एक दिन गरीब बहादुरले
धन बहादुर नाम राखे
बर्गीय समस्या चंगाचेट।
एकदिन रामबहादुर थापाले
रामबहादुर कामी नाम राखे
जातीय समस्या चंगाचेट।
एकदिन नेल्सन मनण्डेलाले
जर्ज बुस नाम राखे
रंगभेद चंगाचेट ।

एकदिन लक्ष्मी कुमारीले
लक्ष्मीबाई नाम राखीन्
लिंगीय समस्या चंगाचेट ।
यो एका देशको कथा हो
सुन्नेलाई सुनको माला
भन्नेलाई फुलको माला
यो कथा बैकुण्ठ जाला।
एकदिन राम र रावणले
मीत जोडेछन्
महाकालीमा पौडी खेलेछन्
कहिल्यै लाउडा चडेर उडेछन्
कहिल्यै वाइबडी चडेर उडेछन्
एकदिन MCC चडेर उड्दै थिए
प्लेन क्र्यास
चंगाचेट ।

यो एका देशको कथा हो
सुन्नेलाई सुनको माला
भन्नेलाई फुलको माला
यो कथा बैकुण्ठ जाला

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार