मनमा त लाग्छ
क्रान्ति गरौं दनादन।
तर, आफ्नै मनले रोक्छ
सरकारले कहाँ रोक्न सक्थ्यो र?
तर आफ्नै मनले रोक्छ
सात सालमा रोकिएन
छयालिस सालमा रोकिएन
त्रिसठ्ठी सालमा रोकिएन क्रान्ति
तर मेरो मनले रोक्छ।
ब्यक्तिगत चाहनाले रोक्छ ।
श्रीसंपत्ती साहुलाई दिएको बेला
बाँकी एउटा सुर्काले रोक्छ।
बनको बाघले भन्दा
मनको बाघले रोक्छ।

लोभ र लालसाको भारी छ
लडाऊ र भिडाऊ
झोपडीमा आगोपारी
चित्कार सुन्न मजा लाग्छ
अरुलाई रुवाएर
आफू हाँस्न मनलाग्छ।
अरु मरेको हेरेर
बर्थ डे गर्नमा लाग्छ।
बिरोधीलाई थुनेर
मनमोज गर्न मनलाग्छ।
भूमाफिया,जलमाफिया
बनमारा झाँगिएको बेला
चिथोरिएर रक्ताम्यै भए पनि
हाय! अझै पनि
जीवनको भीख माग्न मन लाग्छ।
पहिरामा कति थुनिए कति?
बाढीले कति निल्यो कति?
कोरोनाको कहरमा
मोहर कमाए अति?
जति थिलोथिलो पारे पनि
बरु कान समात्न मनलाग्छ
दम छैन भने के गर्ने ?
शक्ति गुमे पछि।
ठूलो चोक्टा आएको
झोलमा डुबेपछि।
अब त लम्पसार नै गर्नुपर्छ।
जनताले त धोका पाए पाए

त्यसैले हिजो पचास लाखको टाउको
आज कौडीको भाउ छैन।।
त्यसैले आज क्रान्तिको आवश्यकता छैन।
साम्राज्यवादको पुच्छर समातेपछि।
हो क्रान्ति त दनादन गर्न मन लाग्छ
तर बारुद नभएको बन्दुक भए पछि
बन्दुक बुझाएर
हुटिट्याउँ बन्न मन लाग्छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार