ओ, क्रान्तियोद्धा !
मृत्यु अभिषाप होईन
मृत्यु असंगत होईन
र मृत्यु जीवनको अन्त्य होइन

भोकले जिउँदै डढेका
असरल्ल मृत्युहरु अचेल
जागा छन्÷बेचैन छन्

देख्यौ कसरी घुमिरहेछ
वर्गसत्ताका बुटले कुल्चिएका
भोकहरुको मृत्यअक्ष ?

मृत्यु मर्दैनन्
र अविचल बाँचिरहेछन्–
झण्डामा राता÷गाढा रङ भएर
क्रान्तिका अविराम नदी भएर
विचारका झुल्काहरुमा मसाल भएर

ओ, क्रान्तियोद्धा !
तिमी ढल्यौ त के भयो ?
मृत्यु अठोट÷प्रतिज्ञा हो
फेरिन्छन् बर्गमुक्तिमा
मृत्यु सङ्गीन हो
तेर्सिन्छन् बर्गदुश्मनको छातीमा
र मृत्यु समयको शास्वत हो
पड्किन्छन् बम र गोला भएर ।
०००

(धनगढीमा सहादत प्राप्त गर्नुहुने कमरेड सनराइजको सम्झनामा)

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार