नेपाली सेनाका पूर्व जर्नेल डा.प्रेमसिंह बस्न्यातले राज्यशक्तिमा रहकेा अधिकांश अधिकारीहरु भ्रष्ट भएको बताउँदै अर्को विद्रोह अावश्यक रहेको बताएका छन् ।

बस्न्यातले नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको नामै लिएर राज्य संचरनाविरुद्ध विद्रोह विप्लव नेतृत्वकाे नेकपाले मात्र गर्न सक्ने बताए । ‘यस्तै अवस्था रहने हो भने अर्को क्रान्ति हुनेछ, विप्लवले बिद्रोह गर्नसक्नेछन्’ डा. बस्न्यातले भने ।
एक अनलाइनलाई अन्तरवार्ता दिँदै डा.बस्न्यातले सरकार र अदालत बाहिरी शक्तिको इशारामा चल्न गरेको बताए।
राजनीतिक विश्लेषक समेत रहेका डा.बस्न्यातले विश्वनाथ उपाध्यायाको पालादेखि नै न्यायालय नेता र बाहिरी शक्तिको ईशारामा चल्न थालेको दाबी गरे । अदालतमा कुनै न्यायाधीश ठिक नभएको बताउँदै डा.बस्न्यातले बहस गर्ने वकिलले महंगो पैसा लिएर बहस गर्ने गरेको बताए ।
नेपाली सेनाभित्र राम्रो छवी बनाएका बस्न्यातले डा.गोविन्द केसीको काण्डको छानविन नेकपाले मात्रै गर्ने बताए । उनले अाफू नेकपामा अवद्ध नभएको बताए तर पछिल्ला गतिविधिले त्यो देखाएको दाबी गरे ।
नेपालको सबै संरचनामा काम गर्ने व्यक्तिहरुसँगको विश्वास गर्न नसक्ने अवस्था अाएको बताउँदै यसै रहे अक्रो क्रान्ति हुने बताए ।
भिडियाे –







