
पश्चिमा देशहरूको निर्वाचन प्रणालीले आफुहरुबीच प्रतिस्पर्धा सिर्जना गरेको र प्रजातान्त्रिक भएको देखाउछ । तर वास्तवमा सम्भ्रान्त वर्ग नै पश्चिमा देशहरूको शासक शक्ति भएको छ ।
स्पष्ट र गुप्त उपायहरूमार्फत, पैसाले सबै कुरा व्यवस्थित गर्दछ । सम्भ्रान्त व्यक्तिहरूले पूँजीको स्वार्थहरुलाई वास्तविकतामा ल्याउन मद्दत गर्छन्, र यसरी एक मूल्य–स्वार्थ गठबन्धन निर्माण गर्दछ । यस्तो प्रणालीका कारण सम्भ्रान्त वर्ग सर्वसाधारणबाट टाढा जान्छ ।
यस्ता घटना र यसको समस्या पश्चिमा समाजमा सामान्य छ । उदाहरणका लागि, धेरै जसो परिस्थितिहरुमा पश्चिमा राजनीतिक प्रणालीहरु समस्या समाधान गर्नेतिर लक्षित हुँदैनन्, बरु समस्याहरुलाई हल गर्न राजनीतिक संघर्षको बाटो प्रयोग गर्दछ । तसर्थ समस्याहरू समाधान गर्नुको सट्टा तुरून्त वैचारिक विवादमा परिणत हुन्छन् ।
जस्तो ओबामा केयरलाई लिनुहोस् । यसको मूल उद्देश्य भनेको स्वास्थ्य बीमा नभएका ३ करोड अमेरिकीहरूको समस्या समाधान गर्नु थियो । तर यस विवादमा जहिले पनि ध्यान केन्द्रित गर्दछ कि ओबाम ाकेयर असंवैधानिक हो, वा यसले विभिन्न व्यक्तिहरूको छनौटको उल्लंघन गर्दछ ।
त्यस्ता उदाहरणहरू अनगिन्ती छन् । बन्दुक नियन्त्रण गर्नु अमेरिकाको अपरिहार्य आवश्यकता हो । अमेरिकामा प्रत्येक वर्ष घातक गोलीबारी हुन्छ र पीडितहरूको संख्या इराक र अफगानिस्तानमा मरेका अमेरिकी सैनिकहरूको संख्याभन्दा धेरै ठूलो छ । तर जबसम्म यो मुद्दा उठ्दछ, त्यहाँ विवाद रहनेछ कि यो असंवैधानिक हो कि होइन र यसले अधिकारहरू उल्लंघन गर्छ कि भन्ने हो भने, यो विवाद जीवन बचाउनु भन्दा न्यायसंगत छ ।
हाल, पश्चिमा समाज केही हदसम्म अराजक भएको छ । लोकतन्त्रले केही दक्षिणपंथी पाटीहरू र राजनीतिज्ञहरूलाई उदाउन मद्दत र्पुयाएको छ, जसले सम्भ्रान्त वर्ग आम जनताबाट टाढा गएको यो चरम नतिजाको रूपमा लिन सकिन्छ ।
कडा कुटनीति प्रवर्धन गर्नु पश्चिमी कुलीन वर्गको विशिष्ट कार्य हो । पश्चिमा सम्भ्रान्त वर्गले पुरानो अन्तर्राष्ट्रिय अर्डरबाट बढी फाइदा लिने गर्छ । तसर्थ, तिनीहरू सब भन्दा पुरानो बान्कीसँग जोडिएका हुन्छन् र भू–राजनीतिशास्त्रमा बढी रुचि राख्छन् । सार्वजनिक समर्थन प्राप्त गर्न उनीहरूले कट्टरपन्थी कूटनीतिमा जोड गर्ने विचारधारालाई प्रचार गर्छन् । वास्तवमा यो “राष्ट्रवाद“ हो जसलाई उनीहरूले विकासोन्मुख देशहरूलाई आरोप लगाउँदछन् ।
अमेरिकी राष्ट्रिय सुरक्षालाई विश्वको सबैभन्दा सुरक्षित मान्न सकिन्छ तर अमेरिकी सम्भ्रान्त वर्गले भने उनीहरूको राष्ट्रिय सुरक्षा गम्भीर रूपमा हेलिएको छ । त्यसो भए देशले आफ्नो सुरक्षा बढाउँदछ, आफ्ना हतियारहरू अपग्रेड गर्दछ, नयाँ विमान वाहक बनाउँदछ र विस्तृत रूपमा आफ्नो सैन्य श्रेष्ठतालाई बलियो गर्दछ । तर ती सबै वास्तविक चिन्ता र अमेरिकीहरूको चासो देखि विचलित छ ।
सन् १९८० को दशकमा चीनको राष्ट्रिय शक्ति निकै कमजोर थियो र सोभियत संघसँग सम्बन्ध तनावपूर्ण थियो तर यसले त्यसपश्चात शान्तिपूर्ण विकास रणनीति निर्माण गर्न सक्षम भयो । यद्यपि अमेरिकी संभ्रान्त वर्गले अहिले विश्वको स्थिति र अमेरिकीहरूको अपेक्षाहरूलाई गम्भीर रूपमा गलत अर्थ लगाइरहेका छन् । तिनीहरू देशलाई गलत दिशामा राख्न दिशा निर्दे्शित गर्दैछन् ।
पश्चिमा निर्वाचन प्रणाली आम जनताबाट टाढा जाने राजनैतिक प्रणाली हो । यसले समस्या समाधान गर्न सक्दैन। पूंजीवादी प्रणाली अन्तर्गत स्वार्थ सधैं चुनावी प्रणाली भन्दा बढी शक्तिशाली हुन्छन् ।
पश्चिमी देशका मानिसहरुका अरु विश्वहरुका मानिसहरुसंग पनि उही समान चाहना छ । उनीहरु सबै आर्थिक विकास, राम्रो रोजगारी र सभ्य तलब, र समृद्ध जीवनको चाहना गर्दछन् । जर्मन चान्सलर एन्जेला मर्केल हालसालै एउटा ठूलो व्यापार प्रतिनिधिमण्डलको साथ चीन भ्रमणमा आएकी थिइन । यस्तो देखिन्छ कि उनी चीन–जर्मनी सहयोगलाई सशक्त बनाउँदै जर्मन अर्थव्यवस्थाको लागि गति सिर्जना गर्न चाहन्छिन् । तर जर्मन र पश्चिमा मिडियाले हङकङको मानवअधिकारलाई उनको एजेन्डालाई भन्दा पहिलो स्थानमा राख्न आग्रह गरिरहेका छन् ।
वास्तवमा हङकङको मानवअधिकारलाई जर्मन जनताको रुचिलाई सम्बोधन गरेको छ ? जर्मनी र पश्चिमा मुलुकमा कति जना हङकङको चासो राख्छन् ? पश्चिमा सम्भ्रान्त र मानिसहरू बीच ठूलो अन्तर स्पष्ट छ ।
ग्लोबल टाइम्सबाट ।







