
रोल्पा जिल्ला सुवर्णावती गाउँपालिका वडा नं २ खुंग्री हरिगाउँ निवासी बन्धन थापा मगर १६, विगत ३ महिनादेखि रक्त अल्पत्ता रोगसँग काठमाडौंस्थित सिभिल अस्पतालको वेडबाट मृत्युसँग लडिरहेका छन् ।
हाल १ महिनादरेखि रक्त अल्पत्ता रोगी रोल्पा निवासी बन्धन थापालाई आइसियु र हार्ड गेरमा राखेर उपचार गर्दा निकै मँहगो खर्च भइरहेको छ । दिनमा २० बहजारदेखि २५ हजार खर्च गर्नुपर्दा अहिलेसम्म कुल खर्च १९ लाखदेखि २० लाखसम्म खर्च भइसकेको विरामीका अभिभावक (बुबा) बम बहादुर थापा बताउँछन् ।
आफ्नो घरबारी बेचेर, आफन्त र नातेदारहरुबाट ऋण लिएर जम्मा गरेको सबै रकम खर्च भइसकेपछि बिरामीको पछिल्लो खर्च कसरी धान्ने भन्नेबारे बिरामीका अभिभावक र आफन्तहरु ठूलो चिन्तामा परेका छन् ।
‘घरबारी बेचेर जम्मा गरेको रकम सकियो । आफन्त र नातेदारसँग ऋण गरेर जम्मा गरेको १० देखि १५ लाख सकियो ।’ बिरामीका अभिभावक बुबा बम ब थापा भन्छन्– ‘अब सबै पैसा सकिएपछि के गर्ने चिन्तै चिन्तामा छौं । अन्तिममा बिरामीलाई घर फर्काउने विकल्प बाहेक अरु हाम्रा लागि कुनै बाटो देखिएको छैन ।’
आफनो र आफन्त नातेदारबाट ऋणमार्फत लिएको सबै पैसा सकिएपछि बिरामीका लागि आफन्तहरुले देश विदेशमा रहेका विभिन्न मान्छेलाई सामाजिक संजालबाट आर्थिक सहयोगका लागि अनुरोध गरिएको छ । केही मात्रामा देश र विदेशमा रहेकाहरुले गरेको सहयोगले थोरै औषधी किन्न सकिएको बिरामीका आफन्तहरुको भनाई रहेको छ ।

बिरामी हुनु पूर्वको तस्बीर ।
बिरामीका आफन्तहरुले सामाजिक संजालबाट अहिले पनि आर्थिक सहयोगका लागि अपिल गरिरहेका छन् । धेरैले बिरामीको आर्थिक खर्चका लागि सहयोग गर्ने आश्वासन दिएपनि त्यो पूरा नहुँदा बिरामीका अभिभावक थप चिन्तामा छन् ।
विकट जिल्ला रोल्पा निवासी रक्त अल्पत्ता बिरामी बन्धन थापामगर बुबा र आमाको कोखबाट जन्मेका एकमात्र छोरा हुन् । बुबा–आमाबाट लामो समयसम्म कुनै पनि सन्तान पैदा नभएपछि निकै लामो समय र अन्तरालपछि बिरामी बन्धन थापाको १७ वर्षअघि जन्म भयो । धेरै ठूलो आशा र अपेक्षाबाट जन्मिएको एकमात्र छोराको स्थिति अहिले जीवनमरणको दोसाँधमा रहँदा अभिभावक (बुबा आमा) निकै चिन्तित भएका छन् ।
‘घरको एउटा मात्र छोरा, हामी बुबा–आमाले निकै मायाँ गरेर हुर्काएको छोरा आज रक्त अल्पत्ता रोगले जीवनमरणको दोसाँधमा छ ।’ बिरामीका बुबा बम ब. थापा भन्छन्– ‘हाम्रो एक मात्र छोरालाई बचाउन सकिए हामी आफुहरु मर्न समेत तयार तर छोरो बाँचोस्, हाम्रो यही छ कामना ।’
वास्वतवमा गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य र रोजगार भन्ने समस्या यो धर्तिमा जन्मेका हरेक मान्छेको जन्मसिद्ध पाउनु पर्ने अधिकारको कुरा हो । तर नेपालमा यी जन्मसिद्धका अधिकारहरु कुनै पनि नागरिकले हासिल गर्न नसक्दा आज नेपालीको जनजीवन निकै भयावहपूर्ण बनेको छ ।
त्यही जन्मसिद्ध पाउनु पर्ने अधिकारमध्ये स्वास्थ्य सुविधाबाट बंचित हुँदा आज नेपालमा रोल्पाली बन्धन थापाजस्ता कयौं नेपाली युवाहरु रक्त अल्पत्ता रोगसँग जीवनमरणको लडाइँ लडिरहेका छन् । यो रोगसँग जित हासिल गर्न गंभीर बिरामी रहेका बन्धन थापालाई अहिले निकै ठूलो पैसाको खाँचो परिरहेको छ । तर पर्याप्त पैसा नहुँदा उनको जीवन भयानक खतराको स्थितिमा छ ।
नेपाल सरकार खासगरी गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयद्धारा बिरामीले पाउनु पर्ने आर्थिक सहुलियत सहयोग प्राप्त हुन सके बिरामीका अभिभावक र आफन्तले ठूलो राहत हुने पाउने छन् । तर त्यो कसरी प्राप्त गर्न सकिन्छ भन्नेमा बिरामीका अभिभावकहरु थप चिन्ता र अन्योलमा छन् ।
यो बेला सरकारबाट बिरामीले पाउनु पर्ने आर्थिक सहुलियत प्राप्त गरे त्यो बिरामीका लागि निकै ठूलो जीवनदान हुने अभिभावक र आफन्तहरुको ठूलो आशा छ ।







