विप्वलवलार्इ भारतमा छ भन्नेहरुले कान खोलेर सुन ! विप्लवसहित नेकपाको शीर्ष १० नेता पूर्व जनमुक्ति सेनाको सातवटा घेराभित्र नेपालमै सुरक्षित स्थानमा छन् । आजदेखि तिम्रो पन्चवर्षीय चुनावी पर्व आर्यघाटमा सेलायो । अब देशमा मुख्य २ शक्तिको औपचारिक रुपमा उदय भयो ।

१) संसदवादी दलाल पुरातनवादी शक्ति (चुनावमा सहभागी ) ।

२) वैज्ञानिक समाजवादसहितको क्रान्तिकारी शक्ति (विद्रोही ) ।

अब कुन शक्तिले के गर्छन् ?

मुख्यतया २ शक्तिको स्थायी शक्ति स्रोत भनेको जनसम्बन्ध नै हो अर्थात् आधारभुत जनता र पार्टी कार्यकर्ता नै मुख्य शक्तिका स्रोत हुन् ।त्यसकारण अब गाउसँग कस्को कति सम्बन्ध छ त्यो नै शक्ति सूचकको आधार हुनेछ ।

मुख्यतया संसदवादी शक्तिले जनतालार्इ एक पटक माग्छ अनि हजार पटक माग्ने बनाऊछ  । अब सीमित केही नेता कोही प्रदेश सभा, कोही प्रतिनिधि सभाको नाममा लगातार  ५ सालसम्म वैधानिक रुपमा राज्यलार्इ लुटेर स्थायी पदस्थापनाको कुर्चीबाट विकास र समृदिको सपना केन्द्रदेखि बाँडिरहने छन् । ती पार्टीसँग सम्बन्धित कार्यकर्ता मोबाइलमा पटक पटक नेताको नम्बर डायल गरेर विकास र बजेट मागिरहने छन् ।यो चक्र लगभग ५ सालको लागि मगन्ते र भिकारीको बीचमा दास र मालिकको जस्तै अनवरत चलिरहने छ ।

लेखक किरण बिसी ।

अर्कोतर्फ क्रान्तिकारी शक्ति अर्थात विद्रोही शक्तिले आफ्नो नयाँ रणनीतिमार्फत जनसम्बन्ध सुधार गरी यो दलालीय संसदवादी शक्तिलार्इ हायल कायल पार्ने छ  । त्यसका मुख्य रणनीति यसप्रकार हुनेछन् :

१) शीर्ष नेतृत्वको सुरक्षार्थ वैचारिक रुपमा स्टालिन, शारिरिक र सैन्य रुपमा चे ग्वाभारालयका एक नाैजवानको उच्च एउटा टास्क फोर्स तयार हुनेछ । जस्को काम र कर्तब्य लड्ने भन्दा पनि नेतृत्वको बचाउको लागि प्रयोग हुनेछ ।

२) देशी विदेशी मानव अधिकारवादी शक्तिको आडमा दोहोरो भिडन्त भनेर आकस्मिक अफवाहा फैलाऊने तर नियोजित रुपमा विप्लवको हत्या गर्ने योजना बनाएर कार्यन्वयन गर्ने नेपालका सुरक्षा निकाएको विरुद्द रणनीतिक योजनामार्फत् असफल पारेर नेतृत्वलाइ जनताको बीचमा नै रहने व्यवस्था गरिने छ ।

३) विद्रोही शक्ति अर्थात क्रान्तिकारी शक्ति भन्दा अघि कोही हुनेछ भने त्यो जनता हुनेछ  । क्रान्तिकारि शक्तिको पछि कोही हुनेछ भने पनि जनता नै हुनेछ ।

४)  विप्लवप्रति प्रचण्ड उदार भनेर फैलाइएको भ्रमको खण्डन गरिनेछ छ । विप्लवप्रति प्रचण्ड उदार होइन बरु प्रचण्डप्रति विप्लव उदार देखिएका छन् । यदि उदार देखिन्थेनन् भने आज प्रचण्ड नामको कुनै जीव यो पृथ्वीमा बाँचिराख्ने थिएनन् । त्यसकारण व्यक्तिगत इगो नेकपाको छैन र हुनेछैन पनि तर तारवार पन्छाउदा आइपरे बचाउने जिम्मा लगिने छैन ।

५) अब सत्ता वाम गठबन्धनको हातमा जान्छ  । त्यसको नेतृत्व केपी ओलीले गर्नेछन् । केपीलार्इ सत्तामा चढाएर असफल देखाऊने अनि झलनाथ र माकुनेलाइ साथमा लगेर अर्को पटक आफु सत्तामा ऊक्लने र पछिल्लो पटक माकुनेलाइ पार्टी बुझाएपछि प्रचण्ड युगको औपचारिक समाप्त हुनेछ । त्यसपछि माओवादी जनता टुहुरा हुनेछन् र त्यसको विकल्प नेकपा हुनेछ अनि विद्रोह झन सशक्त हुनेछ ।

६) पत्रकारितामा भरपुर लगानि गरेको दलालहरुले क्रान्तिको लहरलार्इ हत्या हिंशा भनेर अफवाह फैलाउने छन् । त्यसको लागि अब औपचारिक रुपमा क्रान्तिकारी शक्तिले अनलाइनमा सक्रिय हुनुपर्नेछ । भ्रम चिर्ने साहास राख्नुपर्नेछ ।

७) लगभग ७ सय जनता-कार्यकर्ता देउवा सरकारले थुनामा राखेको छ । उनीहरुको लागि थुनामुक्त र रिहाइ गर्न ससक्त संघर्सको तयारी गरिने छ ।

८)  गाउँमा राजनीतिक प्रशिक्षण सन्चालन गरिनेछ । जंगलमा सैन्य दस्तालाइ फौजी टेर्निगं गरिनेछ । त्यसको स्रोत राज्यबाट असुलि गरिनेछ ।जनसरकारको अनुमति बिना कुनै पनि विकासका योजना अगाडि बढ्ने छैनन् ।

९) जातीय उत्पीडन,वर्गीय विभेद ,भौगाेलिक पिछडा वर्गको चेतनालार्इ राजनीतिक क्रान्तिसँग जोडिने छ । ऊक्त वर्गको हितका लागि शोसक वर्गका विरुद्ध निर्मम  संघर्षको संखघोष गरिनेछ ।

त्यसकारण अब लडाइले नयाँ अध्याय लिने छ । पूरानाे सोचले नयाँ संघर्ष सुरुवात गरिने छैन ।अबको वर्गसंघर्ष पोलिटिकल ड्रोन क्यामराले खिचिने छ । देउवाले मेवा ताछेर स्वास्नी भुलाउनु पर्नेछ । भोलिका ओलीले आत्मासमर्पण शब्द प्रयोग गर्न नसकेर वार्ता भन्ने शब्द प्रयोग गर्नेछन् । प्रचण्डहरुले यही जुनिमा नयाँ क्रान्ति भएको देख्न पाउनेछन् ।  जनताले इतिहासको हिसाब किताब गर्नेछन् । विप्लवहरु लुक्न भारत जाने होइन नेकपाको झण्डा फरफराऊदै भाकपाका जनसेनालार्इ प्रशिक्षण दिन भारत जानेछन्  ।

उत्तर कोरियाको आधुनिक विकासको अवलोकन गर्न किम इल सुगंको देश पुग्नेछन्  । हु जिन्ताओको नयाँ शहर चीनमा नास्ता खाएर टुडिखेलको खुल्ला मैदानबाट महान् अक्टोवर क्रान्तिको भब्य जनसभालाइ सम्बोधन गर्नेछन्  । संसारको जुनसुकै देशमा पुग्नेछन कम्युनिस्ट बनेर पुग्नेछन्। नेपाली भएर फर्कनेछन् ।

याे लेखकका नीजि  विचार हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार