
१० वर्षे सशस्त्र जनयुद्धमा सेनाको व्यारेक फोडेर बाँचेका राजु क्षेत्री अहिले सामन्य रुपमा जीवन विताईरहेका छन् ।
तत्कालीन माओवादीको तर्फबाट लडाई लडिरहेका क्षेत्रि कास्कीको आफ्नै ठूलोबाबाको घरबाट २०५८ सालमा नेपाली सेनाबाट पक्राउ परेका उनलाई विजयपुर व्यारेक हुँदै धादिङ लगियो ।
राज्यको तर्फबाट उनीहरुलाई मार्ने तयारी भईरहेको क्षेत्रीलाई थाहा भईसकेको थियो । लामो समयको योजनाअनुसार नै २०६१ साल कार्तिक २९ गते तिहारको दिन साँझ सवा पाँच बजे जोड तोडेर क्षेत्री सहित ७ भागे । जेल ताडेर भागेर उनीहरु फेरी युद्धमै होमिए ।
उनको युद्धको अभियान सरकारसँग शान्ति सम्झौता नभएसम्म लडिरहे । १२ बुँदे शान्ति सम्झौता पछिको चुनावमा तत्कालिन एकीकृत माओवादी देशकै शात्तिशाली पार्टी बन्यो । त्यसै पश्चात माओवादी फुट्दै फु्टदै गयो ।
अहिले कसैले माओवादी छाडेर अन्य पार्टी खोले तर क्षेत्री भने सबैतिरबाट वितृष्णा जागेर स्वतन्त्र जिवन विताईरहेका छन् ।
जनयुद्धका भोगाई, जेल तोड्दाको अनुभव र अहिले बदलिदो परिस्थितीका बारेमा क्षेत्रीका अनुभव यस्तो छः







