
के सीता छल्ने
रावण मात्र थिए र ?
सीता छल्ने
राम पनि त थिए ।
रामले गर्भिणी सीतालाई
छलेरै बनबास धपाए ।
स्त्री छलेर नै
राम देवता भएका हुन्
रावण विद्धान भएका हुन् ।
स्त्रीलाई श्राप दिएरै
आदमका मालिक
ईश्वर भएका हुन् ।
स्त्रीलाई वस्तुकरण गरेर नै
युधिष्ठिर
धर्मराज कहलिएका हुन् ।
अनि एक्लो रावणको पुतला दहन किन ?
रावणलाई कठघरामा राख
दहन रामको गर
जसले सीतालाई दहन गरे ।
हेर त
सारा धर्मशास्त्र
स्त्री छलशास्त्र हो ।
स्त्री तिमी
शिवका आँखाले होइन
तिमी सृष्टिका आँखाले हेर ।
राम
न पुरुषोत्तम थिए
न प्रमिथस थिए
राम सीताका अभियुक्त थिए ।
राम सम्भुकको हत्यारा थिए
राम सुपर्णा खाँ को नाक कान कटाउने
धार्मिक सुप्रिम कोर्टका न्यायधिस थिए ।
राम
सीता दहन गरेर नै
हे ! राम भएका हुन् ।
बार–बार
सीताको अग्निपरीक्षा भन्दै
सीताको योनी परिक्षा लिनु
के सीता दहन होइन ?
स्त्री तिमी शिवका आँखाले होइन
तिमी सृष्टिका आँखाले हेर
सीता दहन
रामले गरे ।
०००







