
००७ सालकाे सशस्त्र क्रान्तिमा प्रत्यक्ष जनमुक्ति सेनाकाे सिपाही भएर लडेका जीवित याेद्धा श्याम कुमार तामाङले त्याे क्रान्तिमा बलिदान गरेका सहिद, घाइते र उनीहरूकाे परिवारमाथि कांग्रेसले ठूलाे धाेका दिएकाे गंभीर अाराेप लगाएका छन् ।
जनपाटी अलाइन टिभीसँगकाे कुराकानीमा तामाङले यस्ताे अाराेप लगाएका हुन् ।
‘त्याे क्रान्ति गर्दा हामीमा छुट्टै उत्हास र उमंग थियाे । खाने, सुत्ने र रमाइलाे गर्ने भन्ने हामीलार्इ साेच्ने फुर्सदै हुँदैनथ्याे ।’ त्याे बेलाकाे समय सम्झदै तामाङ भन्छन्, ‘सहिद बने सुनाैलाे अक्षरले लेखिने छ भनेर हामीलार्इ स्कुलिङ गरिन्थ्याे र हामी क्रान्तिमा हामफाल्याैं ।’
त्याे क्रान्ति जम्माजम्मी १०३ दिन चल्याे । शुरूकाे दिन ००७ कार्तिक २५ गते विराटनगर, बीरगंज र भैरहवामा रहेकाे राणा शासनकाे सुरक्षा अंगमाथि जनमुक्ति सेनाका याेद्धाहरूले एकैसाथ अाक्रमण गरेका थिए।
त्यसमध्ये वीरगंजमाथि जनमुक्ति सेनाले धावा बाेलेर विजय प्राप्त गरेपनि विराटनगर र भैरहवामा जित हासिल हुन सकेन ।
कार्तिक २५ गते शुरू भएकाे सशस्त्र क्रान्ति १०३ दिनमा पुग्दा काठमाडाैंकाे सिंहदरबार बाहेक देशैभरकाे राणा शासनकाे सुरक्षा अंगमाथि जनमुक्ति सेनाले जित हासिल गर्याे । राणा शासकहरूले एकतर्फी युद्धविरामकाे घाेषणा गर्न बाध्य भए ।
त्याे अान्दाेलन अन्तत: सम्झाैतामा टुंगिन पुग्याे ।
संविधानसभाकाे निर्वाचनमार्फत जनताले अाफै संविधान लेख्ने, जनता पहिलाेपटक मालिक बन्ने र देशलार्इ पुँजीवादी विकासमा लैजाने क्रान्तिकाे लक्ष्यमा धाेका हुन पुग्याे । सम्झाैता हुँदा तत्कालीन कांग्रेस नेतृत्वले त्याे बेलाकाे सशस्त्र जनमुक्ति सेनालार्इ विघटन गर्ने प्रस्ताव राखेकाे थियाे । तर कमाण्डर र सदस्यहरूकाे कडा चेतावनीका कारण विघटन हुनबाट बच्याे ।
जुन अान्दाेलनकाे बलमा १०४ वर्षे राणाशासनकाे अन्त्य भयाे । त्याे बेला लडेका हजाराैं जनमुक्ति सेनामध्ये केहीलार्इ राणा शासनकाे सेनामा समायाेजन गरियाे । र बाँकीलार्इ रक्षा सेनाकाे रूपमा राखियाे । पछि त्यसैलार्इ जनपद प्रहरीकाे रूपमा विकास हुन पुग्याे ।
उमेरले ८८ वर्ष पुगेका जीवित श्याम तामाङ त्याे बेलाकाे सशस्त्र क्रान्तिमा शहादत्त प्राप्त गरेकालार्इ अहिलेसम्म सहिद घाेषणा र घाइतेहरूलार्इ सम्मान नगरेकाेमा ठूलाे चिन्ता र अाकाेश छ ।
साे सशस्त्र अान्दाेलनकाे नेतृत्व तत्कालीन कांग्रेसले गरेकाे थियाे । मातृका प्रसाद काेइराला पार्टीकाे मुख्य नेतृत्व थिए । ००७ काे क्रान्तिपछि अन्तरिम सरकारमा गृहमन्त्री वीपी काेइराला भए ।
मातृका काेइराला, बीपी काेइराला र गिरिजाप्रसाद काेइरालासँग सहकार्य गरेका तामाङले ती नेताहरूले तत्कालीन जनमुक्ति सेनाकाे याेगदानलार्इ संरक्षण गर्न नसकेकाेमा गुनासाे पाेखेका छन् ।
देउवाले अारएसएसकाे मान्छे भने
१०४ वर्षे जहाँनिया निरंकुश राणाशासन पल्टाउन सशस्त्र क्रान्ति गरेका जनमुक्ति सेनालार्इ अहिले कांग्रेस सभापति शेर बहादु देउवाले भारतकाे वीजीपी पार्टी राष्ट्रिय स्वंयसेवक दल (अारएसएस) काे रूपमा लिएकाे भन्दै तामाङले दुखेसाे पाेखे ।
एकपटक कांग्रेस नेता शेर बहादुर देउवाकहाँ भेट्न पुग्दा उनले तामाङलार्इ भनेछन्, ‘तपार्इ अारएसएसकाे मान्छे हाे ?’ देउवाले यसाे भन्दा तामाङलार्इ ठूलाे चित्त दुखेछ ।







