
नेकपाका महासचिव विप्लवकाे याे भाषणले हरेक नेपालीलार्इ निकै उर्जा प्रदान गर्छ । स्वाभिमानी र क्रान्तिकारी जनतालार्इ उर्जा प्रदान गर्छ भने विराेधीलार्इ तर्साउने खालकाे हुन्छ ।
अाजभन्दा केही वर्षअगाडि राजधानीस्थित शान्तिबाटिकामा महासचिव विप्लवले अहिलेसम्मकै जाेडदार भाषण गरेका थिए । उनकाे त्याे भाषणमा नेपालका दलालहरूलार्इ निकै ठूलाे प्रहार गरिएकाे थियाे ।
अाज पनि विप्लवकाे त्याे भाषणकाे सान्दर्भिकता निकै बढेर गएकाे छ । नेपालमा जतिपटक प्रधानमन्त्रीहरू बन्छन्, ती सबै भारतीय प्रभुकाे इशारामा बनेका छन् ।
अहिले केपी अाेली प्रधानमन्त्री बनेका छन्, उनी माेदीकाे दयाले बनेकाे हाे भन्ने कुरा पुष्टी हुँदैछ । किनकि घटनाक्रमले देखाइरहेकाे छ ।
नेपालमा बहुदलीय शासनकालपछि दर्जनाैं प्रधानमन्त्रीहरू बने, ती सबै भारतीय दलाल बनेर प्रकट भएका छन्, यस्ताे बेला विप्लवले त्याे बेला दलालहरूलार्इ चुनाैती दिने गरी दिएकाे भाषणकाे सान्दर्भिकता बढेर गएकाे छ ।
हेर्नुस् भिडियाे –







