देशको मुटु काठमाडौं सहर एकवर्ष पछि मात्रै घुम्ने अवसर मिल्यो। मलेसियाको धुलो धुवाँमा लेबर काम गर्ने मान्छे माक्स बोकेर आएको थिएँ।

माक्स काठमाडौंमा काम लागेन। एकवर्षमा यतिधेरै सुगन्धित, सफा भएछ कि काठमाडौ म तिनछक परेँ। माक्सको आवस्यकता नदेखेपछि झोलाबाट झिकेर डस्बिनमा हाल्दिए। सरकारको विरोध गर्ने उपाए सकिएपछि नियतवश माक्स लगाउदा रहेछन् कतिपय मान्छेहरू।

त्रिभुवन अन्तराष्ट्रिय एयरपोर्टबाट बाहिर निस्केपछि पहिलोपटक मेट्रो रेल चडेर चिडियाखाना तिर गएँ। स्वर्गीय अनुभुति भयो। मन दङग मात्रै परेन, पुरै चङ्गा जस्तो भयो। साच्चै काठमाडौं पुरेेै फेरिएको रहेछ। कति सभ्य सुन्दर भएछन् काठमाडौंका मान्छेहरु। ती साना गल्लीहरु कहाँगएँ होलान् ? हराभरा अनि समृद्धिमा देश चुर्लुम्म डुबेछ। सायद देशमा समाजवाद आएछ। धनी गरिब हटेछ। गहिरो समाजवादको अनुभोव भइरहेछ मलाई यतिबेला।

साँघुरा गल्ली कतै देखिँन। अोहो साँघुरा गल्ली भन्दा झनै साँघुरा मान्छेको मनहरू फराकिलो भएछन्। जातिय, क्षेत्रीय, वर्गीय उत्पिडनको अन्त्य भएछ। काठमाडौं घुम्दा समय बितेको पत्तै भएन। हजारौ फूलहरु जस्तै निर्भीकताका साथ मान्छेहरु एउटै बगैंचामा फूलिरहेका रहेछन्। त्यसैले गोदावरी जान जरुरी ठानिन्। एक वर्षमा कति धेरै विकास भएछ काठमाडौं। युरोप अमेरिकाका सहर के सहर ? सहर त काठमाडौं जस्तो पो हुनुपर्छ।

समय आज कति छिठो सकियो थाहै भएन। दुखेको टाउको सन्चो भयो अोैषधी नै खानु परेन। भ्रमण एेतिहासीक भइरहेको थियो। बिस्तारै बिस्तारै साझ पर्न थाल्यो। अण्डर ग्राउण्ड स्टेसनबाट म सिधै मेट्रो चढेर भाइको कोठातिर लागेँ।

मेट्रोबाट झरेपछि लिप्ट चडेर भाईको कोठामा नपुग्दै भाईले फोन गरेर छिटो खाना आउनु भन्यो। यति छिटो खाना कसरी पाक्यो? भाईलाई सोधेँ मैले । उसले उत्तर दियो, ‘पाइपलाइनबाट ग्याँस आउँछ खाना छिटो त भैहाल्छ नी दाई।’

म कोठामा आएँ । खाना पनि खाइसके। खाना खाइसकेपछि कोठामा AC room मा आराम गर भन्यो भाइले। मैले सोधेँ अहो! AC रुममा पो बस्छस तँ ? महँगो हुँदैन पढ्ने विद्यार्थीलाई। भाईले मन्द मुस्कानसहित भन्यो, सरकारले हावाबाट निकालेको बिजुली हो धेरै सस्तो छ चिन्ता नगर्नु। कति छिटो बदलिँएको काठमाडौं ? म मख्ख परिरहेको छु। सायद भोली मैले काठमाडौ घुमेर सक्छु। मान्छेले कुरा गर्न छोडेछन्। उखान टुक्काको जमाना सकिएछ। काम मात्रै गर्दारहेछन नागरिकहरू। बेरोजगार हटेछ। भ्रष्टाचार, दुराचार, बलात्कार जस्ता अपराधहरू इतिहास बनेछन्। अचेल मातृभूमिमा धनी हुनको लागि मात्रै काम गर्नु पर्दोरहेछ। भात खाना मात्रै चाहानेलाई कम्युनिस्ट सरकाले रासनपानी घरघरमा पुर्याउदोरहेछ। एकवर्षमा देश कति विकसित भएछ। गरेपछि के चाहिँ नहुदोरहेछ र ? विदेशबाट काठमाडौ आएपछि बल्ल चाल पाएँ।

एकछिन फेसबुक चलाए।आधा रात बितिसकेपछि बल्ल सुते। निद्रा साह्रै पर्यो। कुनै उकुसमुकुस भएन। सबै मनका जिज्ञासाहरू मेटिदै गएँ। हिजो चोभार घुम्न गइयो भाईसँग। आज बिहान भयो । बिहानै धरहरा घुम्न गइयो। राष्ट्रिय पहिचान भएर होला भुकम्पले ढलाएको धरहरा पनि कति छिटो पुननिर्माण भइसकेछ। धरहरा पहिले भन्दा आधुनिक बनेछ । धरहराको पाँचौ तल्लासम्म गाडीहरू खचाखच भरिएको देखेँ। सबैभन्दा माथिल्लो तलामा लिफ्टबाट गएर काठमाडौं नियाली सकेपछी म केबुलकारबाट स्वयम्भू तिर लागेँ। स्वयम्भूबाट काठमाडौं हेर्दा पहिले किच्रिक्क असहज घरहरु देखिन्थेँ। यो फेर त स्वर्गको टुक्रा जस्तै लाग्यो। सबै घरहरु वा महलहरू सहज रुपमा एकआर्कोमा मितेरी लगाएको जस्तै देखिँए। करिब एक घण्टा पछि स्वयम्भूबाट केबुलकार हुँदै झरेर बाग्मती बन्दरगाह अवलोकन तिर लागेँ। काठमाडौं धेरै सुन्दर लाग्यो। बागमति पुरै शान्त सुशील र सफा भएछ। यो पटक नदिमा मान्छे पोलेका कैला समेत देखिएनन्। पशुपतिका बाँदर पनि कति निरोगी लाग्यो। एड्स लागेका सबै बाँदरको उपचार सरकारले गर्दोरहेछ।

विदेशी नागरिकहरू काठमाडौं नेपालमा डिभि भरेर मात्र आउने व्यवस्था सुरु भएछ । नेपालको डिजेल र पेट्रोल पाइपलाईनबाट संसार भर वितरण हुन थालेको केही महिना मात्रै भएको रहेछ। दिनहुँ सयौँ पानी जहाजबाट मालसामानहरू भारत चाइनातिर जान आआफ्नो समय पर्खेर बस्दारहेछन्। एकछिन तीनै नेपाली झण्डा फर्फराएका पानी जहाजहरु नियालेर दङ्ग पर्दैथिएँ। खै किन ?

स्वासप्रस्वासमा असजिलो भयो। छट्पटी भयो। पुरै एेँठन परेको जस्तो भयो। सपना पनि पूरा देख्न नपाउँदै एक्कासि निद्राबाट बिउँझिएँ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार