द कम्युनिस्ट लिग अफ फिनल्यान्डले नेपाल कम्युनिस्ट पार्टीका नेता र कार्यकर्ताको गिरफ्तारीको विरोध गर्नुका साथै तुरुन्त रिहाको माग गरेको छ ।

उक्त पार्टीका अध्यक्ष कालेवी वार्मान र परराष्ट्र मामिला सचिव जुहा केक्सीले संयुक्त हस्ताक्षर विज्ञेप्ती जारी गर्दै प्रतिवन्ध फिर्ता लिन र गिरफ्तार कार्य बन्द गर्न आग्रह गरिएको छ ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा लेखेको पत्रमा भनिएको छ, ‘नेकपाका कार्यकर्तालाई गिरफ्तार गर्नुको कुनै कानूनी आधार छैन । यसरी प्रतिबन्ध लगाउनु समाजवाद र मानवअधिकारको कानुनी र संवेदनशील उल्लघंन हो ।’

फिनल्यान्ड कम्युनिस्ट लिग नेपालले ‘कम्युनिस्ट पार्टीका गिरफ्तार गरिएका कार्यकर्ताको रिहाई गर्न उनीहरुमाथि अत्याचार रोक्न माग गर्दछ’ भनेको छ ।

विज्ञप्तिकाे पूर्णपाठ…

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार