१० वर्षसम्म भीषण जनयुद्धको नेतृत्व गरेका तत्कालीन सैन्य कमाण्डर नन्दकिशाेर पुन पासाङको दुर्लभ भिडियाे फेला परेकाे छ ।
हाल उनकाे परिचय फेरिएकाे छ र उनी मुलुकको उपराष्ट्रपतिमा दोस्रोपटक निर्वाचित भएका छन् ।
जनयुद्ध र जनआन्दोलनको नेतृत्व गर्दै मुलुकलाई गणतन्त्रलगायतका परिवर्तनको नेतृत्वमा हिडाउन पासाङजस्ता युवाहरुको महत्वपूर्ण भूमिका छ । उनी जनयुद्धभरी जनसेनाको मुख्य कमाण्डरको भूमिकामा रहे ।
शान्ति प्रक्रियामा आएपछि स्वदेशमा उपचार गर्ने अडानले उनलाई राष्ट्रवादी युवाको रुपमा चिनायो । संसदीय व्यवस्थाको विरुद्ध लडाईमा उत्रिएको उनको पार्टी माओवादी केन्द्र अहिले संसदीय राजनीतिमै अल्झिएको छ ।
तत्कालीन शाही सेनाविरुद्ध लडेका पासाङ भिडियोमो तत्कालीन जनमुक्ति सेनाको सलामी ग्रहण गरिरहेको देखिन्छ । शाही नेपाली सेनाबाट फेरिएर बनेको नेपाली सेनाबाट उनले उपराष्ट्रपतिको रुपमा सलामी ग्रहण गरिसकेका छन् ।
यहाँ तत्कालीन माओवादीको पश्चिम कमाण्डअन्तर्गत एकीकृत सैन्य प्रशिक्षण कार्यक्रममा दिवंगत नेता पोष्टबहादुर बोगटीसँगै जनमुक्ति सेनालाई प्रशिक्षण दिइरहेको भिडियो यहाँ प्रस्तुत गरिएको छ ।
भिडियाे –







