
एउटी मन्दरा
बहुआयामिक यात्रा
अनेक अनेक जात्रा
लाखौं लाखौं छन् मन्दरा।
रित्तो पेट र भरिमन
आक्रोश र क्रन्दन्
आक्रान्त्र छ जीवन
दमन माथि दमन
तर छैन निहुरिएको शिर
हप्तौं दिन भोक भोकै
कहीँ त छन् कबाफ
ठाँट बाँट रबाफ
कोट कन्दरामा बस्छन् मन्दरा
तर खेद छैन,
यदि छैन घरमा दाना मकै।
कोरोनाको लकडाउन
काम छैन कहीँ कतै,
राहतमा पाँच किलो चामल
आहत छ कुहिएको तैपनि
दुई छोरा तीन छोरी
छ छन त कुहिएको चामल
नब्बे दिनको लकडाउन
रैती जेसुकै गरुन्
घरमा छैन अन्नको दाउन्
जालीले छेकेको
तैपनि छर्लङ्गै देखेको
कोरोनाको छ १० अरब
तर छन् जनता बेखबर!
पीसीआर माग्दा
जनतालाई भाटा, पानी फोहरा
अश्रुग्याँस तर छैन जनता
निरास हतास
कोरोनाले धेरै कुरा सिकाउँछ
फासीबाद कस्तो छ सिकाउँछ।
एमसीसीमा अल्पमत हुँदा
बैठक हराउँछ,
“एमसीसी झ्यालबाट होइन
ढोकाबाट आउँछ”
यही कुरा साम्राज्यबादले पढाउँछ।
यता मन्दराहरु भोकै छन्
उता नयाँ राजाहरुको मस्ती!
गाउँ घरमा सशस्त्रको गस्ती
भित्र असान्त बाहिर प्रशान्त
धन्य कोरोना!
मुर्मुरिएका छन् मन्दराहरु!
रोएका छन् पहाड कन्दराहरु
नत श्रम नत ब्यबसाय
कति भोकै मर्छन्
चौध सय आत्महत्या गर्छन्।
कोही भोकै मर्छन्।
सयौको मृत्यूपछि पीसीआर
निसास्एिको जीवन।
लाखौं लाख बिदेशीएकाहरु
आउँदा आउँदै अलपत्र।
क्वारेन्टाइन इपिसेन्टर बनेछ
न त आइसोलेशन, न त उपचार
अझ चल्छ कोरोनाको ब्यापार।
कोरोनाको कहर
तर नेपालीको जीन अद्भूद छ।
सोत्तर त भएका छैनन्।
आमाको आँसुले घैलाभरे पनि,
श्रीमतीहरुको आर्तनाद भए पनि।
बाबाहरु कोरनामा हराए पनि।
जीवनले जिउन सिकाउँछ।
धर्तीले शहनशीलता
प्रकृति बन्छ पाठशाला
जीवन त गति हो
जाग जाग भन्छ
बन्दैन मुलुक
दुई चारजना सहिद नभए।
अब त अति भो।
चाहिदैन फासीबाद
यता कोरोनाको कहर
उता एमसीसीको चलखेल
मधेशमा बाढीको भेल
जति खाए पनि जतिभए पनि
‘हिसाबमाग्ने बेला होइन यो।’
जति पनि प्रश्नको प्रतिप्रश्न?
यसैले त भ्रष्टाचारी मोटाइरहन्छन्।
अभिभावक पनि यस्तो हुन्छ?
आफ्नालाई छेक्ने, अरुलाई जोत्ने।
वाइडबडी होस् त एनसेल
प्रन्टींग प्रेस होस या त पीआरसी
हजारौं प्रश्नहरु अनुत्तरित
दर्जनौ घटनाहरुको रहश्य
बलात्कार जघन्य हत्या
हजारौं पूवाग्रहको जेल र नेल
यसैलाई भनिन्छ लोकतन्त्र?
मन्दराका नाराहरु छन्
सबैका लागि स्वास्थ्य
राज्यको दायित्वमा स्वस्थ्य
सुरक्षाको सुनिश्चितता,
चाहिदैन बजार नियन्त्रित शिक्षा
देऊ गुणस्तरीय शिक्षा
मन्दराहरुको आवाज लोकतन्त्रले सुनोस्
अनि सम्बोधनगरोस् मन्दराहरु
नबोल्नेका स्वरहरु सुन
स्वतन्त्र न्याय र स्वायत्त संचार
यही हो लोकतन्त्रको उपहार
यसैमा हुन्छ आर्थिक सुधार
तब खुल्छ राजनीतिको मुहार।
यहाँ त राजनीतिको फोहर बग्छ।
कुखुरा खाने छट्टू श्याल
बोल्छ एउटा गर्छ बेहाल
बोल्नेलाई थुन्छ
अनि गर्छ राज ।
हो लोकतन्त्रको परिभाषा बदलिएको छ।
जनताको स्थानमा उच्च वर्गीय
टठाबाठाको हालीमुहाली
अब्राहम लिङ्कनको परिभाषा फेरिएको छ।
कुनै पनि बस्तु र सेवामा
असुलिन्छ उच्च मूल्य
अनि लादिन्छ एकाधिकार
भ्रष्टाचारी बन्छ नव धनाढ्य
अनि पैसामा बन्छ लोकतन्त्र
कुरुप राजनैतिक प्रणालीको उपहार
लुटनेलाई लोकतन्त्र
पैसामा लोकतन्त्र
खुल्ला बजारलाई लाई पुँजीवाद
र, पैसाको बलमा राजनैतिक शक्ति
यही हो लोकतन्त्र?
आर्थिक असामनतामा राजनैतिक असामनाता
यही हो तिम्रो लोकतन्त्र?
अमेरिकामा जेफ बेनोज होस्
विलगेट्स् होस् वा वारेन बफेट
उनीहरुकै पल्ला भारी छ
अनि कसरी हुन्छ लोकतन्त्र?
उनीहरुको चाहनामा फल्छ लोकतन्त्र।
यही हो लोकतन्त्रमा चुनौतीको पहाड
खतराको डीलमा छ
नाममात्रको लोकतन्त्र।
तर छाडातन्त्र होइन लोकतन्त्र
जीवनको पर्याय बन्नुपर्छ लोकतन्त्र।
बाँकी सबै मूर्ख ममात्र सध्ये
हुदैन हुदैन लोकतन्त्र।
आलोचकलाई थुनेर राजगर्ने
कहाँ हुन्छ लोकतन्त्र?
जसको शक्ति उसको भक्ति
यो त फासीबाद हुन्छ।
फासीबादमा राष्ट्रघात हुन्छ
राष्ट्रियतामा खेलबाड
निर्लज्ज भ्रष्टाचार
शासन हुकुमी हुन्छ।
जनतामा सास थुनियो भने
अप्रिय बिष्फोट हुन्छ।
कन्दरा टहराका मन्दराहरु
कहराईरहेछन्,अभावमा
कोरोनाको बन्दाबन्दीमा
उच्च बर्ग आरामगरिरहेछन्
सयलगरिरहन्छन् कारमा
तर मन्दराहरु बिनाकाम
बिना माम थुनिएका छन्।
०९। ०३। २०७७







