नेपाली मात्र हैन विश्वको हरेक समाजमा कुनै पनि व्यक्तिको समाजिक हैसियत र उचार्इ मापनको कारक तत्वका रूपमा धनले अाफ्नो छुट्टै पहिचान बनाएको छ ।

कोही धनढ्य परिवारमा नै जन्मेर धनी बनेका छन् त कोही अाफ्नो मेहनतका कारण धनी भएका छन् । जसरी विल गेट्स, वारेन वफेट, जेफ वेजोस जस्ता व्यक्तिहरूले विश्वका धनाढ्यको सुचीमा अाफ्नो नाम अग्रस्थानमा राख्न सफल भएका छन् त्यसरी नै नेपालका केही व्यक्तिहरूले पनि अाफ्नो नाम नेपालको धनाढ्यहरूको सुचीमा अाफ्नो नाम सुचीकृत गर्न सफल भएका छन् ।

नेपालको उत्कृष्ट १० धनाढ्यहरू यस प्रकार छन् :

०१. विनोद चाैधरी

फोर्व्सको सुचीमा सुचीकृत हुने पहिलो नेपाली विनोद चाैधरी विश्वको १३४२ अाैँ धनाढ्यमा पर्छन् । उनी चाैधरी ग्रपका मालिक पनि हुन् र यस अन्तर्गत विश्वभर ८० भन्दा कम्पनीहरू रहेका छन् । उनको कुल सम्पति १ अर्ब ६० करोड डलर रहेको छ ।

०२. शेष घले

गैर अावशीय नेपाली संघका अध्यक्ष तथा मेलवर्न इन्चिच्युट अफ टेक्नोलोजीका सीइअो रहेका शेष घले अष्ट्रेलियाका धनाढ्यको सुचीको ९९ स्थानमा पर्छन् । उनको कुल सम्पति ४१ करोड १० लाख डलर रहेको छ ।

०३. उपेन्द्र महतो

विधुतीय सामाग्रीको व्यापारबाट व्यापार सुरू गरेका उप्रन्द्र महतो भोरोनेजमा रहेको टिभी कम्पनीका मालिक हुन् । उनको कम्पनीले वार्षीक १० लाखवटा टिभीहरू उत्पादन गर्दछ । हाल उनले विधुतीय सामाग्री मात्र नभएर तेल,बैंक र अटोमोवाइलका क्षेत्रमा पनि हात हालेका छन् । उनको कुल सम्पति ३६ करोड देखि १ अर्ब डलरको हाराहारीमा रहेको छ ।

०४. अजय सुमार्गी

हेटाैडामा जन्मिएका अजय सुमार्गी मुक्ति श्री प्रालीको अध्यक्ष हुन् र पछिल्लो समयमा उनी पुष्प कमल दाहाल प्रचण्ड सँगको राजनीतिक सम्बन्धका कारण पनि चर्चामा छन् । उनको कुल सम्पति २० करोड डलर रहेको छ ।

०५. अादित्य झा

नेपाली मुलका क्यानेडियन नागरीक एक सामाजिक अभियान्ता तथा समाजसेवी हुन् । उनको कुल सम्पति १० करोड डलर रहेको छ ।

०६. जिवा लामिछाने

जिवा लामिछाने टिभी उत्पादन गर्ने प्रशिद्ध कम्पनी ट्रस्टका म्यानेजिङ् डिरेक्टर हुन् । उनी सामसुङ्, एलजी, सोनी जस्ता कम्पनीहरूका लागि रसियामा डिलरका रूपमा रहेका छन् । उनको कुल सम्पति ७ करोड २० लाख डलर रहेको छ ।

०७. पशुपति शम्शेर

राणा परीवारमा जन्मिएका पशुपति शम्शेर राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष हुन् । उनी राजा भन्दा पनि धनी नेता हुन् । उनको कुल सम्पति ८ करोड ४० लाख डलर रहेको छ ।

०८. बलराम चैनरार्इ

अोखलढुङ्गामा जन्मिएका बलराम चैनरार्इ हङ्कङ्मा रहेर व्यवसाय संचालन गरिरहेका छन् । उनी अहिले सपरिवार हङ्कङ्मै बसिरहेका छन् । उनी साउथ एसीयन सोसाइटी इन हङ्कङ्का अध्यक्ष पनि हुन् । उनको कुल सम्पति ७ करोड डलर रहेको छ ।

०९. राजेन्द्र खेतान

खेतान परिवारका जेठो सन्तान राजेन्द्र खेतान नेपालका एक सफल व्यवसायी हुन र हाल उनले खेतान ग्रुप सम्हालेका छन् जसमा १३ वटा कम्पनीहरू रहेका छन् । उनी लक्ष्मी बैंक र प्राइम लाइफ र्इन्सुरेन्सका सी.इ.अो पनि हुन् । उनको कुल सम्पति ६ करोड २० लाख डलर रहेको छ ।

१०. ज्ञानेन्द्र शाह

राज परिवारमा जन्मेका ज्ञानेन्द्र शाह पुर्व राजा पनि हुन् । उनले २००१ देखि २००८ सम्म शासन चलाएका थिए । शाहको १७ वटा कम्पनीहरूमा शेयर रहेका छन् भने उनको कुल सम्पति ५ करोड ८० लाख डलर रहेको छ ।

विभिन्न अनलाईनको सहयोगमा न्युजअफ नेपालबाट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार