केही पश्चिमी पर्यवेक्षकहरूको नजरमा चन्द्र नव वर्षको तथ्यांकले चिनियाँ अर्थतन्त्रमा ठूलो गिरावट आउनेछ । किनभने सात दिनसम्मको राष्ट्रिय विदाका दिन कारखानाहरू सञ्चालन हुने छैनन् र पसलहरू बन्द हुनेछन् । यस्तो बेला पश्चिमाहरुले यी परिदृश्यहरुलाई ‘चिनियाँ आर्थिक संकट’ पनि भन्छन् । तर वास्तविकता भने चिनियाँहरूले चन्द्र नव वर्ष मनाइरहेका छन् ।

यस्तो हास्यस्पद तर्कपछाडि एउटा प्रश्न सोच्न लायक छ, विगत धेरै दशकहरूमा चीनमा किन कुनै आर्थिक संकट आएको छैन ?

सन् १९९७ को एशियाली वित्तीय संकट पूरै एशियाभर फैलिएको थियो । थाइल्याण्ड, मलेसिया, सिंगापुर, जापान र दक्षिण कोरिया जस्ता देशहरूमा स्टकको मूल्य घटे, कारखानाहरू बन्द भए, र कामदारहरूलाई कामबाट घर पठाइयो।

सन् २००८ मा जब अमेरिकासँगैं विश्वव्यापी रुपमा आर्थिक संकट आयो, तब जापान र युरोपेली संघलगायत ठूला विकसित अर्थतन्त्रहरू गम्भीर रूपमा प्रभावित भएका थिए । आजसम्म पनि केही देशहरू पूर्ण रूपमा संकटको छायाबाट मुक्त भएका छैनन् ।

अन्य देशहरू क्षेत्रीय वा वैश्विक वित्तीय र आर्थिक संकटबाट आहत थिए । चीनले आफ्नो अर्थतन्त्रको पछिल्लो ४० वर्षमा औसतमा ९.५ प्रतिशतले वृद्धि गर्यो । चीनले लगातार धेरै वर्षदेखि विश्वव्यापी आर्थिक बृद्धिमा ३० प्रतिशत भन्दा बढी योगदान पुर्याएको छ ।

चीनको जीडीपी सन् १९५२ र २०१८ को बीचमा १७४ गुणाले बढेको छ । सन् १९७९ र २०१८ को बीचमा औसत जीडीपी वृद्धि ९.४ प्रतिशत थियो । जो विश्वव्यापी बृद्धिभन्दा औसत २.९ प्रतिशतभन्दा बढी हो ।

चीन आज सबैभन्दा ठूलो विदेशी मुद्रा भण्डारको रिर्जव शक्ति भएको छ । सन् २०१८ को अन्त्यसम्म यसको विदेशी विनिमय सञ्चय ३ ट्रिलियन डलर नाघ्यो, जो लगातार १३ वर्षमा विश्वको सबैभन्दा ठूलो हो ।

विस्तार भइरहेको अर्थतन्त्र, बढ्दो राष्ट्रिय शक्ति, बजार र पर्याप्त सम्भाव्यताले सुनिश्चित गर्दछ कि जब बाह्य जोखिम र संकटहरूको सामना गर्नुपर्दा चीनले परिस्थितिलाई समय र प्रभावकारी रूपमा सामना गर्न सक्छ ।

निसन्देह ७० वर्ष पहिले जन गणतन्त्र चीनको स्थापना भएदेखि नै चीनले अन्तर्राष्ट्रिय आर्थिक र वित्तीय संकटको प्रभावमा आर्थिक उतार चढाव अनुभव गरेको छ ।

सन् १९८८ र १९९४ को आसपासमा चीनले मुद्रास्फितिको मुकावाला गरेको थियो र युआन विनिमय दरको उतार चढावका कारण सन् १९९१ देखि १९९४ सम्म पुँजीगत बहिर्गमनको जोखिम बढी थियो । जसका कारण सन् १९९७ र २००८ मा वित्तीय र आर्थिक संकट दुबैले चीनको विदेश व्यापार र वित्तीय क्षेत्रमा प्रभाव पारेको थियो ।

भिन्नता यो छ कि चीनले सँधै संकटलाई अवसरमा परिणत गर्न सक्दछ, र आफ्नै संरचनागत सुधार र रूपान्तरण गर्न सक्दछ ।

चाइना बैंक अफ कम्युनिकेसनका मुख्य अर्थशास्त्री ल्यान पिंगले भने कि शेयर सुधारको शुरुवातका कारण यो ठीक हुन पुग्यो कि सन् २००८ को वित्तीय संकट आउँदा चिनियाँ बैंकिङ उद्योगमा ऋण आपूर्ति बढाउने पर्याप्त पूँजी थियो, जसले समग्र जोखिमलाई ठूलो बनायो । वित्तीय उद्योगको निरन्तर क्षमता अनि संकटको सामना गर्न संक्षम भयो ।

बाह्य जोखिमलाई प्रभावकारी रूपमा प्रतिक्रिया दिनु र समयमै संकटलाई अवसरमा परिणत गर्न सक्षम हुनुको अलावा चीन नयाँ जमिन भत्काउन र अपग्रेड गर्न निरन्तर प्रयत्नशील छ ।

चीनले उच्च स्तरको आर्थिक विकास हासिल गर्न आपूर्ति पक्ष संरचनात्मक सुधारहरूलाई बढावा दिन्छ । थप रूपमा यसको मजबूत र प्रभावी म्याक्रो नियन्त्रण नीतिहरूले संरचनात्मक सुधार र रूपान्तरण प्राप्त गर्न पनि अपूरणीय भूमिका खेल्दछन् ।

सन् १९९७ को एशियाली वित्तीय संकटको सामना गर्दै चीनले युआन अवमूल्यन गर्नु हुँदैन भनेर जोड दियो । यसै बखत यसले चिनियाँ अर्थतन्त्रमा संकटको प्रभावलाई प्रभावकारी रूपमा निर्यातलाई प्रोत्साहित गर्ने, विदेशी लगानी आकर्षित गर्ने र घरेलु माग विस्तार गर्ने जस्ता उपायहरू सक्रियतासाथ लिएको छ ।

सन् २००८ मा चीनको दुनियासँगको सम्बन्ध झनै नजिक भयो । अन्तर्राष्ट्रिय वित्तीय संकटको ठूलो प्रभावको सामना गर्दै चीनले चाँडै घरेलु माग बढाउन र आर्थिक बृद्धि गर्नका लागि नीति र उपायहरू अपनायो । औद्योगिक पुनरुद्धार, खपत विस्तार, वित्तीय समर्थनजस्ता सक्रिय म्याक्रो नियन्त्रण उपायहरुमार्फत प्रभावकारी रूपमा प्रतिक्रिया देखायो । र रोजगारी स्थिर गर्न सक्यो ।

जोखिम र चुनौतीहरूको रोकथाम र सामना गर्न चीनले निरन्तर आफ्नो क्षमताहरुलाई बढाएको छ र चिनियाँ विशेषताहरु झन झन स्पष्ट हुँदै गएको छ ।

चीनको विकास उपलब्धिहरू र आर्थिक संकटहरूको रोकथाम र यसको प्रक्रियामा भएका पहलले अन्य देशहरूका लागि राम्रो उदाहरण बसाल्यो र विश्वव्यापी आर्थिक शासनको लागि राम्रो अनुभवहरू संगालेको छ ।

वर्तमानमा विश्वव्यापी अर्थतन्त्रले निरन्तर तल्लो दबाबको सामना गरिरहेको छ, र आर्थिक मन्दीको जोखिम बढ्दैछ । अन्तर्राष्ट्रिय मुद्रा कोषले यस वर्षको विश्वव्यापी आर्थिक वृद्धिको पूर्वानुमान यस वर्ष ३.२ प्रतिशतमा घटाएको छ, जुन पछिल्ला १० वर्षमा सब भन्दा कम हो ।

चीनले कसरी आर्थिक संकट नभएको अर्थतन्त्रलाई व्यवस्थित गर्न सक्दछ अनि सम्भावित संकट र जोखिमहरूसँग कसरी प्रभावकारी रुपमा जुध्न सक्छ ? चीनबारे विश्वले थाहाँ नपाएको रहस्य यही पो हो कि ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार