अवैधानिक हैसियतमा मलेसियामा रहेका भेषबहादुरलाई नेपाल फर्कन अहिले अप्ठेरो परेको छ । उपचार राम्रोसित हुन सकेको छैन ।

दुघर्टना भएको पाँच दिनपछि अथवा १६ फेब्रुवरीमा जोहोरबारुको तामानपुत्रीस्थित डेरामा भेटिएका भेषबहादुर ओछ्यानमै लडिरहेका छन् । मलेसियामा रहेका बाग्लुङक तमान गाउँपालिका ५ का भेषबहादुर बुढा मगरसित रोजगारी गर्दा चाहिने कागजपत्र थिएन ।

११ फेब्रुवरी २०१८ मा सडक दुघर्टनामा पर्दा उहाँको दाहिने खुट्टामा नराम्ररी चोट लागेको छ । भेषबहादुरले चलाएको मोटरसाइकललाई कारले ठक्कर दिँदा दुघर्टना भएको थियो ।

उपचारका लागि अस्पतालमा हुनुपर्ने बेला उनी डेरामा थिए। तत्कालका लागि उपचार त गरियो, तर घाउ निको भइन्जेल अस्पतालले भर्ना गर्न मानेन । त्यसको एउटै कारण थियो, भेषबहादुर अवैधानिक हैसियतमा हुनु ।

दाहिने गोडामा लागेको घाउ ओभाउँदै मात्रै थियो । गोडालाई स्टिलका डण्डाले भर दिइएको छ । उपचार भन्नु त्यत्ति हो ।

भिडियाे –

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार