सर्वाधिक महँगो खेलकुद प्रतियोगिता विश्वकप फुटबल प्रतियोगिता बिहीबारदेखि सुरु हुँदै छ । रसियाले विश्वकप आयोजना गर्न १४ खर्ब ८० अर्ब रुपैयाँभन्दा बढी खर्च गर्दै छ, जुन विश्वकप फुटबल इतिहासको ८८ वर्षयताकै सर्वाधिक ठूलो रकम हो ।

विश्वकप आयोजक राष्ट्रको अधिकार पाउँदा रसियाले सुरुवातमा १ खर्ब ३१ अर्ब ४० करोड रुपैयाँ खर्च हुने जनाएको थियो । तर, रसियाले रंगशाला, यातायात, सुरक्षा, विमानस्थल र, स्वास्थ्यलगायत क्षेत्रमा एक्कासि बजेट बढेको हो ।

९९ देशको कुल गार्हस्थ उत्पादनभन्दा बढी

रसियाले पर्यटन र विज्ञापनमा खर्चेको रकम जोडेको छैन । सो खर्च पनि जोड्दा १ लाख ४३ हजार करोड हुन जान्छ, जुन रकम विश्वभरका २ सय ११ मध्ये ९९ देशको कुल गार्हस्थ उत्पादनभन्दा बढी हुन्छ । विश्वभरका १ सय १२ देश मात्रै रसियाले गर्न लागेको खर्चभन्दा गार्हस्थ उत्पादनमा माथि हुनेछन् ।

कहाँ कति खर्च

रसियाको अर्थतन्त्रले विश्वकप आयोजना गरेपछि आउँदो १० वर्षमा ३३ अर्ब डलर फाइदा गर्नेछ । मस्को टाइम्सका अनुसार रसियाले खेल र इन्फ्रास्ट्रक्चर निर्माणका लागि ३० प्रतिशत खर्च गरेको छ । यसैगरी, यातायात, स्वास्थ्य र सुरक्षामा करिब ५० प्रतिशत खर्च गर्दै छ । २० प्रतिशत होटेल तथा अन्य आवश्यक कामका लागि खर्च गर्दै छ । रसियाले विज्ञापन तथा फेसनमा मात्र ४ खर्ब रुपैयाँ खर्चेको छ । यसैगरी, प्रविधि र स्पोर्टस् बियरमा ८० अर्ब रुपैयाँ खर्चनेछ ।

विश्वकप आयोजनाका लागि १४०.८ हजार करोड रुपैयाँ रुसले खर्च गरेको छ । यसमा-
– यातायात, स्वास्थ्य, सुरक्षामा ७३.६ हजार करोड रुपैयाँ खर्च गरेको छ । ६७.२ हजार करोड रुपैयाँ रंगशाला, होटल र अन्य शिर्षकमा खर्च भएको छ ।
– ४८ हजार करोड रुपैयाँ विज्ञापन र फेसनमा खर्च भएको छ । ४० हजार करोड रुपैयाँ मात्र त यससँग जोडिएको विज्ञापनमा खर्च हुनेछ ।
– खेलसम्बन्धी पहिरन, उपकरण र फेसनमा ८ हजार करोड खर्च भएको छ । त्यसैगरी ४० हजार करोड पर्यटन, पेय पदार्थ र खानामा खर्च हुनेछ ।

– विश्वकपसँग जोडिएको पर्यटनका लागि ३२ हजार करोड खर्च हुनेछ । खाना र पेय पदार्थमा ८ हजार करोडभन्दा बढी खर्च हुने अनुमान गरिएको छ ।
– ६० दिनमा ४० हजार करोडको विज्ञापन देखाइनेछ, यो सबैभन्दा बढी चीनमा देखाइनेछ ।

– विश्वकपको क्रममा विभिन्न कम्पनीहरुले ४० हजार करोड रुपैयाँ विज्ञापनमा खर्च गर्नेछन् । त्यसको महत्वपूर्ण हिस्सा ९ हजार करोडको विज्ञापन चीनमा देखाइनेछ । त्यसपछि अमेरिकामा ४३२० करोडको विज्ञापनमा खर्च हुनेछ । यद्यपि चीन र अमेरिका दुवै देश विश्वकपको लागि छनौट हुन सकेनन् । यी देशहरुमा फुटबल दिनानुदिन लोकप्रिय हुँदै गइरहेको छ ।

यसको साथै यहाँका मानिस शपिङका लागि अत्यधिक खर्च गर्दछन् । त्यसैले विभिन्न कम्पनीहरुले विज्ञापनका लागि यहाँ खर्च गर्न जोड दिइरहेका छन् ।

आयोजक रुसले भने ६९१ करोड विज्ञापनमा खर्च गर्नेछ । एक अर्को रिपोर्टका अनुसार संसारभरमा विश्वकपको क्रममा र यसको एक महिनाभित्र ४० हजार करोड विज्ञापनमा खर्च हुन्छ ।

विश्वकपको क्रममा १५ लाख विदेशी पर्यटक रुस जानेछन् । यो क्रममा रुसमा ४०० प्रतिशत पर्यटक बढ्नेछन् । करिब १५ लाख भन्दा बढी विदेशी पर्यटकले रुस घुम्ने रुसको विश्वास छ । यसैगरी अन्य देशका लाखौं फुटबल प्रशंसक खेल हेर्न अन्य शहरहरुको यात्रा गर्नेछन् । देश विदेशका फुटबल प्रशंसकले करिब ३२ हजार करोड रुपैयाँ खर्च गर्नेछन् ।

विश्वकपका लागि शनिबार मात्र फिफाको अतिरिक्त टिकट १ लाख २० हजार टिकट एक घन्टामै बिक्री भएको थियो । विदेशबाट आउने फुटबल प्रशंसकले रुसमा औसत १२ दिने बिताउने आयोजकको विश्वास छ । विश्वकपमा छनौटमा नपरेका देशबाट समेत समर्थकहरु आउने आयोजकको विश्वास छ ।

सार्क राष्ट्रका देशहरु बंगलादेशले फुटबलसँग सम्बन्धित पहिरन बेचेर १ हजार ८० करोड आर्जन गरेको छ भने पाकिस्तानले ४८० करोडको फुटबल बेचेको छ । विश्वकपमा सहभागी टिमहरुले बंगलादेशमा बनेको खेलसामग्री प्रयोग गर्छन् । यसमा विभिन्न देशका झण्डा समेत पर्दछन् । खेलाडीदेखि समर्थकले लगाउने टिशर्ट पनि यसमा पर्दछन् । बंगलादेशले एडिडास, प्यूमा, नाइक, जि-स्६र, एचएम्डएम र मार्क्स र स्पेन्सर जस्ता इन्टरनेशनल ब्रान्ड्सका स्पोर्ट्सवेयर बनाउँछ । बंगलादेशका कयौं कम्पनीहरुले वर्षभरी युरोपिएन क्बलका खेलाडीहरुका लागि स्पोर्ट्सवेयर आपूर्ति गर्दछ ।

त्यसैगरी विश्वकप २०१८को बल टेलस्टार-१८ पाकिस्तानमा बनेको हो । पाकिस्तानको फर्वर्ड स्पोर्टलाई यसको लागि करिब ४८० करोड रुपैयाँको रकम मिलेको थियो । यो बल विश्वकपमा प्रयोग हुनेछ ।

२४ लाख टिकट बिक्री-
– १५ लाख टिकट विदेशी दर्शकले किनेका छन् । जबकि, रुसी नागरिकले ८.७ लाख टिकट किनेका छन् । अमेरिकीले ८८ हजार टिकट किनेका छन् । यो विदेशबाट किनिनेमा उच्च हो तर, अमेरिका आफैं विश्वकपमा छनौट हुन सकेन् ।

– ७२ हजार टिकट ब्राजिलका दर्शकले किनेका छन् । यो संख्या विश्वकप खेलिने देशहरुको तुलना गर्दा रुसपछि सबैभन्दा बढी हो ।
– २८ हजार टिक भारतीय दर्शकले किनेका छन् । विश्वकप नखेल्ने देशमा यो तेस्रो नम्बरमा पर्दछ । पहिलो अमेरिका, दोस्रो चीन र तेस्रो भारत ।
– ८५० टिकट छनौट हुन नसकेका देशका एसोसिएसनलाई दिइएको छ । यस्ता देशहरुको संख्या १७७ छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार