खुकुरी भिर्ने छन्, बन्दुक भिर्ने छन् !
तिम्रो अत्याचारको पैंचो तिर्ने छन् !
तिमी किल्ला ठड्याएर लुकेर बस !
उनीहरू एक दिन भित्रै छिर्ने छन् !
आजसम्म तिमी चिर्को उनी सिर थे !
समय फेरियो अब उनर्ले पिर्ने छन् !
सकिदैछ छिट्टै अब तिम्रो हाइहाई यो !
सोझा र निहत्थाका सुदिन फिर्ने छन् !
करौंती भिर्ने छन् ती आरी भिर्ने छन् !
मुढा जस्तै तिम्लाई मजाले चिर्ने छन् !
२०७४|११|२९, ढल्को,
लेखक तिमिल्सिना, माअाेवादी केन्द्रबाट विद्राेह गरी अाहुतीकाे समुहमा अावद्ध छन् ।
सामाजिक संजाल फेसबुकबाट ।







