राष्ट्रप्रेमी फिल्म बनाउँदा मार्ने धम्की

जहाँकि मैले निर्माण गरेको दशगजा र भीमदत्त फिल्मलाई राज्यले ६ पटकसम्म सेन्सर गरेर दुख दिने काम ग¥यो ।  राष्ट्रवादी चेतनाबाट अभिप्रेरित फिल्मलाई विभिन्न मान्छेले मलाई पटक पटक धाक र धम्की दिने काम गरे । यतिसम्म कि मलाई ‘काटिदिन्छु, मारिदिन्छुसम्मका धम्कीहरु’ आए । ‘जमिन शाहलाई सिध्याएझै तलाई पनि सिध्याउछु’ भनेर धम्की आए । ‘नेशनल टेलिभिजनको मालिक जो जेलमा छदासमेत गोली खाएर मरेको थियो भने त पनि मर्छस्’ भनेर निकैपटक धम्की आए । तर म गलेन । म कसैको धाक र धम्कीबाट डराइन । उनीहरुको लोभ र लालचमा पनि फसिन ।

मैले राष्ट्रवादी फिल्मद्धारा ओतप्रोत दशगजा र भीमदत्त बनाएको थिए । जहाँ हाम्रो भुमि मिचिएकोबारे यी फिल्महरू ले यथार्थ तथ्य बोलेका छन् । त्यही फिल्म बनाएबापत मलाई असंदिग्द मान्छेहरुले धेरैपटक धम्की दिएका छन् । मैले यो मिडियामार्फत जानकारी गराउनै पर्छ । धम्कीपछि मलाई लोभलालचद्धारा झुकाउन खोजियो । मलाई सुरुमा दुई करोडको अफर आयो । त्यो पैसो लिएबाफत त्यो राष्ट्रवादी फिल्म मैले क्यान्सिल गर्नुपर्ने दबाब आयो । ती खासगरी इन्डेन एम्बेसीबाट आएका मान्छेहरु हौ भन्थे । मसँग प्रत्यक्ष कुराकानी गर्न पनि आए । तर मैले ठाडै अस्वीकार गरिदिए । त्यसपछि उनीहरुले पाँच करोडको कुरा गरे । त्यसमध्ये ‘एक करोड हामी खान्छौं । चार करोड तपाई खानुस् तर त्यो फिल्म रिलिज नगर्नुस्’ भन्ने उनीहरुको भनाई थियो ।

त्यसपछि पनि उनीहरुले मलाई पटक पटक टर्चर दिए । मैले उनीहरुका कुनै पनि कुरा स्वीकार गरिन । मैले उनीहरुलाई प्रष्ट भने, ‘म नेपाली नागरिक हुँ । नेपालका पौने तीन करोड जनतालाई नेपाली भुमि मिचिएकोबारे सन्देश दिन दशगजा फिल्म बनाएको हुँ । म कुनै पनि हालतमा तपाईहरुका कुरा मान्दिन’ भने । मैले यतिसम्म भने, ‘बरु म मर्न तयार छु । मलाई गोली हान्नुस् । तर राष्ट्र र नेपाली जनतालाई कुनै पनि हालतमा गद्दारी गर्दैन’ भनेर भनिदिए । ‘यो राष्ट्रवादी फिल्म कुनै पनि मानेमा क्यानसिल गर्दिन’ भने ।

अहिले पनि मलाई उनीहरुले वाच गरिरहेका छन् भन्ने सुनेको छु । मलाई ब्ल्यालिष्टमा राख्ने काम गरेका छन् भन्ने पनि सुनेको छु । जहाँ कि मैले त्यो दशगजा फिल्ममा हाम्रो देशको सीमा कहाँ, कसरी मिचिएको छ भन्नेबारे जनतालाई जागरुक गर्न मैले त्यो फिल्मबाट सन्देश दिन खोजेको मात्र थिए । मेरो इन्डियासँग कुनै रिसराग छैन ।

तर.. निरन्तर राष्ट्रवादी फिल्म बनाइरहेको छु

त्यसपछि पनि मैले अर्को राष्ट्रवादी फिल्म भीमदत्त बनाएको छु । सुदूर पश्चिमका भीमदत्त पन्त । जसले देशको स्वाभिमानका लागि । आमुल परिवर्तनका लागि । गरिब, निमुखाको मुक्तिका लागि लडे । उनै भीमदत्तको जीवनीमा आधारित फिल्म बनाए । जो भीमदत्तले नेपालका प्रतिक्रियावादी र भारतीय सेनाविरुद्ध एकैचोटी लडाइँ छेडेर नयाँ इतिहास रचेका थिए ।

जो एउटा महान् योद्धा थियो । जसले २७ वर्षको उमेरमा एकैचोटी घरेलु प्रतिक्रियावाद र विदेशी शक्तिसँग लड्यो । त्यो इस्यु मलाई निकै स्ट्रङ लाग्यो र मैले त्यसबारे फिल्म बनाए । त्यो फिल्म बनाउदा नेपाली बजारमा खास्सै चलेन । त्यो नचलेको मलाई खासै कुनै चिन्ता छैन । बरु मलाई यो चिन्ता रह्यो कि राज्यले यस्ता सामाजिक रुपान्तरणमुलक र सन्देशमुलक फिल्मलाई प्रोत्सान गरेन । राज्यले देशलाई होच्याएर, विकृति र विसंगतिमा रुमल्याएर बनाएको चलचित्रलाई प्रोत्साहन गर्ने काम मात्र ग¥यो ।

आज नेपालमा राष्ट्रवादी सोच र चिन्तन बोकेको न नेपाली राजनीति छ, नत नेपाली चलचित्र नै । नेपाल र नेपाली जनता बलियो र धनी बने नेपाल धनी हुन्छ । नेपाली जनता धनी हुन्छन् । वास्तवमा नेपाल प्राकृतिक स्रोत र साधनले यति सम्पन्न छ तर हामी हरेक कुरामा परनिर्भर छौं । अहिले भर्खरै भोगेको नाकाबन्दीले धेरै कुराको उजागर गरेको छ । आज हामी सबै नेपालीलाई देशभक्ति सोच र संस्कृतिमा प्रतिबद्ध बन्ने संस्कार चाहिएको छ । त्यो संस्कृतिले मात्र सबै नेपालीलाई बलियो बनाउँछ र देश बलियो पनि हुन्छ ।

यसकारण नयाँ धारको फिल्म

निकै लामो समयदेखि अहिलेसम्म नेपाली चलचित्र उही परम्परागत ढर्रामा छ । नयाँ र फरक धारको चलचित्र निर्माण गरेर देशलाई नयाँ सन्देश दिन आवश्यक छ । आज हामीलाई त्यही फरक धारको चलचित्र निर्माण गर्नुको विकल्प छैन । जुन चलचित्रले देशलाई परिवर्तन गरेर नयाँ देश बनाउने सन्देश दिनुपर्छ । मान्छेलाई परिवर्तन गरेर नयाँ र असल मान्छे बनाउने सन्देश चलचित्रमार्फत दिनुपर्छ । यसो गरिएमात्र देश निर्माण र नयाँ मान्छे निर्माणमा हामीले सन्देश दिएका हुने छौं ।

हामीले निर्माण गर्ने सन्देशमुलक चलचित्रले देश निर्माणमा टेवा पु¥याउने छ । देश धनी भए मात्र हाम्रो चलचित्र पनि धनी हुन्छ । हाम्रो चलचित्र धनी भए हामी धनी हुनेछौं । आजको विश्वमा बलिउड र हलिउडहरु कति माथि उठेका छन् । जहाँ उनीहरुको मूल्य अन्तर्राष्ट्रिय बजारमा निकै महँगो छ । तर हाम्रा फिल्म र हामी उनीहरुका सामु निकै तल छौं । हामी अन्तर्राष्ट्रिय चलचित्र महत्सवहरुमा भाग लिन जाँदा बलिउड र हलिउडका कलाकारहरुलाई निकै सम्मान गरिन्छ । रातो कार्पेट बिच्छाएर उनीहरुलाई स्वागत गरिन्छ । तर हामी नेपाली कलाकारहरुलाई कुनै सम्मान र स्वागत छैन । किनभने हाम्रो जस्तो देश छ, चलचित्र उद्योग पनि उस्तै छ । यो देशलाई सही ट्रयाकमा नल्याउदासम्म देश बन्नेवाला छैन । देश नबनेसम्म हामी र हाम्रो चलचित्र उद्योग बन्नेवाला छैन ।

आज देशले परिवर्तन चाहेको छ । जनताले मुक्ति चाहेका छन् । हरेक नेपालीले समृद्धि चाहेका छन् । त्यो चाहना पूरा गर्न हामी चलचित्रकर्मी सबैले आ­आफ्नो क्षेत्रबाट योगदान गरौं । चलचित्र क्षेत्रबाट नयाँ फड्को हामीले मार्नैपर्छ । त्योबिना देश अघि बढ्न सक्दैन । हामीले अन्तर्राष्ट्रिय मंचमा नेपालको पहिचान र सभ्यतालाई चिनाउन जरुरी छ । अनि मात्र नेपालको चलचित्र उद्योगले नयाँ र विकसित धार समाउन पुग्नेछ ।

एक वर्ष अघि निर्माता खड्काले जनपाटी अनलाइनसँग गरेकाे कुराकानीकाे सानाे अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार