
उत्तर काेरियाले अाज कसरी चमत्कार गरिरहेकाे छ ? उत्तरले कसरी विश्वकाे शक्तिशाली दादा मानिने अमेरिकालार्इ चुनाैती दिइरहेकाे छ ?
विश्वका हरेक मान्छेलार्इ अनाैठाे लाग्ने गर्छ । अाज वास्तवमा निकै रहस्यमय र लाेभलाग्दाे छ उत्तरकाे सैन्य विकास र अरू कयाैं भाैतिक, सामाजिक र प्राविधिक क्षेत्रकाे विकासमा पनि ।
अाज उत्तर काेरिया त्यत्तिकै शक्तिशाली बनेकाे हाेइन । उसले अाफ्नाे देशकाे सार्वभाैमसत्ताका लागि, साम्राज्यवादकाे चरम सैन्य हैकमका विरूद्ध निकै कठिन र चुनाैतीपूर्ण संघर्ष र युद्ध झेलेर अाएकाे छ ।
वास्तवमा उत्तर काेरियाले अमेरिकी साम्राज्यवादकाे सैन्य हैकमका विरूद्ध ३ वर्ष लामाे सैन्य प्रतिराेधात्मक संघर्ष नगरेकाे भए अाज याे स्थानमा अाउन संभव थिएन ।
सन् १९५० देखि १९५३ सम्मकाे देशभत्तिपूर्ण लडाइँमा उत्तर काेरियाले अमेरिकी सैन्य अतिक्रमणकारीका विरूद्ध लामाे तर क्रुर लडाइँ लडेर जित हासिल गरेपछि उत्तरले अाज उन्मुक्त भएर बस्न सकेकाे हाे ।
उत्तर काेरियालार्इ साम्राज्यवादकाे सैन्य अतिक्रमणबाट मुक्तिका लागि काेरियाका महान् नेता किम इल सुङकाे सफल नेतृत्वमा संभव भएकाे हाे ।
सन् ५० काे दशकमा लडिएकाे देशभक्ति र मुक्ति युद्धमा ४ देखि ५ लाख काेरियाली जनताले बलिदान गरे । त्यही बलिदानकाे कथालार्इ उत्तर काेरियाले अाफ्नाे इतिहासकाे दराजमा सुरक्षित राखेकाे छ ।
त्यही देशभक्ति युद्धकाे इतिहासबारेकाे एक भिडियाे हामीले प्रसारित गर्दछाैं ।
https://youtu.be/rqz5fYDkSGA







