वि सं २००६ साल वैशाख १० गते नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो ।

कम्युनिस्ट पार्टी स्थापना हुँदा चार संस्थापकहरु थिए, पुष्पलाल श्रेष्ठ, निरञ्जनगोविन्द वैद्य, नारायणविलाश जोशी र नरबहादुर कर्मचार्य ।
आज आउँदा नेपाली कम्युनिस्ट आन्दोलनले ७० वर्ष पार गरेको छ ।

७० वर्षको कम्युनिस्ट आन्दोलनले निकै लामो आरोह र अवरोह पार गरेर यहाँसम्म आइपुगेको छ । नेपालको इतिहासमा कम्युनिस्ट आन्दोलनले आफ्नो लक्ष्य पूरा गर्न नसक्नुमा मुख्य समस्या कम्युनिस्ट आन्दोलनका मुख्य हस्तीहरुमा नै दक्षिणपन्थी विचलन हावी हुनु देखिन्छ ।

तुलनात्मक रुपमा संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ धेरैहदसम्म क्रान्तिकारी देखिएपनि उनले ठोस परिस्थितिको ठोस विश्लेषण गरेर कम्युनिस्ट आन्दोलनलाई गतिशील बनाउन सकेनन् । त्यसो त उनले लामो समय कम्युनिस्ट पार्टीको नेतृत्व गर्न पाएनन् ।

००६ सालेखि ००८ सम्म मात्र उनी नेतृत्वमा रहे । त्यो बेलाका दक्षिणपन्थीहरुले उनलाई ००८ सालमै नेतृत्वबाट गलहत्याए ।

वि सं २०१० सालमा नेपाल कम्युनिस्ट पार्टीको पहिलो महाधिवेशन भयो । सो महाधिवेशबाट दक्षिणपन्थी धारको नेतृत्व गर्ने मनमोहन अधिकारी महासचिव बन्न पुगे । उनकै नेतृत्वमा रहेको पार्टीले दरबारमा पुगेर शान्तिपूर्ण कार्यक्रम गर्न पाउँ भन्दै पहिलोपटक बिन्तीपत्र हाल्यो ।

भिडियो –

दक्षिणपन्थी अवसरवाद, सुधारवाद र संसदवादले ग्रस्त त्यो बेलाको नेतृत्वपंक्ति वि सं २०१४ सालमा झन् दरबारमा पुगेर विलिन हुन पुग्यो । केशरजंग रायमाझी दोस्रो महाधिवेशनबाट निर्वाचित भएसँगै उनले झन् पार्टीलाई दरबारमा लगेर समर्पण नै गराए ।

दक्षिणपन्थी अवसरवादले ग्रस्त नेतृत्व पंक्ति वि सं २०१९ सालको तेस्रो महाधिवसनसम्म पुग्दा पनि उस्तै रह्यो । सो महाधिवेसनले तुल्सीलाल अमात्यलाई महासचिव चयन गर्यो । तर उनीपनि मनमोहन अधिकारी र केशरजंग रायमाझीभन्दा भिन्न हुन सकेनन् ।

सुधारवाददेखि संसदवाद र संसदवादेखि सुधारवादमा फन्को मारिहेको नेपाली कम्युनिस्ट आन्दोलन विंस २०१९ सालदेखि झन् विभिन्न धारामा फुट भएर विभक्त हुन पुग्यो ।

०१९ सालमा एकीकृत कम्युनिस्ट पार्टी विभिन्न धारामा फुटद्धारा विभक्त भएपछि पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, केशरजंग रायमाझी र तुल्सीलाल अमात्यले विभिन्न गुटहरु खडा गरेर पार्टी संचालन गरे । सबैको ध्येय चाँही संसदवाद र सुधारवादभन्दा फरक थिएन ।

विश्लेषकहरुले बताएअनुसार यसरी विभक्त भएको नेपाली कम्युनिस्ट आन्दोलन २०२५ मा पुग्दा झण्डै अवसानसम्म पुगेको थियो ।

त्यही क्रममा विंस २०२८ मा झापाली कम्युनिस्ट समुहले झापामा सामन्तवादका विरुद्ध सशस्त्र आन्दोलन गर्यो । त्यो आन्दोलन नेपालको कम्युनिस्ट आन्दोलनमा संसदवाद र सुधारवादका विरुद्ध जमेको पोखरीमा ठूलै ढुंगा प्रहार गरिए जस्तै थियो ।

तर कालान्तरमा आएर त्यो झापाली समुहको ठूलो पंक्ति संसदीय व्यवस्थामा आएर विलय हुन पुग्यो । त्यो बेलाका झापाली आन्दोलनका हस्तीह्रु सीपी मैनाली, राधाकृष्ण मैनाली र केपी ओलीहरु थिए । तीमध्ये ओली निकै जुनिएर नेता थिए ।

त्यही समय आसपास मोहन विक्रम सिंहको नेतृत्वमा केन्द्रीय न्युक्लस समुह पनि सक्रिए थियो । सिंहको नेतृत्वमा रहेको न्युक्लस नै पछि नेकपा चौथो महाधिवेशनको रुपमा चिनिन पुग्यो । जुन विसं २०३४ सालमा चौथो महाधिवेसन भएको थियो । महाधिवेशनबाट मोहन विक्रम सिंह महासचिवको रुपमा निर्वाचित भए ।

नेपालको कम्युनिस्ट आन्दोलनमा संसदवादी धाराका विरुद्ध मोहन विक्रम सिंहले वैचारिक धाराबाट धारिलो प्रहार गरेपनि उनले पनि सही क्रान्तिकारी कार्यदिशा विकासमा भने त्यतिसारो जोड दिएनन् ।

एकहदसम्म नयाँ जनवादी कार्यक्रम, सशस्त्र संघर्ष र त्यसमा पनि दीर्घकालीन जनयुद्धको सिद्धान्तलाई उनले सैद्धान्तिक रुपमा आफ्नो कार्यदिशाभित्र राखेपनि त्यसलाई व्यवहारिक रुपमा भने लैजान सकेनन् ।

त्यसैको परिणाम हुनुपर्छ मोहन विक्रम सिंहमा देखा परेको दक्षिणपन्थी अवसरवादका विरुद्ध मोहन वैद्यले नयाँ ठाउँमा पुगेर क्रान्तिकारी कार्यदिशाको रुपमा सशस्त्र संघर्ष र जनयुद्धको सिद्धान्तलाई व्यवहारिक कार्यान्वयनमा लैजाने कार्यदिशाको विकास गरे । जुन उनी विसं २०४० सालको पाँचौ महाधिवेशनबाट महासचिवमा निर्वाचित भएसँगै ।

त्यही बिन्दुबाट नेपालमा क्रान्तिकारी आन्दोलनले एउटा क्रान्तिकारी धारको नेतृत्व लियो । २०४४ सालमा सेक्टर काण्डबाट नेतृत्वमा आएका प्रचण्डले झनै क्रान्तिकारी कम्युनिस्ट धारको निर्माणमा ठूलो योगदान गर्न पुगे ।

प्रचण्डकै नेतृत्वमा २०४७ सालमा नेकपा एकताकेन्द्र निर्माणसँगै प्रचण्डले नेपालको कम्युनिस्ट आन्दोलनमा संसदवादी धाराका विरुद्ध क्रान्तिकारी धार निर्माणमा झनै ठूलो योगदान गरे ।

त्यही धारले नै २०५२ साल फागुन १ गते नेपालमा पहिलोपटक सशस्त्र जनयुद्धको शंखघोष गर्यो ।

नेपालमा एकातिर मदन भण्डारीको नेतृत्वमा एउटा दक्षिणपन्थी संसदवादी धारको बलियो धारा खडा भएको थियो भने अर्कोतिर प्रचण्डको नेतृत्वमा एउटा सशक्त क्रान्तिकारी धारको विकास हुन पुग्यो ।

प्रचण्डको नेतृत्वमा संचालन भएको दशवर्षे माओवादी जनयुद्ध नै नेपालको राजनीतिक आन्दोलनमा सबैभन्दा ठूलो क्रान्तिकारी आन्दोलन थियो ।यही आन्दोलनले अढाइ सय वर्षको सामन्तवादी राजतन्त्रका जराहरु गाउँगाउँबाट जरैदेखि उखेलिदियो । केन्द्रभागसम्मलाई समेत बेस्करी हल्लाइदियो ।

०५२ देखि ०६२ सालसम्म पुग्दा माओवादी जनयुद्धले पूरानो सामन्तवादी राजतन्त्रको सत्ताको विकल्पमा देशको झण्डै ९० प्रतिशत भूभाग नियन्त्रणमा लिन सक्यो ।
स्थानीय जनसत्ताहुँदै केन्द्रीय सत्ताको निर्माणमा पुगेको माओवादी जनयुद्ध कालान्तरमा आएर सम्झौतामा टुंगिन पुग्यो । त्यो खासगरी २०६३ को मंसिरमा गरिएको बृहत शान्ति संझौतासँगै ।

यो सम्झौतापछि दशौं हजारको संख्यामा रहेका जनमुक्ति सेनाहरु क्यान्टोनमेन्टमा थन्किन पुगे । आधार इलाका र जनसत्ताहरु विघटन हुन पुगे ।
यही विन्दुबाट विप्लव विद्रोहको पदार्पण हुन पुगेको हो ।

इतिहासको पुनरावृति हुँदैन विकास हुन्छ भनेजस्तै नेपालमा दक्षिणपन्थी अवसरवादको पुनरावृति नभइ नयाँ ठाउँमा आएर विकास हुन पुग्यो ।
त्यसैगरी क्रान्तिकारी धारको पनि पुनरावृति होइन नयाँ धाराबाट विकास भएर आएको छ ।

नेपालको कम्युनिस्ट आन्दोलनमा मनमोहन, केशरजंगहुँदै मदन भण्डारीको दक्षिणपन्थी अवसरवादी धाराको रुपमा प्रचण्डको अवसान हुन पुगेको छ भने ०२८ को झापा आन्दोलनदेखि ०५२ को दश वर्षे जनयुद्धको क्रान्तिकारी धाराको रुपमा विप्लव नेकपा खडा हुन आइपुगेको छ ।

आजको नेपाली कम्युनिस्ट आन्दोलनमा केपी ओली र प्रचण्डको नेतृत्वमा रहेको दक्षिणपन्थी धारा एकातिर छ भने नेत्र विक्रम चन्द विप्लवको नेतृत्वमा रहेको क्रान्तिकारी शक्ति सशक्त धारको रुपमा खडा भएको छ ।

केपी ओली र प्रचण्डहरु दक्षिणपन्थी धाराको रुपमा रहेका मनमोहन, केशरजंग र भण्डारीका अवतार हुन् भने विप्लव झापा आन्दोलन र दश वर्षे जनयुद्धको क्रान्तिकारी धाराको विकसित नयाँ धार हुन् ।

ओली र प्रचण्डको दक्षिणपन्थी धारले पूरानो दलाल संसदीय व्यवस्थालाई बलियो बनाउने कवजको रुपमा भूमिका खेलिरहेको छ भने विप्लवको नेतृत्वमा रहेको क्रान्तिकारी धारले दलाल संसदीय व्यवस्थालाई नामेट पारेर वैज्ञानिक समाजवाद स्थापना गर्न क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाइरहेको छ ।

ओली र प्रचण्ड झापा आन्दोलन र दश वर्षे जनयुद्धका भगौडाहरु हुन् भने विप्लव ती दुबै आन्दोलनको लक्ष्य पूरा गर्न अहिलेपनि संघर्षको भट्टीमा होमिएका क्रान्तिकारी योद्धा हुन् ।

त्यसबाहेक अरु कयौं ससाना धारहरु पनि नेपाली कम्युनिस्ट आन्दोलनमा क्रियाशिल रहिरहेका छन् ।

७० वर्षको नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा अहिले पनि मुख्य समस्या दक्षिणपन्थी अवसरवाद नै खडा भएर उभिएको छ ।

अझ अनौठो त के भएको छ भने झापा आन्दोलन र जनयुद्धबाट आएका मुख्य नेताहरु नै प्रतिक्रियावादी राज्यसत्ताको मुख्य हतियार बन्न पुगेका छन् । आज ओली र प्रचण्डको पार्टीले कम्युनिस्ट पार्टीको नाममा सरकार चलाइरहेको छ ।

नेपाली जनताका राष्टियता, जनतन्त्र र जनजीविकाका अधिकांश मुद्धाहरु हल भएका छैनन् । गरिबी, बेरोजगार, कृषि खाद्य संकटलगायत थुप्रै समस्याहरुले ओली र प्रचण्डलाई नराम्रोगरी जिस्किाइरहेका छन् । तर उनीहरु भन्दैछन्, देशमा समाजवादउन्मुख संविधान बनेको छ । देशमा ठूलो परिवर्तन आइसकेको छ ।
यी सबै ओली र प्रचण्डका जनतालाई तमासा देखाउने प्रपंञ्च मात्र बन्न पुगेको छ ।

आज देशमा ओली र प्रचण्डको सरकारविरुद्ध उर्लिएको विरोध र असन्तुष्टीले देशमा विप्लवको माग बढिरहेको छ ।

नेपाली जनताले अहिले व्यग्रताका साथ विप्लवको पाइलातिर आँखा दौडाइरहेका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार