संसारको नियम यस्तै छ
न्याय मुठ्ठीभर मालिक
को पिजडाभित्र बन्दी
भएको बेला
युवाहरु संगठित भै
बारुदको खेती गर्नु
दासत्ताको जन्जिर तोड्ने
तयारी हो।
भोको पेटले मागेको
दाना
व्यवस्थाका भान्सेहरुले
लुटेर खाँदा
बारुदको छिटा
महलहरुमा बिस्फोट
हुनु
प्रतिरोधको झिल्को हो ।
संसारको नियम यस्तै छ !
कुलीन तानाशाहीहरुले
मान्छेमाथी बुट कुल्चिदा
जनक्रान्ति नयाँ युगको आह्वान हो।

नयाँ सभ्य चेतनाको
ज्वार उठेको बेला
पुरानो परम्परागत चेतना
को जग भत्काउनु
क्रान्तीको नियम हो।
वर्गसंघर्ष युद्धको बहार
होइन
मान्छेले मान्छेलाइ गरेको
विभेद भत्काउन
अत्यचारी सत्ताको जरा
उखेल्नु
द्वन्द्वात्मक भौतिकवादी
चेतनाको बिकास हो।
संसार को नियम यस्तै
छ !
सत्ताले भुइमान्छे हरुको
हत्या गर्दा
प्रतिरोध क्रान्तीको
आधार हो।

सत्ता संकटको सन्निकट
पुगेको बेला
सडकमा आवाजका
बारुदहरु बर्सिनु
क्रान्तिको प्रतीक हो।
क्रान्ति युद्धको रहर
होइन
नयाँ समाज निर्माणको
शुरूवात हो।
संसारको नियम यस्तै
छ।
बाघले जिउनको लागि
गर्ने संघर्ष जस्तै
क्रान्ति प्राकृतिक नियम
हो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार