संरा अमेरिकाले नै दोस्रो विश्वयुद्धमा जापानको दुई नगर हिरोसिमा र नागासाकीमा अणु बम खसालेर लाखौं मानिस हताहत गरेको थियो ।

अमेरिकाले नै भियतनाममा सुन्तला रंगको रसायनिक हतियार प्रयोग गरेर लाखौं मानिसको हत्या ग¥यो र पुस्तौंसम्म जन्मजात रोगी बनाउँदै मार्दै पनि छन् । आफूभन्दा कमजोर देशहरूलाई अनेकौं प्रकारको नयाँ–नयाँ हात–हतियार प्रयोग गरी अहिले पनि लाखौं जनता संरा अमेरिकाले मार्दैछ ।
१९५० देखि १९५३ सम्म संरा अमेरिकाले कोरिया प्रायःद्वीपमा लाखौं मानिसको हत्या ग¥यो, भियतनाम, लावस र कम्बोडियामा हमला गरी असीमित जनधनको क्षति ग¥यो । अफ्गानिस्तान, इराक र लिवियामा २० वर्षदेखि र १० वर्षदेखि लाखौं मानिस मरेका छन् ।
यस दृष्टिले अमेरिकी साम्राज्यवाद नरसंहारकको नाइके हो । १० वर्षदेखि सिरियामा पनि आन्तरिक हस्तक्षेप गर्दागर्दै आक्रमण गरी सारा सिरियाली गाउँ र नगरलाई खरानी बनाउँदैछ । अहिले पुनः ल्याटिन अमेरिकी देश भेनेजुयलामा आफ्ना दलालहरूमार्फत् अन्तरध्वंशका गतिविधिहरू संरा अमेरिकाले गर्दैछ । क्युवामाथि ५० वर्षदेखिको नाकाबन्दी चालु नै छ ।
संसारमा ५०–६० वर्षदेखि आतङ्क मचाइआएको अमेरिकी साम्राज्यवादले प्रजातान्त्रिक जनगणतन्त्र कोरियामाथि ६० वर्षदेखि आर्थिक नाकाबन्दी लगाउँदैछ, दक्षिण कोरियामा अत्याधुनिक हात–हतियार र हजारौं अमेरिकी सेना थुपारेर कोरियाली जनतामा झगडा लगाउँदैछ । अमेरिकी साम्राज्यवादले कोरियालीहरूलाई उत्तर र दक्षिण गर्दै झगडा गराउँदैछ भने जापानलाई अरु एसियाली देशहरूसँग झगडाको बीऊ रोप्दैछ, भारतलाई चीनको विरोधमा झगडा लगाउँदैछ ।
अति भएपछि जनता जुरमुराउनु स्वाभाविक छ । प्रजग कोरियाले पनि आफ्नो देशको रक्षाको निम्ति अणु बम, हाइड्रोजन बम, एउटा महादेशबाट अर्को महादेशसम्म हान्न सक्ने दूरमारक यन्त्रहरू बनायो ।
हिजो अमेरिकाले कोरियालाई सधैँ बमको धम्की दिन्थ्यो, आज प्रजग कोरियाले अमेरिकालाई खबरदारी गर्दैछ, बढी नहुनु भनी चेतावनी दिंदैछ । २७ भदौ २०७४ को दिन संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले प्रजग कोरियालाई आणविक र हाइड्रोजन बम परीक्षण नरोकेकोमा नाकाबन्दी लगाउने निर्णय ग¥यो ।(गोरखापत्र– २८ भदौ २०७४) २८ भदौको दिन उत्तर कोरियाले ‘आणविक परीक्षण झनै’ बढाउने घोषणा ग¥यो र अमेरिकाले ठूलो मुल्य चुकाउनुपर्ने चेतावनी दियो ।(गोरखापत्र– २९ भदौ २०७४) ।
अमेरिकी नयाँ प्रशासन वा ट्रम्प जिउँदो मानिसको फेला परेको भान हुन्छ । पतन हुँदै गएको अमेरिकी साम्राज्यवाद आफ्नो अन्तिम दिन गन्दैछ भनी संसारका बुद्धिजीवीहरू अड्कल काट्दैछन् । संयुक्त राष्ट्र संघका सुरक्षा परिषद्का शक्ति राष्ट्रहरू अमेरिकी साम्राज्यवादको घमण्डलाई नापतौल गर्दैछन् र आफ्नो पापको फल भोगेको हेर्दैछन् ।
एकचोटी अंग्रेजी कवि बायरनले भनेका थिए–
यो काँडा हो
जसलाई मैले आफैं
रोपेको थिएँ ।
आज त्यसैले मलाई
जहाँतहाँ घोच्दै
रगताम्य पार्दैछ ।
मैले पहिले नै
सोच्नुपर्ने थियो
जे छर्छौ फल
त्यही पाउनेछौ !







