
नेपालमा वाम भनेको कम्युनिस्ट हो र कम्युनिस्ट भनेको वाम हो भन्ने सबैभन्दा ठुलो सैद्धान्तिक र राजनैतिक भ्रम परेको छ जुन कुरा सम्पूर्ण रुपले गलत हो ।
त्यसो भए, वास्तविक सत्य के हो त ? वास्तविक सत्य यो हो कि न त यी वास्तविक कम्युनिस्ट हुन् न त वाम नै ।
किनभने, कम्युनिस्ट भनेको त निजी पुँजी/ स्वामित्व र त्यसमाथि आधारित व्यक्तिवादको विरोधी हुन्छ, कम्युनिस्ट भनेको साझा पुँजी / स्वामित्व र त्यसमाथि आधारित सामुहिकताको पक्षधर हुन्छन् । यति मात्रै हैन सो प्राप्तिका लागि निरन्तर संघर्स गर्छन् तर यहाँ त यस्को विरोध हैन सबैभन्दा बढी वकालत, रक्षा र विकास गरिएको छ भने यी कसरी कम्युनिस्ट हुन्छन् ?
त्यस्तै, वामपंथीको ऐतिहासिक सन्दर्भ र अर्थ भनेको सत्ता तथा यथास्थितिको विरोधी भन्ने हुन्छ तर यहाँ त पटकपटक सत्ताको उपभोग गर्ने र यथास्थितिको रक्षामा निर्णायक भुमिका खल्नेहरु नै स्वघोसित वामपंथी छन भने यी कसरी वाम हुन्छन ?
वामपंथीको विजयले स्थायित्व, विकास र समृद्धि हुनेछ भन्ने अर्को ठुलो भ्रम छ र यो सम्पूर्ण रुपले गलत छ ।
किनभने, हाम्रो प्रत्यक्ष पहिलो भोगाइ र देखाई याे छ कि, बिना कुनै श्रम र स्रोत नेपाली काङ्ग्रेसको नेताले २० वर्षमा कमाएको सम्पत्ति एमालेका नेताले १० वर्ष र माओवादीका नेताले ५ वर्षमा कमाएका छन् भने यिनको विकास र समृद्धिको नाराले सिङ्गो समाज,देश र जनताको विकास र समृद्धि कसरी हुन्छ ?
धेरै भए नेताहरूको विकास र समृद्धि अनि कार्यकर्ता र आफन्तको एउटा निश्चित तहमा विस्तार होला । त्यो भन्दा धेरै आशा गर्नु भविष्यमा पैदा हुने निराशाको कारक मात्रै हुनेछ।
दोस्रो प्रत्यक्ष भोगाइ र देखाई याे छ कि,
यी वामपंथीहरुको नेतृत्व नारामा बाहेक यथार्थमा स्वतन्त्र, स्वाधीन र स्वविवेकी पनि छैन,पराईबाट हाम्रो शब्दमा साम्राज्यवादबाट निर्देशित, नियंत्रित र परिचालित छ त्यसैले वाम गठबन्धनले स्थायित्व पनि दिनसक्ने छैन ।
तैपनि वाम गठबन्धनमा जनताको आकर्ष किन ?
सामान्यतया: एकातिर यी अरु भन्दा बढी दुख कष्ट, मिहिनेत, आन्दोलन र जनताको तल्लो तहबाट आएका हुन्छन् भने अर्कोतिर नेपाली जनताहरु अन्य देश भन्दा बढी सचेत छन् र कम्युनिस्टलाई मन पराउछन् ।
अर्को कुरा के छ भने लामो समयदेखि चुनावबाट नै समाजवाद आउने भ्रमको जुन खेती थियो त्यस्को प्रतिफल वा बतासे अन्डाद्वारा बच्चा आगमन भएको छ ।
तेस्रो कुरा, हाम्रो समाजमा गाईको जब अस्वभाविक र विकृत रुप दुई टाउका भएको बाछो जन्मिन्छ तब त्यस्लाई आदर्शीकरण गरेर भगवान बनाईन्छ र पुज्न लगाईन्छ । त्यस्तै राजनीतिको विकृत रुपको बाछो जस्तै हो वाम गठबन्धनको विजय ।
अन्तिममा यो वाम गठबन्धन के हो त ?
यो वाम गठबन्धन भनेको संसोधनवादी, दलाल सुधारवादी, यथास्थितिवादी, प्रतिक्रान्तिकारी र फासिवादी गठबन्धन हो ।
यो गठबन्धन भनेको, कम्युनिस्ट क्रान्ति, समाजवादको उदेश्य, सहिदको बलिदान जस्ता आदर्श, मूल्य मान्यता र एजेन्डाको ब्यपार गर्ने चालू व्यपारीहरुको गठबन्धन हो ।
यो गठबन्धन भनेको नेपाली जनताको कम्युनिस्ट चाहानामाथी उत्तर साम्राज्यवादी डाकाद्वारा गरिएको बलात्कारबाट जन्मिएको त्यो विकृत बाछो हो, जस्लाई आदर्शीकरण गर्दै भगवानको रूपमा पुज्न बाध्य पारिदैछ ।
त्यसैले, यो वाम गठबन्धन भनेको वास्तविक कम्युनिस्टहरु र वामपंथीको बदनाम गर्दै अन्त्य गर्न अगाडि सारिएको साम्राज्यवादी षडयन्त्रको गठबन्धन हो ।
विकल्प के हो त ?
नेपाली जनताहरु कम्युनिस्ट चाहान्छन् भने वास्तविक कम्युनिस्ट व्यवस्था आउनु पर्छ, हुनुपर्छ र ल्याउनु पर्छ । त्यो व्यवस्था भनेको वैज्ञानिक समाजवाद हो र यो एकीकृत जनक्रान्तिबाट वर्तमान दलाल व्यवस्थाको अन्त्यपछि आउँछ ।
त्यो वैज्ञानिक समाजवादमा के हुन्छ ?
पहिलो, देशलाई स्वतन्त्र भएको घोषणा हुन्छ र प्रत्येक नेपालीको टाउकोमा भएको २२ हजार विदेशी ऋण नतिर्ने घोषणा गरिन्छ ।
दोस्रो, भ्रष्टाचार गरेको सारा सम्पत्ति राष्ट्रियकरण गरिन्छ साथै जमिन पनि ।
तेस्राे, जनताको शिक्षा र स्वास्थको सम्पूर्ण जिम्मेवारी राज्यले लिनेछ र युवा पलायनता रोकेर देश भित्र नै रोजगारीको व्यवस्था गरिनेछ ।
चाैथाे, सम्पुर्ण युवाहरूलाई फौजमा भर्ती गरेर विकास निर्माणमा लगाइनेछ र आवश्यकतामा अन्तर्राष्ट्रिय हस्तक्षेपको विरुद्ध प्रतिरोध गरिनेछ र खुल्ला सिमानालाई पर्खाल वा तार जालीले व्यबस्थित गरिनेछ ।
महत्त्वपूर्ण कुरा कम्युनिस्ट पार्टीको निश्चित तहका नेताले “उसबाट क्षमता अनुसार काम र उसलार्इ आवश्यकता अनुसार दामको” नीति लागू गरिनेछ र उसकाे व्यक्तिगत सम्पत्तिको अन्त्य गरिनेछ ।
केवल यसरी मात्रै देशको विकास र समृद्धि हुनेछ ।







