नेपालमा अहिले सुशासनको अवस्था निक्कै दयनीय रहेको छ । म भन्दा अघि बोल्ने बक्ताहरुले सबै कुरा भनिसकेका छन् । यो धेरै कुरा त एकराज जीले कार्यपत्रमै लेखिसक्नु भएको छ । मुख्य करा यीनै हन् ।

यो बिषयमा मेरो कुनै फरक मत रहेन । म प्रधनमन्त्री हुँदा विकास र समृद्ध शब्द स्थापित गराए तर मेरो शब्दको अपहरण भयो । मैले स्थापित गराएको शब्दको अपहरण भएकै हो । त्यो बिषयमा अहिलेका प्रधानन्त्रीलाई सोध्न सक्नु हुन्छ । उहाँले त राष्ट्रवादको पनि ठेक्का लिनु भएको छ । राष्ट्रवादको ठेक्का लगेरै उहाँको पार्टीले दुई तिहाई मत पनि प्राप्त गरेको हो । उहाँले सबैलाई अराष्ट्रवादी आफुलाई मात्र राष्ट्रवादी र विकासको पहरेदार ठान्नु हुन्छ ।

आफ्नो भूमि फिर्ता ल्याउने दुई वटा तरिका ।

दोस्रो आज नेपालमा स्वाधीनताको बिषयमा निक्कै बहस भईरहेका छन् । हुन त स्वाधीनता भनेको सधै बहसको बिषय भएपनि अहिले जुन भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पीयाधुरालाई आफ्नो राजनीतिक नक्सामा राखिसकेपछि प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्रीहरुलाई बालुवाटारमा बैठकमा बोलाएर छलफल गर्नु भएको थियो । मैलै शुरुमै कुरा राखेर प्रधानमन्त्री ज्युलाई कालापनी, लिपुलेक लगायतका बिषयमा भएका प्रमाणका आधारमा अगाडि बढ्न सुझाव दिएको थिए । आफ्नो गुमेको भू-भाग फिर्ता ल्याउने दुई वटा तरिका हुन्छन् । पहिलो युद्धको माध्यमबाट र दोस्रो कुटनीतिक पहलबाट । त्यसकारण अहिले नेपालको भूमि युद्धबाट फिर्ता ल्याउन संभव छैन त्यसकारण कुटनीतिक पहल थालौ भनेको थिए । पछि सबैले त्यही कुरामा सहमति जनाए ।

३/४ भाषामा मोदीलाई शुभकामना दिने प्रधानमन्त्रीले एकपटक फोन गर्ने आँट पनि गरेनन् ।

इतिहासमै पहिलो पटक नेपालका सबै दल भारतले कब्जा गरेको भूभागका बिषयमा एक ठाउँमा उभिएका छन् । त्यसकारण कुटनीतिक पहल थाल्नुस् भन्ने मैले सल्लाह दिएको थिए र अरु पनि त्यही प्रकारको सुझाव दिएका थिए । तर सरकारले कुनै पनि ठोस कदम चाल्न सकेको देखिएन । एउटा कुटनीतिक जनोट पठाउने बाहेक अरु केही प्रक्रिया अगाडि बढाएको छैन । प्रधानमन्त्री आफैले मोदी जीलाई फोन गरेर त्यो सामाधानको पहल थाल्नु पथ्र्यो । समान्य घटना हुँदा पनि तीन चार वटा भाषामा मोदीलाई शुभकामना दिने प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वाधीनतासँग जोडिएको बिषयमा एक पटक पनि फोन गर्नु भएको छैन । अहिलेसम्मको सरकारको गतिविधि हेर्दा यो बिषय त्यतिक्कै सेलाएर जाने होकि भन्ने देखिएको छ ।

क्रान्ति कहिल्यै पूरा हुँदैन ।

त्यस्तै आज नेपालमा मानव अधिकारको अवस्था एकदम नाजुक छ । एकपछि अर्को इन्काउन्टर बढ्दै गएको छ । लोकतान्त्रिक गणतन्त्रमा पनि राजनीतिक दलमाथि प्रतिबन्ध लगाईएको छ । हिजो आफ्नो ईतिहास हेरौँ साथीहरु । अहिले तपाईहरु क्रान्ति सम्पन्न भईसको भन्नुहुन्छ तर एक जना महान व्याक्तिले भन्नु भएको छ, हिजोका क्रान्तिकारीहरु सत्तामा जाने वितिक्कै प्रतिक्रान्तिमा बदलिन्छन् । क्रान्ति कहिल्यै पूरा हुँदैन । यो निरन्तर अगाडि बढि रहन्छ । साथीहरुलाई हिजोको इतिहास हेर्न आग्रह गर्छु । एमाले र कांग्रेलाई मेरो भन्नु केही छैन । हिजो हामीसँगै काम गरेका जिम्मेवार नेताहरु अहिले राजनीतिक आस्थाको आधारमा जेलमा छन् । के हिजो हामीले त्यसकै लागि लडेको हो ? अहिले पनि एक हजारभन्दा बढी राजनीति गरेकै आधारमा जेलनेल भोगिरहेका छन् । एक हजार जना त पञ्चायत कालमा पनि जेल परेका थिनन् ।

पूर्वएमाले र कांग्रेस राजाले लात हानेपछि मात्रै सहकार्य गर्न आए ।

क्रान्ति पुरा भएकै छैन त्यसकारण यो पक्रिया त अगाडि बढ्छ बढ्छ । गणतन्त्र ल्यायौ भनेर पूर्व कांग्रेस एमालेका साथीहरु गफ चुट्नु हुन्छ । साथीहरु हिजो तपाईहरु राजाको शरणमा परेकै हो । पछि ज्ञानेन्द्रले दलमाथि प्रतिबन्ध र संसद भंग गरेपछि लतारिएर माओवादीसँग सहकार्य गर्न आउनु भएको हो । अरुका अगाडी हामीले गणतन्त्र र धर्म निरपेक्षता ल्यायौ, भनेर भन्नु होला । तर हाम्रो अगाडि नभन्नुस् । तपाईहरुले के गरेको हो त्यो हामीलाई थाहा छ ।

आमुल परिवर्तन गर्न हामीले सकेनौ ।

सुशान अगाडि बढाईएको गफ गरिरहेको छ तर अहिले विकास र समृद्धिको कुनै पहल नै भएको छैन । बरु भ्रष्टाचार बढेको छ । कर्मचारीहरुको उस्तै दबदबा छ । कर्मचारी संयन्त्रले काम अगाडि बढ्न दिएको छैन । मन्त्रालयमा कर्मचारीहरुले एउटा फाईल पास गर्न हप्तौ लगाउने गर्छन् । पुरानो कर्मचारी संयन्त्रले एक घण्टामा हुने फाईल महिनौ लगाउँछन् । एक हप्तामा सकिने फाईल ५/६ महिना लगाउने गरेका छन् । मैले तत्कालीन एकीकृत माओवादीबाट प्रधानमन्त्री भएको बेला कर्मचारी संयन्त्रलाई परिवर्तन गर्ने बिषयमा निक्कै पहल गरे तर सफल भईएन । माओवादी पार्टी विभाजन नहुँदै कोही साथीहरु तत्कालै विद्रोह गरौँ भन्न थाले । कोही अहिले होईन पछि मात्रै विद्रोह गर्नुपर्छ भन्न थाले । त्यस्तै कोही साथीहरु धमाधम भ्रष्टाचारमा लिप्त भए । त्यसकारण हामीले जसरी देशको आमुल परिवर्तनका लागि जनयुद्धको थालनी गरेका थियौँ । त्यही अनुरुप व्यवस्था फेर्न सकिएन । त्यसको नेतृत्वको हिसाबले मैलै पनि जिम्मा लिन्छु ।

प्रचण्डले खुट्टा कमाए ।

हामीले सत्ता परिवर्तन गर्न धेरै लड्यौ संसदभित्र र बाहिर पनि तर सकेनौ । परम्परागत शक्तिहरुले मानेनन् । अहिले उहाँहरु देशमा ठूलो परिवर्तन गरको भनेर गफ चुट्ने गर्छन् तर उहाँहरुले जनयुद्ध र जनआन्दोलनका मुद्दाहरुलाई खार्दै खार्दै अन्तिममा उही पुरानै तर बाहिर हेर्दा नयाँ लाग्ने व्यवस्थासम्म पुर्याई छाडे । विस्तारै हामी भित्रै फुट आयो हामी कमजोर भयौ । अन्तत केही नलाग्ने भएपछि अहिलेको खिचडी व्यवस्थामा सम्झौता गर्नु पर्ने स्थिति आयो ।
म संसदीय समितिको सभापति थिए । त्यो बेला म आफैले आंशिक रुपले भएपनि प्रतिनिधि सभा फेर्यौ । कार्यपालिका पनि फेर्यौ त्यसकारण न्यायपालिका फेर्नु पर्छ भनेर अन्तिम समयसम्म लागे तर तत्कालीन एमाले र कांग्रेसले मानेन् । अन्तिममा त आफ्नै साथीहरुले पनि खुट्टा कमाए । संविधान जारी गरेकै दिन मैले भनेको थिए, आधा माग पुरा भएपनि आधा बाँकी नै छ । अहिले पनि म क्रान्तिकारी साथीहरुलाई भन्छु यो खिचडी व्यवस्था परिवर्तन गर्न एकजुट होऔँ । अहिलेको व्यवस्था हुँदासम्म देशले विकास र समृद्धि संभव छैन ।

१० बर्षमा यो खिचडी व्यवस्था ध्वंस हुन्छ ।

अहिले संसारमा पुँजीवादको विकल्पमा आन्दोलन चलेको छ । चिली, लेबनान र हङकङबाट आन्दोलनको आधी शुरु भएको छ । त्यो प्रभाव अमेरिका, युरोप, भारतहुँदै नेपालसम्म करिब १० बर्ष भित्रै आईपुग्ने छ । त्यसका लागि हामीले बहस थालेका छौँ । मैले पुँजीवादी संसदीय व्यवस्थाको विकल्पमा नयाँ विकल्पका रुपमा समन्वय समाजवाद भनेको छु । कसैले वैज्ञानिक समाजवाद भनिरहेका छन् । त्यसकारण यो खिचडी व्यवस्था धेर टिक्दैन । अबको १० बर्ष भित्र नयाँ क्रान्तिको उभार आउने निश्चित नै छ । यो खिचडी संसदीय व्यवस्था एक दशक भित्रै ध्वंस हुन्छ । मरेर खरानी भएकाहरुबाट आशा नगरौँ । जो भ्रष्टाचारमा मुछिएका छैनौ । जोसँग हिजोको क्रान्तिकारी आशा बाँकी छ एकजुट भएर यो खिचडी व्यवस्थाको अन्त्य अन्त्य गरौँ ।

यही मंसिर २० गते काठमाडौंमा जनअधिकार अभियान नेपालको एक कार्यक्रममा डा. भट्टराईको मन्तव्यको संपादित अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार