
इन्सेटमा आरसीपी अमेरिकाका युवा दस्ता र बब अभायकिन ।
‘न्यु सेन्थेसिस’सहित नयाँ सिद्धान्त प्रतिपादन गरेको दाबी गर्ने क्रान्तिकारी कम्युनिस्ट पार्टी अमेरिका,(आरसीपी)ले क्रान्तिका लागि तयारीमा जुट्नु पर्नेमा जोड दिएको छ ।
आरसीपी अमेरिकाका अध्यक्ष बम अभायकिनले नयाँ सिद्धान्त न्यु सेन्थेसिस निर्माण गरेपछि त्यसले विश्व कम्युनिस्ट आन्दोलनमा नयाँ बहस सिर्जना गरेको छ ।
यही बेला आरसीपी अमेरिकाले हालैं एउटा खुला पत्र सार्वजनिक गरेको छ । आफ्नो अफिसियल वेभसाइट revcom.usमा आरसीपीको खुलापत्रलाई हामीले अनुवाद गरी प्रकाशित गरेका छौं ।
क्रान्तिकारी पार्टी बिना तपाईले क्रान्ति गर्न सक्नु हुँदैन
शक्तिशाली र क्रुर दुश्मनका विरूद्ध क्रान्ति गर्नु र त्यहाँबाट निरन्तर शोषण अनि उत्पीडनका विरुद्ध सम्पूर्ण नयाँ विश्व बनाउनु एउटा अविश्वसनीय चुनौतीपूर्ण र जटिल प्रक्रिया हो । यस्तो क्रान्तिका लागि नेतृत्व चाहिन्छ । यसका लागि व्यापक सपनासहितको संगठन, व्यापक विश्लेषणसहित वैज्ञानिक विधि र यसलाई परिवर्तन गर्ने बारेमा जान्ने र गम्भीर अनुशासनको आवश्यकता पर्दछ । एउटा यस्तो संगठन जसले जनताको क्रान्तिकारी क्षमतालाई जागृत गर्न र उजागर गर्न सक्छ । वास्तविक शत्रुका विरूद्ध आफ्नो आक्रोश निर्देशित गर्न सक्दछ, र आफ्नो दृष्टिकोणलाई सम्पूर्ण मानवताको मुक्तिका लागि नेतृत्व गर्न सक्छ । यस्तो संगठन जसले क्रान्तिकारी प्रक्रियाका असाध्यैं कठिन मोडहरूमार्फत मार्गचित्र कोर्न सक्दछ । त्यो संगठन क्रान्तिकारी अग्रदस्ता पार्टी हो । केवल यस्तो संगठनसहितको बलमा मात्र जनताले ऐतिहासिक चुनौतीहरूको सामना गर्न सक्छन् र उनीहरूको मुक्ति जित्न सक्छन् ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी, अमेरिकाले साम्राज्यवादी अमेरिकाको गर्भबाट क्रान्तिको नेतृत्व गर्ने जिम्मेवारी लिएको छ । जुन विश्व क्रान्तिको आफ्नो प्रमुख हिस्सा र साम्यवादको अन्तिम उद्देश्य हुनेछ । यो पार्टीले साम्यवादको नयाँ संश्लेषण निर्माण र यसका आधारका रूपमा लिन्छ, जुन काम र विधि बब अभाकियनको दृष्टिकोणबाट अगाडि बढाइने छ । यसका सदस्यहरू आमूल रुपमा भिन्न र सुन्दर संसारका लागि उनीहरूको उत्कृष्ट चाहना र एकातिर विश्वका लागि क्रान्तिको आवश्यकताको बारेमा उनीहरूको बुझाइमा एकजुट हुनेछन् । तिनीहरूले आफूलाई पूर्ण हृदयले क्रान्तिमा समर्पित गर्नेछन् र यसका आधारमा उनीहरूले आफ्नो व्यक्तिगत क्षमता र चाहनालाई यस क्रान्तिको उद्देश्य र आवश्यकताका लागि समर्पित गर्नेछन् ।
जनवरी १, २०१८,
क्रान्तिकारी कम्युनिस्ट पार्टी, आरसीपी अमेरिका







