समय ठाऊँ र परिवेश आफ्नै किसिमको होला तर विश्वका ३ नेता मोदी, ओली र ट्रम्पले चुनावमा विजय प्राप्त गर्नुमा उनीहरुको राष्ट्रको राष्ट्रवादलाई केन्द्रमा राखेर चुनाव प्रचार गर्नुपनि हो ।

यि तीन जनाले चुनावमा राष्ट्रवादी बिषयलाई जोडतोडले उठाएर अगाडी बढेका थिए । आजको मितिमा तीनवटै देशमा कुनै न कुनै रुपमा आर्थिक संकट देखा परिसकेको छ ।

भारतमा रोजगारी घटेको छ , नेपालमा आयात बढेको छ र अमेरिकामा शेयर सुचकांङ्क घटेको अवस्था छ ।

आज यो लेख्न शुरु गर्दासम्म नेपालको नेप्से परिसूचक १२ अंकले घटेको छ, यो अलिबेरमा बढ्नपनि सक्छ तर बजारपूँजीकरण र सुचक लामो समयदेखि घटी रहेको छ । नेपालको शेयर बजार घटबढले सम्पुर्ण विश्वको अर्थतन्त्रमाथि ठूलो असर पार्दैन ।

तर अहिले नेपालको मात्र नभएर विश्वको सवैभन्दा ठूलो अमेरिकी शेयरबजारमा पनि सुचकांङ्क घटी रहेको अवस्था छ । यो बाहेक भारतको शेयर बजारमा पनि लगानीकर्तामा उत्साह निकै कम भएको छ ।

यसअघि २००८ मा अमेरिका लगायत अधिकांश युरोपियन देशमा आर्थीक मन्दीको संकेत शेयर बजारबाट देखिएको थियो । अहिले पनि त्यस्तै भएको छ ठूला लगानीकर्ता सिइओहरुले धमाधम शेयर बेचीरहेको अवस्था छ ।

अगस्त महिनामा मात्र अमेरिकाका धेरैलगानी कर्ताहरुले १० अर्बडलरको शेयर बिक्री गरी सकेको अवस्था छ । यसमध्ये ६०० मिलियन अमेरिकी डलर शेयर विभिन्न कम्पनीका सिइओबाट बेचिएको हो ।

सन् २००९ बाट अहिले १० बर्षसम्म अमेरिकाको शेयर बजार निरन्तर बढी रहको अवस्था थियो । तर यो बर्षको अवस्था चिन्ताजनक रहेको बताइन्छ ।

मार्च २०१९ सम्म अमेरिकी शेयर बजार डाउजोन्स १९ हजारअंक भन्दा माथि थियो । यसप्रकारको बुल अब नटिक्ने भनेर अगस्टमा शेयरधनीहरुले धमाधम शेयर बेचीरहेको अवस्था छ । अमेरिकी लगानकिर्ताका अनुसार विश्वभर नै आर्थिक मन्दी आउनसक्ने निष्कर्ष निकालिएको छ ।

अमेरिका र चीनको व्यापर युद्धले चीनलाई जति पिरोलेको छ अमेरिकालाई पनि ठूलो असर पारेको छ । सिएनएन ले जनाए अनुसार चीन र अमेरिका व्यापार युद्धको राजनीतिक महत्व जे जस्तो भएपनि आर्थिक रुपमा अमेरिकामाथि संकट छिटो देखिन्छ ।

यो व्यापार युद्ध जारी रहेमा विश्वभर नै असर पर्ने देखिन्छ । विज्ञहरुले अमेरिकी अर्थतन्त्रले आगामीकर्ष अहिलेसम्मकै ठूलो आर्थिक कठिनाई देख्न तयार रहनु पर्ने बताएका छन् । यसको दोष राष्ट्रपतिका नीतिहरुले खेप्नु पर्ने निश्चित छ ।

अत्यधिक राष्ट्रवादी भाषण, चीनलाई घुँडा टेकाउने दाउ, आफ्ना चुनावी नाराको परिपुर्ति जस्ता विषयले गर्दा अमेरिकी अर्थतन्त्र कमजोर अवस्थामा देखिन्छ ।

भारतको अवस्था

भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको उदय उत्थानमा पनि राष्ट्रवाद एक प्रमुख मुद्धा थियो । तर कहिले नोट बन्दी कहिले जिएसटी जस्ता कारणल गर्दा त्यहाँको आर्थिक अवस्था पनि कमजोर अवस्थामा गएको छ ।

रोजगारी गुमेको छ , आर्थिक बृद्धिदर ५ प्रतिशतको हाराहारीमा झरेको छ । सोझो हिसावमा भारतको अर्थव्यवस्थामा शुभ संकेत छैन । यसै माथि अहिले चन्द्रयान २ हराएपछि पनि मोदीलाई समेत संकट लागेको अनुमान गरिएको छ । चन्द्रयान २ चन्द्रमाको सतहभन्दा २.१ किलोमिटर नजिग पुग्दा सम्पर्क टुट्यो ।

एउटा चन्द्रयानको सम्पर्क बिहिनताले प्रधानमन्त्रीलाई असफल न मानिएला तर अर्थतन्त्रको मन्दीलाई नीतिको असफलताको रुपमा देख्न सकिन्छ ।

नेपालको अवस्था

राजनीतिक स्थिरताको शान्ती सुव्यवस्थाले गर्दा नेपालमा जुन अनुपातमा बिकास हुनु पर्दथ्यो त्यो हुन सकेन । अर्थतन्त्रमा आयात बढ्नाले व्यापारघाटा, भै रह्यो । चालुखाता घाटाको साथै बर्षौ देखि नभएको सोधनान्तर घाटापनि देशले ब्यहोर्न परेको अवस्था छ ।

यसरी अमेरिका भारत र नेपालमा विविध कारणले गर्दा आर्थिक सुधार त्यति हुन सकेको छैन जति हुनु पर्दथ्यो । यदि आर्थिक व्यवस्थामा यि ३ नेताले गियरचेन्ज गर्न नसक्ने हो भने हाहाफु अर्थात हात्ति आयो हात्ती आयो फुस्सा हुनसक्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार