माअाेवादी जनयुद्धका पूराना संस्कृतिकर्मी बलराम तिमिल्सिना विप्लवले केपी अाेली र प्रचण्डलार्इ झटाराे हानेर कविता लेखेकाे लेख्यै छन् ।

उनले खुंकार जनयुद्धविराेधी अाेलीलार्इ जनयुद्धकाे गुणगान गाउँन लगाउनुकाे के अर्थ  छ भन्दै कविताबाट तिखाे रूपमा प्रहार गरेका छन् ।

तिमिल्सिनाले लेखेका छन् –

हिन्दूलाई कुरान मान भन्नुको के अर्थ छ ?

मुस्लिमलाई पुराण मान भन्नुको के अर्थ छ ?

 

क्रिश्चियन पादरीलाई ललाई फकाई गरेर !

हाम्रा देवी थान मान भन्नुको के अर्थ छ ?

 

विरालोलाई म साकाहारी भएँ भन्न लाएर

मुसोलाई भगवान मान भन्नुको के अर्थ छ ?

 

खुङ्खार जनयुध्द विरोधी केपीलाई विचरा !

त्यसको गुणगान मान भन्नुको के अर्थ छ ?

२०७५|०१|०३ ढल्को

एमाले र माअाेवादीबीचकाे एकतामा गतिराेध पैदा भएपछि तिमिल्सिनाले प्रचण्डलार्इ तिखाे प्रहार गर्दै यस्ताे लेखेका छन् । प्रचण्डलार्इ निकै खुचिङ गरेर उनले लेखेकाे कविता यस्ताे छ –

रोईरोई गाँसेको पिरती ओकल्नु न निल्नु भो वरिलै !

बल गरेर लाएको मितेरी धकेल्नु न मिल्नु भो वरिलै !

“निश्चित रुपमा” दोधारमा परियो वाँदर वाठो भएको जस्तो भो !

गालो थाप्यो वैगुनी मायाँले म्वाइँ खानु कि चिल्नु भो वरिलै !

२०७५|०१|०४ ढल्को

तिमिल्सिना हालै प्रचण्ड क्याम्पबाट अाहुतीकाे लाइनमा रहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार