त्यसैलाई अपमानित निःशस्त्रीकरण र आत्मसमर्पण गराएर नेपाली सेनामा भर्ती गरियो थोरै मात्र जुन परिवर्तनको विरुद्धमा नाङ्गो हर्कत थियोे । साठी वर्षपछिको ऐतिहासिक पहिलो संविधान सभाको विघटन गरियो ! जनअदालत, जनसत्ता, जनयुद्ध समाप्ति भएको घोषणा गरियो जो एकतर्फी मात्रै गरिएको थियो । माओवादी र सात राजनीतिक पार्टीबीचमा भएको सहमति विरुद्धमा, जनयुद्ध र जनआन्दोलनको म्यान्डेट विरुद्धमा कुनै प्रकारको परिवर्तन नगरी जनताको अधिकार सुनिश्चितता नगरीकन प्रतिगामी कदम चालियो, त्यसको मतियार प्रचण्ड र बाबुराम हुन पुगेका थिए ।

के खोज्छस् कानो आँखा भने जस्तै काङ्ग्रेस एमालेले प्रचण्ड–बाबुराम जस्ता मतियार भेट्टाए जसले संसदीय व्यवस्थाका विरुद्धमा जनयुद्धको नेतृत्व गरे तिनैले जनयुद्धको घाँटी निमोठे । सर्वहारा वर्ग, किसान, मजदुर, सुकुम्बासी, कमैया, उत्पीडित जनसमुदाय सहिद परिवार, बेपत्ता परिवार र घाइते अपाङ्ग योद्धाहरूलाई अपमानित गरियो र रोडमा अलपत्र छोडेर अस्तव्यस्त पारियो । माओवादी नेताहरू जसले हिजो निजि सम्पत्ति जोड्ने छैनन् जनवादी सत्ता नल्याउँदासम्म भनेर सानो झुपडी पार्टीकरण गरेर आज सहरमा महलको मालिक भएका छन् ! सर्वहारा वर्गीय मुक्तिका निम्ति हतियार एकपटक उठाइसकेपछि जनवादी सत्ता नल्याएसम्म हतियार नछाड्ने बरु मृत्यु स्वीकार्नु पर्छ भनेर कसम खाएर आज संसदीय व्यवस्थाभित्र रजाइँ गरिरहेका छन् माओवादी नामधारी नेताहरू … !

यस प्रकार प्रचण्ड–बाबुरामलाई लिलाम गरेर खरिद गरेरै काङ्ग्रेस एमालेसँग मिलाइएको छ । जसरी राणा शासनको विरुद्धमा मुक्ति सेना बनाउने काङ्ग्रेसलाई लिलाम गरियो ! झापा विद्रोहको नेतृत्व गर्ने एमालेलाई मदन भण्डारी मारेर लिलाम गरियो ! भीमदत्त पन्तलाई भारतबाट प्रहरी पठाएर घाँटी काटेर झुन्ड्याएर सिध्याउन खोजियो ! गणेशमान सिंह र कृष्ण प्रसाद भट्टराईलाई एक्लाएर रुवाउँदै अपमानित गरियो ! वीरेन्द्र राजाको वंश नास पारेर सिध्याइयो । त्यही अदृश्य शक्ति तिनको मतियार बनेर दलाली गर्दै जनता र मुलुकमा मनपरी रजाइँ गरिरहेका संसदीय पार्टीहरू सबैको मिलेमतो षड्यन्त्रमा योजनाबद्ध तरिकाले प्रचण्ड–बाबुरामलाई पनि आत्मसमर्पण गराइएको, गलाइएको स्पस्ट हुन्छ । राजनीति चेतना भया … !

मान्छे मान्छेबीचको विभेद, गरिब र धनी बीचको विभेद, तराई र पहाड हिमालबीचको विभेद, पूर्व र पश्चिमबीचको विभेद, महिला र पुरुषबीचमा विभेद र बेरोजगार, गरिबी, पछौटेपन, सुकुम्बासी, मजदुर, किसान, बेरोजगारी, अन्याय, अत्याचार, भ्रष्टाचार, कमिसन, तस्करी, ठगी, बलात्कार, बेचबिखन जस्ता समस्याले गाँजिरहेको छ । राजनीति द्वन्द्व, क्षेत्रीय द्वन्द्व, जातीय द्वन्द्व कायमै छ । जनयुद्धको बखत उठाएका ४० सुत्रीय समस्या समाधान हुन सकेको छैनन् । राष्ट्रियता खतरामा परिरहेको छ । कसरी हुन्छ शान्ति … ?

प्रचण्ड र बाबुराम प्रधानमन्त्री हुँदैमा र जनयुद्ध समाप्ति भएको भन्दैमा के मुलुकमा शान्ति हुन्छ ? होइन ! दिगो शान्ति र समृद्धिका लागि मुलुक र जनताका विद्यमान समस्याहरू उचित तरिकाले न्यायोचित समाधान हुनु पर्छ र जनताको हितमा राज्यले नीति निर्माण गरेर काम कारबाही हुनु पर्छ । सम्पूर्ण उत्पीडित जनसमुदायको राज्यको नीति निर्माण तहमा समानुपातिक समावेशी प्रतिनिधित्व सहभागिता हुनु पर्छ । अनि मात्र दिगो शान्ति हुनेछ र समृद्धि सुनिश्चित हुनेछ । अन्यथा राणा, पन्चायत, निर्दल, बहुदल, राजतन्त्र सकिएर गणतन्त्र घोषणा हँुदा पनि शान्ति समृद्धि हुनेछैन । पुनः मुलुकमा क्रान्ति, द्वन्द्व, विद्रोह र जनयुद्ध जनआन्दोलन, सशस्त्र निःशस्त्र अनिवार्य हुनेछन् ।

कसले कति बेला, कसरी गर्छ भन्न नसकिएता पनि अनिवार्य सङ्घर्षबाट मुलुक गुज्रिनेछ किनकि जनयुद्धको क्रममा देखाइएका सपनाहरू, लगाएका नाराहरू, बगाएको रगत पसिना, हजारौँ सहिद, हजारौँ बेपत्ता र घाइते अपाङ्ग योद्धाहरूको जीवन् जनयुद्धमा लगानी भएको छ । आज सीमित नेताहरूको स्वार्थपूर्तिका लागि जनयुद्ध र जनआन्दोलनको मर्म, लक्ष्य उद्देश्य छोडेर मुलुक र जनताको चाहना विपरीत संविधान ल्याइएको छ । सम्पूर्ण जनसमुदायलाई समेटिएको छैन । सहिद, बेपत्ता, घाइते अपाङ्गता योद्धाहरूको सम्मान भएको छैन ! त्यसैले हिजो जनयुद्धको अवस्थामा, जनआन्दोलनको बेलामा नारा लगाइएको थियोे सपनाहरू बाँडिएर जनयुद्ध गरिएको थियोे, आज नेताहरूको स्वार्थमा मुलुक बर्बाद दिशामा हिँडिहेको छ । नागरिकका समस्याको, भोकको, रोगको, शिक्षा, स्वास्थ्य, रोजगारको, गाँस, बाँस र कपासको कुनै पर्वाह छैन, मात्रै सत्ताको दोहन गर्ने प्रतिस्पर्धामा काङ्ग्रेस एमालेको साथमा प्रचण्ड–बाबुराम–बादलले साथमा साथ दिए पनि जनयुद्धको क्रममा देखाएका सपनाहरूले सहिद, बेपत्ता, घाइते अपाङ्गता योद्धाहरूको बलिदानले खोजेको परिवर्तन न्याय हुन सकेको छैन ! दिन खोजिरहेका छैनौँ शासकहरू तिमीहरूलाई जबसम्म मिल्काइने छैनौँ तबसम्म चेतना खुल्ने छैन कि !

तिमीहरूलाई जनयुद्ध चाहिएको छ, जसरी अरू शासकलाई फाल्न जनयुद्ध गरिएको थियो । प्रतिक्रान्तिकारीहरू होसियार पुनः अब जनयुद्धका देखाइएका सपनाहरू मरेका छैनन् बरु सपना बाँड्ने तिमीहरू गलेछौ ! अब तिमीहरूलाई सहितको बढार्न पर्ने हो कि बिउँझने होऊ … जनयुद्धका क्रममा देखाइएका सपनाहरू सही थिए । त्यसैले त हजारौँले बलिदान गरे ! माओवादी पार्टीलाई सबभन्दा ठूलो पार्टीको रूपमा बनायौ ! प्रचण्ड र बाबुरामलाई प्रधानमन्त्री पायौँ ! मन्त्री, सभासद बनायौ जितायौ ! परिवर्तनका निम्ति तिमीहरू गएका थियौ गरिबीको, अभावको, बेरोजगारीको, अन्यायको, विभेदको, मान्छे मान्छेको तर त्यो परिवर्तन भएन तिमीहरूको मात्रै परिवर्तन भएको छ ।

बाँडिएका सपनाहरू, लेखिएका नाराहरू, गाएका गीतहरू, खाएको कसम, मारिएका सहिद, बेपत्ता पारिएका योद्धा र घाइते अपाङ्ग योद्धाहरूले खाएको गोलीप्रति धोका भएको छ । त्यसैले अब जनयुद्ध तिनै सपनाहरू गरिरहेका छन् … गरिरहने छ्न … लडिरहेका हुनेछन् तबसम्म, जबसम्म जनयुद्धका सपनाहरू पूरा हुनेछैनन … ! जनयुद्धको नेतृत्व गरेका नेताहरू नै मतियार भएका छन् जनयुद्धको लिलाम गर्नमा काङ्ग्रेस एमालेका पछिपछि लागेर संसदीय व्यवस्थाभित्र छिरेर माओवादी पार्टी नामको पनि लिलाम गरिसकेका छौँ तर जनयुद्धका सपनाहरूको लिलाम गर्न सक्दैनौँ … होसियार खबरदार ! किनकि हजारौँ सहिदको, बेपत्ता र घाइते अपाङ्ग योद्धाहरूको लाखौँ नेता कार्यकर्ता करोडौँ जनसमुदायको परिवर्तनको मुक्तिको न्यायको चाहाना हो जनयुद्ध र जनयुद्धमा आमूल परिवर्तनको सपनाहरू बाडिएको थियोे । संसदीय व्यवस्थालाई ध्वस्त पारेरै जनवादी राज्यसत्ता स्थापना गर्ने सपनाहरू बाँड्ने माओवादी नेताहरू नै लिलाम बोलिएछन् खरिद बिक्री भएछन् काङ्ग्रेस एमालेमा र संसदीय रजाइँ चलिरहेको छ ।

सबै लिलाम भएर सकिएपछि पनि आमूल परिवर्तनको सपनाहरू जनयुद्धमा देखाइएका हुनाले अहिले पनि सपनाहरू जनयुद्ध खोजिरहेका छन् । लिलाम भएका छैनन् प्रचण्ड र बाबुराम र बादल लिलाम भए जस्तै काङ्ग्रेस एमालेले लिलाम बोल्न र गर्न सक्ने छैनन् जनयुद्धका सपनाहरूको … !

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार