माटोले छोपिएको हिरा मूल्यहीन र अर्थहीन हुन्छ । पुरुष प्रधानसत्ताले महिला उर्जालाई त्यसैगरी छोपेर मूल्यहीन र प्रभावहीन बनाइराखेको थियो । जसरी श्रमिकवर्गले हिरालाई माटोबाट बाहिर ल्याएर अमूल्य धातुमा बदलिदिन्छ र हिरा स्वयंमले सबैलाई प्रभावित पार्दछ । जनयुद्धले महिला शक्तिका लागि ठिक त्यस्तै भूमिका निभायो । जुन भूमिका हिरा बनाउन श्रमिकले कुरा गर्दछ त्यसो त महिला स्वम्ले शक्ति र साहसद्वारा दुनियाँलाई प्रभावित पारी छोडे ।

जनयुद्धमा महिलाहरु सङ्गठित भए, भुमिगत भए, सङ्घर्षमा हामफाले, अभूतपूर्व विकास गरे, भूमिकाहरु सफल ढङ्गले पूरा गरे र आजसम्म अनुभव नगरेको मुक्ति प्राप्त गरे तर शान्तिप्रक्रियाले यो सम्पूर्ण ओजस्वीतालाई क्रमशः सिथिल बनाउदै विघटनतर्फ धकेलिदिन खोज्दैछ । यसले महिला भविष्यबारे अतुलनिय तरङ्गहरु पैदा गरिरहेको छ । हामीले यसबारे चर्चा गरौं ।

स्मरणीय सच्चाई छ कि जनयुद्धपूर्व बुर्जवा राजनीतिको त कुरै छोडौं क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा पनि महिला सहभागिता २-३ प्रतिशत मात्र थियो । परन्तुः जब जनयुद्धको पहल भयो क्रान्तिकारी राजनीतिमा महिला सहभागिता गुणात्मक ढङ्गले वृद्दि भयो । जनयुद्धभित्र पनि जब हाम्रो पार्टी आधार इलाका निर्माण गर्ने र स्थानिय सत्ता सञ्चालन गर्ने उचाईमा पुग्यो युद्धको चरित्र पनि नियमित चरित्रमा प्रवेश ग¥यो साथै जनमुक्ति सेना नियमित सेनामा विकसित भयो, तब महिला सङ्ख्या अभूतपूर्व रुपले बृद्धि भयो । महिलाहरु कुनै एक अङ्ग वा क्षेत्रमा मात्र सहभागी भएनन् बरु समग्र क्षेत्रमा सहभागी भए । सुरुमा सङ्गठनमा बढी सहभागिता देखिए पनि जनयुद्धको विकासस“गै सत्ता, सेना, पार्टी, विभाग सबैतिर सहभागिता बढ्दै गयो । महिला सहभागिताको मात्र चर्चा गर्दा कतै यो भ्रम पर्न नजाओस् भन्नेमा हामी सतर्क हुनुपर्दछ कि त्यो केवल मात्रात्मक र सहयोगात्मक मात्र थियो, वास्तविकता र रोचक पक्ष यो हो कि जनयुद्धमा महिला सहभागिता सृजना, सौर्य, शाहस र पहलकदमी सहित थियो । जनयुद्धभित्र महिलाका केही यस्ता खास भूमिका र पहल छन् जो पुरुषहरुभन्दा धेरै नयाँ र उच्च स्तरका थिए । त्यस्ता केही नमूनायोग्य पहल, भूमिका र शाहसको उल्लेख गर्नु जरुरी हुन्छ ।

१. महिलाहरुको नेतृत्वमा हतियार कब्जा

जनयुद्ध रक्षात्मक रचणमा थियो । पार्टीले हतियार कब्जाको योजना बनाए पनि सफलता प्राप्त भइरहेको थिएन । हाम्रा स्क्वाइटहरुले मेहनत गरिरहेका थिए तर, काम प्रभावकारी भइरहेको थिएन । प्रहरी दमन र अत्याचार चलिरहेकै थियो । यसैक्रममा कर्णालीको कालिकोट जिल्लाको मालकोटमा दमनको लागि हिडेको प्रहरी दस्तासँग निशस्त्र जनता मुख्यतः महिलासँग भिडन्त भयो । प्रहरीको गोलीबाट केही जनता घाइते पनि हुनु भयो । तथापी जनताले घेरा छोडेनन् र अन्तमा प्रहरीको हतियार र गोली कब्जा गर्न सफल भए । यसको नेतृŒव महिलाहरुले गरेका थिए ।

२. आफ्नो गहना पार्टीलाई बुझाउनु

जनयुद्धको प्रराम्भमा पार्टीलाई निकै नै आर्थिक अभाव र कठिनाईहरु थिए । यसको हल गर्न चन्दा र सहयोग सङ्कलन चलिरहेको थियो । पार्टीका केन्द्रीय नेताहरुले आफ्नो सम्पतिबाट केही दिने भन्ने पास भएको थियो । यही क्रममा मर रोल्पा रुकुमका महिला कमरेडहरुले जिल्ला तहबाट आफुस“ग भएका सुनका गहनाहरु पार्टीलाई स्वयच्छीक ढङ्गले बुझाउनु भयो र सिङ्गो पार्टीलाई त्यागको शिक्षा दिनुभयो । ब्यक्तिगत सम्पतिको लागि जे पनि गर्ने हाम्रो समाजमा सामुहिकताको यो नमुना सच्चैनै उत्कृष्ट रह्यो ।

३. सूचना सन्चारमा चुस्तता

जनयुद्धमा केही यस्ता घटनाहरु छन् । जसमा महिला कमरेडहरुका इमान्दारितापूर्ण र साहसिक कार्यले गर्दा कार्यवाहीहरु दुरुस्त र सफल हुन सकेका छन् । त्यसमध्येमा घोराही कार्यवाहीमा महिला सृुचकहरुले भिडन्तकोबेला निभाएका भूमिका सशक्त छ । त्यहा“ विभिन्न एसाल्ट दस्ता र कमाण्डरहरुको बीचमा सुचना जोडिराख्नु पर्ने थियो । लडाइ“ यतिजबरजस्त थियो कि दक्ष तालिम प्राप्त वाहेक ओहोरदोहोर गर्न सम्भव थिएन । कैयौंबेला सम्पर्क टुट्ने स्थिति पनि रह्यो । तर महिला सुचकहरुले सुरुदेखि अन्त्यसम्म सानदार ढङ्गले सुचना आदनप्रदान गरिरहे । जसको प्रशन्सा निकै भएको थियो ।

४. अदम्य साहसको नमुना

जनयुद्धमा राज्यको दमन सिमाविहिन थियो । जनताहरुले त्यसको सामना गर्नु नै पर्दथ्यौ गरे तर, त्यसभित्र महिला माथिको दमन विशिष्ट खालको रह्यो । त्यो थियो सामुहिक बलात्कार, यातना र हत्या । यो यस्तो यातना हो जसको कल्पना अरुहरुले अनुमानमा मात्र गर्न सक्दछन् । तर हाम्रा महिलाहरुले त्यस्तो काहाली लाग्दो दमनलाई पनि पचाएर दुश्मनलाई कायल पारीछोडे । जस्तो की रोल्पाकी ललीरोकालाई बलात्कारपछि हत्या गरियो तर उनी दुश्मनसामु झुकेनन् त्यसैगरी रोल्पाकै कुमारी बुढालाई जिउदै आ“खा फुटाएर आगोमा जलाए तर उनले पनि आत्मसमर्पन गरेनन् । त्यसैगरी देवीखड्का बागमती थापा आदिलाई पशुवत व्यवहार गरे तर कसैले पनि आत्मसमर्पन गर्नु भएन । यो महिलाहरुले गरेको अतुलनिय बलिदान थियो ।

५. सहनशिलता र समर्पण

जनयुद्ध स्थगन भएपछि र शान्तिप्रक्रिया लम्बिएपछि पार्टीभित्र निकै नै विचलनहरु देखिएका छन् । युद्धको प्रत्यक्षमा पुरुषमा भन्दा महिलामा बढी परेको त यसै पनि छ । त्यसमा पनि सहिद परिवारको ठूलो मार महिला कमरेडहरुमै परिरहेको छ । बच्चाबच्ची हुर्काउन घर व्यवहार चलाउनु पार्टीका जिम्मेवारी पूरा गर्नु वास्तवमै कठिन छ तर, पनि महिला कमरेडहरुमा अतुलनिय शहनशिलता देखिएको छ । व्यक्तिगत दृष्टिले केही पनि विचलन देखिएको छैन । पार्टीप्रतिको चिन्ता र चा“सो पनि अरुकोभन्दा धेरैमाथि रहेको छ । आज पनि महिला कमरेडहरुलाई पुरुषको सापेक्षतामा पार्टीवारे धेरै चिन्ता छ र पार्टीप्रतिको लगाब पनि बढी नै छ । यो पनि महिलाहरुको विशेष क्षमता हो ।
शान्तिप्रक्रियामा महिला सक्रियता र सहभागिता ह्वट्ट घट्न पुगेको छ । पुर्णकालीन महिला कार्यकर्ताहरु सक्रिय हुने स्थिति प्राय ठप्प भएर गएको छ । नयाँ उत्पादन त झन ५ प्रतिशत पनि छैन । यसले के देखाउछ भने उत्पीडितहरुको विकास वर्गसङ्घर्ष बाहेक अर्को तरिकाले हुन सम्भव छैन । या राज्यसत्ता श्रमिक जनताको हातमा नआएसम्म महिला शक्ति र क्षमताको प्रयोग सही तरिकाले हुन सक्दैन ।

यहाँ ध्यानदिनु पर्ने पक्ष छ कि जनयुद्ध कालमा उत्पादन र विकास भएका महिलाहरु नै टिक्न नसक्ने स्थितिले महिलाहरुको विकासमा नकारात्मक प्रभाव पार्न सक्दछ । यदि यथासक्य छिटो हामीले यी महिलालाई समाधान गर्नेतर्फ पहल गरेनौ भने आगामी दिनमा महिला सहभागिता र सक्रियता अरु जटिल बनेर जाने स्थिति आउन सक्छ । यसलाई निम्न तालिकाहरुले बुझ्न सहज बनाउदछन् ।

व्यवहार त पुष्टी भएको महिला क्षमता शक्ति र सामथ्यलाई समाज रुपान्तरण, राज्य रुपान्तरण र सभ्यता निर्माणमा सम्पूर्ण रुपले सदुपयोग गर्ने यो भने तत्काल हामीले निम्न कुराहरुमा जोड लगाउनुपर्दछ ।

१. पुराना नेता कार्यकर्ताको संरक्षण र विकास
२. नयाँ कार्यकर्ताहरुको उत्पादन र विकास
३. उत्पादित नेता कार्यकर्ताको क्षमता अविवृद्धि र विकास

उल्लेखित विषयमा सफलता प्राप्त गर्न पार्टीका सामान्य र स्वभाविक राजनैतिक योजना वाहेक सचेत पहलकदमी लिन जरुरी छ । सचेत पहलकदमी भन्नाले राजनैतिक र सङ्गठनात्मक क्षेत्रका सम्पूर्ण पक्षहरुमा विशेष सहभागिता सुनिश्चित गर्नु, पुरुष सरह अवसर उपलब्ध गराउनु, व्यवहारिक समस्याहरुको उचित व्यवस्थापनमा सहयोग पुगाउनु आदिलाई बुझ्नुपर्दछ । हामीले यी महिलाहरुलाई सामुहिक तर सचेततापूर्ण पहलद्वारा व्यवस्थित गर्न र व्यवहारिक रुप दिन सक्यौं भने महिला सहभागितालाई धेरै हदसम्म सुव्यवस्थित गर्न सकिन्छ ।
संक्षेपमा उल्लेख गर्नुपर्दा महिलाहरु सैद्धान्तिक र व्यवहारिक दुबै पुष्टी भएका आधारबाट भन्दा पुरुषभन्दा कुनै महिलामा पनि खासै अन्तर छैनन् । यदि उनीहरुमाथि लादिएको पुरुष नियन्त्रित सत्ताको उत्पीडन (जो वर्गीय चरित्रको छ)बाट वाहिर आउने र स्वतन्त्र भूमिका लिने अवसर पैदा गर्ने हो भने मानव सभ्यताले दोब्बर क्षमता हासिल गर्नेछ जसले सभ्यताको गति आजको भन्दा दोब्बर हुन पुग्नेछ र त्यसले सामाजिक र राजनैतिक परिवर्तनलाई सहज बनाउने छ ।

जनयुद्ध जसले महिलाहरुलाई नयाँ जीवनको प्रक्रियामा धकेली दियो र महिलाको क्षमताद्वारा स्वयम् विजयी बन्न पुग्यो । यसको गौरवलाई आजको जीवनमा पनि सार्थक बनाउन जरुरी छ । परन्तु शान्तिप्रक्रियाले महिला मुक्तिका र तत्परतालाई असहजता पैदा गरेको छ । हामीले बुझ्नैपर्दछ कि यो यात्राको एउटा भाग मात्र हो । यसबाट महिलाहरुले असुरक्षित, उपेक्षित र निरासाको अनुभव मौलाउन दिनु हुँदैन ।

पुरानो राजनैतिक सत्ता बदल्ने अभियान चलिरहेको सन्दर्भमा हाम्रा अप्थ्यारा र चुनौतीहरुलाई सामना गर्दै पूर्ण मुक्तिको अभिष्टसम्म पुग्नैपर्दछ । त्यस्तो दुनिया“ जसमा मानवको मात्र व्यवहार हुनेछ त्यसले मात्र हाम्रो आकाङ्क्षा पूरा गर्नेछ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार